भर्खरै :

खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि जरुरी

खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि जरुरी

भक्तपुर, १३ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका पूर्वविद्यार्थीहरूको आयोजनामा फूटसल प्रतियोगिता सोमबारबाट सुरू भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि जरूरी भएको बताउनुभयो ।
उहाँले खेल मैदान र खेलकुद भवन पर्याप्त स्वास्थ्य चौकी र अस्पतालमा बिरामी सङ्ख्या घट्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अगाडि थप्नुभयो, “पूर्वविद्यार्थीहरूले विद्यालयको शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्नु जरूरी छ । समाजलाई सुसंस्कृत बनाउन पूर्वविद्यार्थीहरूको योगदान विद्यालयलाई अपरिहार्य छ ।”
व्यवस्थापन समितिका अध्यक्ष सुवालले विद्यार्थीहरूलाई शैक्षिक सँगसँगै अतिरिक्त क्रियाकलाप जरूरी हुने उल्लेख गर्दै दसैँजस्तो चाड पर्वको समयलाई खेलकुद प्रतियोगिता गरी सदुपयोग गर्ने पूर्वविद्यार्थीहरूलाई धन्यवाद दिनुभयो ।
एसएलसी समूह २०७५ ले फुटसलको आयोजना गरेको हो । प्रतियोगिताको सुरूमा विद्यालयका शिक्षक र पूर्वविद्यार्थीको मैत्रीपूर्ण फुटसल र शिक्षिकाहरूको मैत्रीपूर्ण फुटसल खेल भएको थियो ।
असोज १४ गते बिहान ११ बजे फुटसलको अन्तिम खेल र पुरस्कार वितरण हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *