भर्खरै :

दसैँ बिदामा रचनात्मक पुस्तक अध्ययन गर्नु जरुरी

दसैँ बिदामा रचनात्मक पुस्तक अध्ययन गर्नु जरुरी

भक्तपुर, १४ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका पूर्वविद्यार्थीहरूको सङ्गठन PESA को आयोजनामा भएको फुटसल प्रतियोगिता मङ्गलबार सम्पन्न भयो ।
सोमबार सुरु भएको सो प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले दसैँ बिदामा फुटसल प्रतियोगिता आयोजना गर्ने PESA २०७५ समूहका पूर्वविद्यार्थीहरूलाई धन्यवाद दिनुभयो ।
PESA CUP २०८२ मा सहभागी हुने सबै पूर्वविद्यार्थीहरूलाई धन्यवाद दिँदै व्यवस्थापन समितिका अध्यक्ष सुवालले पच्चीस वर्षयता सुरु भएको PESA CUP भूकम्पको वर्ष २०७२ सालमा एक पटक मात्र टुटेको उल्लेख गर्नुभयो ।
एभ्क्ब् ऋग्ए सम्पन्न गर्न मद्दत गर्ने सबैलाई धन्यवाद दिँदै व्यवस्थापन समितिका अध्यक्ष सुवालले दसैँ बिदाको बाँकी दिनमा देश र जनताको हितसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्न पूर्वविद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष सुवालले अगाडि थप्नुभयो, “प्रभातले कम शुल्कमा गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलाप अघि बढाउने प्रयास गरिरहेको छ । पूर्वविद्यार्थीहरूले यो अभियानमा काँधमा काँध मिलाउन योगदान गर्नु जरुरी छ ।”
उहाँले थप्नुभयो, “दुई तीन हप्ताअघि नयाँ पुस्ताको असन्तुष्टि सडकमा पोखिएको छ प्रदर्शनीमा लागेका कतिपय नयाँ पुस्ताले भदौ २३ गते पहिलो दिन बानेश्वरको शान्तिपूर्ण विरोध प्रदर्शनीलाई कसैबाट अपहरण गरिएको र भदौ २४ गते मादकपदार्थ सेवन गरेकाहरू सरकारी भवनमा आगजनी गर्ने कुरा गरिरहेको उल्लेख छ । नेपाली जनताले विदेशी घुसपैठ हुनेबारे सचेत हुनु जरुरी छ । सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालतलगायत सरकारी भवन आगजनी देशको लागि अपूरणीय क्षति हो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीहरूलाई
जेल सजाय दिने कानुनी व्यवस्था जरुरी छ ।”
२०७५ सालका एसईई ब्याचका विद्यार्थीहरूको आयोजनामा आयोजित उक्त PESA CUP 2082 मा पुरुषतर्फ २०७७ एसईई ब्याच प्रथम, २०७३ एसईई ब्याच द्वितीय र २०७० एसईई ब्याचले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
त्यस्तै महिलातर्फ २०७८ ब्याच प्रथम र २०७५ ब्याचले द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
टप स्कोरर समिर बासुकला, उत्कृष्ट खेलाडी विजेन तजले र उत्कृष्ट गोलकिपर प्रमोद सुवाल हुनुभएको छ ।
विजयी विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवा, रोसनमैयाँ सुवाल र पेसाका अध्यक्ष निराजन दुवालले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *