भर्खरै :

‘आठ–दस दिन पानी बन्द गर्दैमा केही फरक पर्दैन‘–चागुको मेयर

भक्तपुर, ३ साउन । ठेकेदार लगाएर पानीमाथि कर लगाएको विरोधमा चाँगुनारायण नगरपालिका कार्यालय घेर्न गएका उद्योगीलाई चाँगुनारायण नपाका मेयरले आठ दस दिन पानी बन्द हुँदैमा केही फरक नपर्ने जवाफ दिएका छन् ।
बोटल तथा जार पानीको व्यवसाय गरिरहेका उद्योगीहरूले हरेक पटक ढाँट राखेर कर उठाउनुभन्दा वर्षको एक पटक एकमुष्ठ नगरपालिका स्वयंले कर उठाउन माग गर्दै आएका छन् । उनीहरूले करमा ठेकेदारीको विरोध गरिरहेका छन् । तर मेयरले उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसमेत सामेल भएको राजस्व परामर्श समितिको परामर्शअनुसार ठेकेदारीमै कर उठाउने ढिपी गरिरहे ।
मेयरसँगको वार्तामा नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्ष सुवास भण्डारी गुण्डाको पाखुरा देखाएर कर उठाउन दिने नगरपालिका जनभावनाअनुसारको स्थानीय तह हुन नसक्ने बताए ।
उनले गाडी रोकेर बाटोमा कर असुली गर्नु अनुचित भएको विचार राखे ।
सङ्घका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले स्थानीय तहले आफ्नो क्षेत्रका उद्योगसँगको सहमतिमा अघि बढ्नुपर्नेमा एकतर्फी मनलागी करको भार थोपर्नुले राम्रो परिणाम नदिनेमा जोड दिए ।
वार्तामा बोटल वाटर सङ्घका संरक्षक एवं पूर्वअध्यक्ष धर्मानन्द श्रेष्ठ, सङ्घको भक्तपुर क्षेत्रीय अध्यक्ष राम सुवाल, उपभोक्ता हित संरक्षण मञ्चका केशवप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *