राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२
-उद्धव सुजखू
२०३४ सालतिर म आई एको विद्यार्थी थिएँ । त्यत्तिबेला भक्तपुरका अधिकांश किसान परिवारमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन । मेरो टोल(बोलाछें, भक्तपुर) छिमेकका अधिकांश केटाकेटी विद्यालय जाँदैन्थे । विद्यालय जाने उमेरका तिनै केटाकेटीलाई शिक्षित बनाउने हेतुले हामी केही स्थानीय अगुवा मिलेर पुस्तकालय स्थापना गर्ने जमर्को ग¥यौं ।
बोलाछें टोलमा एउटा भजन गर्ने पाटी छ । त्यही पाटीमा हामीले पाल टाँगेर प्रौढ कक्षा पनि पढाउन शुरु ग¥यौं । मेरो घरको छिंडीमा टोलका केटाकेटीलाई जम्मा गरेर अक्षर चिनाउने र पढाउने काम भयो । यसरी म मास्टर भएँ । पछि एउटा नियमित विद्यालय नै स्थापना गर्नुपर्ने आवश्यकताबोध भयो । अनि तारा विद्यालय स्थापना भयो । त्यो विद्यालय अहिले तारा माविको रुपमा सञ्चालनमा छ । म तारा माविको संस्थापकमध्ये एक जना हुँ । तर त्यत्तिबेलासम्म म औपचारिक रुपमा शिक्षक बनिसकेको थिएन । तात्कालीन समाजको आवश्यकताले मलाई शिक्षण पेशातिर दोहो¥याएको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर पढिरहेको थिएँ । आजभोलि आदर्श आजाद मावि सञ्चालनमा रहेको भेलुखेलको भवनमा उतिबेला बिहानी मावि सञ्चालनमा थियो । त्यहाँ अङ्ग्रेजी र कमर्शियल म्याथमाटिक्स पढाउन साथीहरूले जिम्मा लगाउनुभयो । कीर्तिपुर क्याम्पसमा दिनदिनै जान आर्थिक रुपमा मलाई गाह«ो थियो । मेरो त्यो समस्या बुझेरै पनि साथीहरूले त्यहाँ कक्षाको व्यवस्था मिलाउनुभएको थियो । मेरो मासिक तलब एक सय रुपैंया थियो । त्यो पैसाले मलाई स्नातकोत्तर तहको पढाई अघि बढाउन निकै मद्दत पुगेको थियो ।
मेरो टोलका साथी बैकुण्ठ श्रेष्ठ काभे्रको नालास्थित चण्डेश्वरी माविमा पढाउन जानुहुन्थ्यो । २०३७ सालतिर उहाँले मलाई आफ्नो विद्यालयमा शिक्षक बन्ने प्रस्ताव लिएर आउनुभयो । त्यहाँ भूगोलको शिक्षकको खोजी भइरहेको रहेछ । बैकुण्ठ सरलाई पनि त्यहाँसम्म जान साथी हुने भएकाले उहाँले मलाई त्यो प्रस्ताव लिएर आउनुभएको रहेछ । मासिक तलब ३ सय ७० रुपैंया पाउँथें । बनेपाको नाला दोबाटोसम्म गाडीमा गएर त्यहाँबाट हिंडेर जान्थ्यौं । ४५ मिनेट जति लाग्थ्यो । त्यहाँ मैले भूगोलबाहेक अरु विषय जस्तै स्वास्थ्य, विज्ञान, गणित र अङ्गे्रजी पनि पढाउँथें । मेरो स्नातकोत्तर तहको शोध गर्न बाँकी नै थियो । शोध पुरा गर्ने मनसायले विद्यालय छोड्ने विचार गरें । विद्यालयका प्रधानाध्यापक आशाकाजी सेवकसमक्ष आफ्नो कुरा राखें । उहाँले भन्नुभयो,‘मेरो छोराले पनि स्नातकोत्तर तहको पढाई सक्यो । खोई केही काम पाएको छैन । यो डिग्री सकाउनतिर नलाग्नुस् । अब मावि शिक्षकको दरबन्दी खाली हुँदैछ । त्यसमा तपाईंलाई न राख्ने हो । यतै पढाउनुहोस् । शोध गर्ने नै हो भने यतैतिरको केही विषयमा गर्दा पनि त भयो नि । म सघाउँला ¤’
मैले ‘पछि शोधको काम सकेर फेरि सेवा गर्ने मौका मिले यही विद्यालयमा पढाउन आउँला’ भनेर त्यहाँबाट विदा भएँ । मैले एक वर्ष त्यो विद्यालयमा काम गरें । यता आएर मैले शोधको काम भने फत्ते गर्न सकिनँ।
२०३७–३८ सालको समय । पञ्चायतविरोधी आन्दोलनको गतिविधि पनि भइरहेका थिएँ । म तिनमा लागेकै थिएँ । म नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको केन्द्रीय सदस्य पनि थिएँ ।
नुवाकोटमा
त्यहीबीच साथीहरूले अब घर छोडेर अरु जिल्लामा गएर पढाउनु प¥यो भने प्रस्ताव आयो । नुवाकोटमा पढाउन जाने सल्लाह भयो । भक्तपुरबाट साथीहरू नहकुल प्रजापति, धिरेन्द्रमान बिजुक्छें, हिमालयश्वरलाल मूल पनि नुवाकोटमा पढाइरहनुभएको थियो ।
नुवाकोटको चतुरालयमा महेन्द्र मावि नामको विद्यालय छ । रानीपौवामा पसल गरी बस्ने एक जना साथीले मलाई त्यहाँ लिएर जानुभयो । त्यो साथीको घर चतुरालयमा थियो । त्यो विद्यालयमा मैले विज्ञान, गणित र अङ्ग्रेजी विषय पढाएँ ।
त्यो विद्यालयमा पञ्चहरूकै अलि बढी दबदबा थियो । प्रधानाध्यापक पनि पञ्च नै रहेछन् । विज्ञानको पनि शिक्षक भएको नाताले प्रयोगशालाका सामान किन्नुप¥यो वा भएकालाई व्यवस्थित बनाउनुप¥यो भनी अनुरोध गरें । त्यहाँका कतिपय सामग्री लथालि· अवस्थामा त केही सामान प्रधानाध्यापकको घरमा ¤ विज्ञानका सामान किन्न आएको पैसा पनि हिनामिना हुने गरेको रहेछ । मैले त्यो कुरा कक्षामा उठाएको थिएँ । त्यो कुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको कानमा परेछ । उहाँहरूले मलाई त्यो विद्यालयमा राखिरहनु उपयुक्त ठान्नुभएन । विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकको बैठक बोलाइयो र मलाई भनियो–‘सर¤ हाम्रो यो प्रस्तावित मावि हो । तपाई त स्नातकोत्तर तह उत्तीर्ण शिक्षक । त्यही भएर तपाईको तहअनुसार तलब खुवाउन नसकिने भयो । तपाईं यहाँबाट जानुप¥यो ।’
‘तपाईको विचारसँग मिल्ने अर्को विद्यालय पनि नजिकै छ । तपाई जानुहुन्छ भने हामी त्यो विद्यालयमा भनिदिउँला ।’, उनीहरूले विचारको कुरा गर्न थाले । सायद उनीहरूले म वामपन्थी विचारको शिक्षक भनेर भेउ पाइसकेका हुँदा हुन् ।
त्यो विद्यालयमा अचम्मै हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक र केही स्थानीय मानिस मिलेर विदाको दिन अथवा विदा नभएको दिन चार बजे पछि रमझम गर्ने, तास खेल्ने, रक्सी पिउने गर्थे । मलाई पनि बोलाउँथे । म त्यस्तो काममा नलाग्ने भएकाले उनीहरूलाई अप्ठ्यारो हुने रहेछ ।
चतुरालय बजारका केही बासिन्दाले मलाई त्यो विद्यालयमा राख्न चाहन्थे । उनीहरूले मलाई असल शिक्षक माने । त्यो विद्यालयमा राम्रो पढाई भए आफ्ना छोराछोरी काठमाण्डौमा पढाउन पठाउन नपर्ने उनीहरूको मनसाय थियो । तर विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक समक्ष उनीहरू आफ्नो तर्क बलियोसँग राख्न सकेनन् ।
म बजारका स्थानीय जनताबीच घुलमिल भएको थिएँ । खेतमा पनि आवश्यक पर्दा सघाउँथें । विद्यार्थीलाई ट्युसन पनि पढाउँथें । तथापि म त्यहाँ रहिरहें भने विद्यालयमा हुने गरेका अनियमितता बाहिर आउने डरले त्यहाँका पदाधिकारीहरूले मलाई अन्यत्र पठाउने निधो गरेछन् । उनीहरू विद्यालयको शिक्षालाई भन्दा आफ्नो पञ्चायती सोचलाई प्राथमिकता दिए ।
चतुरालयबाट एक दिन हिंडेर पुगिने ठाउँ छ– खैरेनीटार । त्यहाँ अमरज्योति मावि नामको ठूलो विद्यालय छ । त्यहाँको प्रधानाध्यापक हुनुहुन्थ्यो–गणेश पण्डित । उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो । शिक्षक नेता नै हुनुहुन्थ्यो । शिक्षक सङ्घर्षमा बेलाबेला उहाँको नाम आइरहन्थ्यो । उहाँ वामपन्थी विचारको हुुनुहुन्थ्यो । विचार मिलेको भनेको उहाँ हुनुहुँदो रहेछ । उहाँ पछि सांसद पनि बन्नुभयो ।
त्यही खैरेनीटारको बासिन्दा नै त्यत्तिबेलाको जिल्ला पञ्चायतको सभापति पनि थिए । उनीसँग त त्यत्ति प्रत्यक्ष चिनाजान भएन । प्रधानपञ्च र उपप्रधानपञ्चसँग चिनजान थियो । पञ्चहरूको दबदबा थियो ।
म त्यही बस्दै चुनाव भयो । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी चुनावको पनि जनताको पक्षमा उपयोग गर्नुपर्छ भन्ने लेनिनवादी नीतिको विषयमा म स्थानीय जनतासमक्ष आफ्नो संगठनको धारणा राख्थें । भक्तपुरबाट म सधैं भक्तपुर नगरपञ्चायतबाट प्रकाशन हुने पञ्चायत पत्रिका लिएर जान्थें । नाम पञ्चायत भए पनि त्यो पत्रिका पञ्चायतविरोधी प्रगतिशील पत्रिका थियो । माक्र्स, एंगेल्स,लेनिनका जीवनी त्यसमा छापिएका थिए । म त्यहाँ त्यही पञ्चायत पत्रिकाका कुरा सुनाउँथें ।
प्रधानाध्यापक गणेश पण्डितसँग पनि कहिलेकाही बहस हुन्थ्यो । मलाई भाषिक शुद्धतालाई लिएर कहिलेकाहीं खिज्याउँथे । ‘म नेवार हुँ । नेवार भएकाले आफ्नो मातृभाषा नभएको भाषा बोल्दा केही समस्या हुनु स्वाभाविक हो । तर भाषा भन्दा विचार प्रमुख कुरा हो ।’ भनी जवाफ फर्काउँथें । त्यहाँ शिक्षकहरू छन्दमा कुराकानी गर्थे । संस्कृतका श्लोक त उनीहरूलाई कण्ठै थियो । तर विचारको मामिलामा मैले आफूलाई सधैं अब्बल नै महसुस गरें । भाषाको कमजोरी औंल्याएर दबाउने प्रयास पनि भएका थिए, तर त्यसले काम गरेन । दबिएर बसिएन । पण्डित प्रायशः काठमाण्डौ गइरहनुहुन्थ्यो । उहाँ काठमाण्डौ जानुहुँदा विद्यालयको जिम्मेवारी भने मलाई छोडेर जानुहुन्थ्यो ।
त्यहाँ पनि बेलामौकामा रमझम गर्ने, खानपिनका कार्यक्रम भइरहन्थ्यो । गाउँबाट कुखुरा लिएर आउँथे । मोजमस्ती गर्थे । प्रधानाध्यापक पण्डितले मलाई बेलाबेला जाँच गर्थे– मैले रक्सी खाएँ कि खाइनँ भनेर । म नेवार भएकाले मैले पक्कै खान्छु होला भन्ने उहाँको बुझाई रहेछ । तर म ती कुराबाट सधैं अछुटो रहें ।
भक्तपुरबाट नुवाकोटको त्यो विद्यालय जान एक रात बाटोमा बास बसेर जानुपथ्र्यो । बास बस्ने घरमा पनि खान दिने तर बास भने घरको पिडींमा मात्र दिन्थ्यो । बाहिर पिंडीमा सुत्दा बाघभालुको पनि खुब डर हुन्थ्यो । सुत्दा लठ्ठीसँगै राखेर सुत्नुपथ्र्यो–सुरक्षाको लागि । यताबाट विद्यालय जाँदा लिखु खोला तरेर जानुपथ्र्यो । झोलु·े पुल निकै टाढा भएकाले पाइन्ट फुकालेर, झोला टाउकोमा राखेर लिखु खोला त¥थ्यौं ।
त्यो विद्यालयको हावापानी अलि तराईजस्तै गर्मी थियो । लिचि, कटहर र आँप फल्थ्यो । विद्यालयको बारीमा ती फलफूल फलाएर बेचेर पनि विद्यालयको आर्थिक बन्दोबस्त गरिएको थियो ।
नुवाकोटको शिक्षक आन्दोलनमा हामीले भाग लिएका थियौं । बट्टार बजारमा शिक्षकहरूले लाल्टिन जुलुस भएको थियो । प्रहरी दमन भयो । तलतिर भागे खोलामा खस्ने, अर्कोतिर भागे भित्ता । सबै भागाभाग भए । गणेश पण्डितलगायत हामी केही भागेनौं । प्रहरीले कुटपिट गर्न खोजे । हामीले गिरफ्तारी दियौं । लाल्टिन कचाककुचुक गरी फालिदिएँ । गिरफ्तार हुनेमा तीन जना बाँकी रह्यौं–म, गणेश पण्डित र शारदारमण भन्ने साथी । पण्डित निडर स्वभावका थिए । प्रहरीले गिरफ्तार गर्दा पनि पर्चा छरिरहेका थिए । केही समय पछि म रिहा भएँ । पण्डितलाई अरु बन्दोबस्त गरेर म फर्कें ।
जिल्ला पञ्चायतको प्रधानपञ्चको छोरो पनि त्यही विद्यालयमा पढ्थ्यो । त्यो केटा पढाईमा त्यत्ति ध्यान दिंदैन्थ्यो । एक दिन म पढाइरहेको बेलामा त्यो केटोले चकले हान्यो । चक ब्ल्याकबोर्डमा लाग्यो । मैले उसले हानेको देखिहालें । मैले गएर उसको गालामा एक झापट दिन्काएँ । मेरो त्यो काम देखेर अरु विद्यार्थी त वाल्ल परे । जिल्ला प्रधानपञ्चको छोरोलाई यसरी हान्नु त साहसको कुरा रहेछ त्यहाँ । मलाई त के मतलब भयो र ¤ त्यो प्रधानपञ्चको छोरो होस् वा राजाको । मेरो कक्षामा नबुझेको सोध्न पाइयो तर अरु बदमासी गर्नेलाई त छोड्नुभएन । पहिलेका कक्षामा पनि त्यो केटोले केटीको चुल्ठो तान्ने, डिस्टर्भ गर्ने काम गरिरहन्थ्यो । उसलाई एक दिन त तह लगाउनु नै थियो । त्यो दिन मौका पाएँ । भोलिदेखि कक्षा शान्त भयो । त्यो केटो विद्यालय पनि आएन ।
विद्यालयको प्रधानाध्यापक काठमाण्डौ गएकाले मलाई निमित्त छोडेर जानुभएको थियो । विद्यालय जाने बाटोमा प्रहरी चौकी थियो । त्यो चौकीको एक जना प्रहरीले विद्यालयका आउने छात्राहरूलाई जिस्काएको रहेछ । त्यो प्रहरीलाई कार्वाही गर्नुपर्छ भन्ने कुरा उठ्यो । मैले विद्यार्थीलाई कक्षा लिएँ र सबै मिलेर प्रहरी चौकी घेर्न गयौं । अभिभावक पनि साथ लागे । प्रहरीले शुरुमा रवाफ देखाए । के जात्रा हो भनी हेला गरे । हामीले छात्रालाई जिस्काउने प्रहरीलाई कार्वाही गर्नुपर्ने माग राख्यौं । निमित्त प्रअ भएको नाताले मलाई माथि बोलाएर कुरा गरे । प्रहरीले मअघि माफी मागे । तर मैले बाहिर सबैका सामू माफी माग्नुपर्ने अडान लिएँ । प्रहरीले आखिरमा हार खाएर बाहिर आएर माफी माग्यो । सबै विद्यार्थीले ताली बजाएर खुशी मनाए ।
केही दिनपछि त्यो प्रहरी एक जना चोरलाई सिक्रीले बाँडेर ल्याउँदै गरेको देखें । म पनि त्यही बाटो हिंड्दै थिएँ । चोर समातेर ल्याएको त्यो प्रहरी त मलाई देख्ने बित्तिकै आफैं चोर जस्तो पो झोक्रिन थाल्यो । त्यो देखेर मलाई खुशी लाग्यो–अपराध गरे पछि जोकोही पनि शीर झुक्ने रहेछ ।
निकै गर्मी ठाउँ भएकाले कतिबेला त मलाई मुस्किल हुन्थ्यो । कहिलेकाहीं गर्मी छल्न लिखु खोलामा विद्यार्थीहरूसँगै पौडी खेल्न जान्थें । विद्यार्थीहरू पौडी खेल्न निकै खप्पिस थिए । मेरो त पौडिंदै हात फक्रक्क गल्थ्यो । कहिलेकाहीं म एक्लै भए पनि गएर खोलाको पानीमा घण्टौं डुबेर बस्थे । शिक्षकहरू सबै मिलेर माछा मार्न जान्थ्यौं । डाइनामाइट पड्काएर माछा माथ्र्यौं । डाइनामाइटले लाटो भएका माछा टिपेर नजिकै स्याला बालेर माछा पोलेर खाएको अहिले पनि याद हुन्छ ।
शुक्रबार हामी वरपरका गाउँहरू घुम्न जान्थ्यौं । शिखरपुर भन्ने निकै राम्रो गाउँमा पुग्थ्यौं । आइतबार विद्यालयको समयसम्ममा पुग्थ्यौं ।
त्यत्तिबेला शिक्षक आन्दोलन निकै चर्किएको थियो । नुवाकोटको शिक्षक आन्दोलनमा हामीले भाग लिएका थियौं । बट्टार बजारमा शिक्षकहरूले लाल्टिन जुलुस भएको थियो । प्रहरी दमन भयो । तलतिर भागे खोलामा खस्ने, अर्कोतिर भागे भित्ता । सबै भागाभाग भए । गणेश पण्डितलगायत हामी केही भागेनौं । प्रहरीले कुटपिट गर्न खोजे । हामीले गिरफ्तारी दियौं । लाल्टिन कचाककुचुक गरी फालिदिएँ । गिरफ्तार हुनेमा तीन जना बाँकी रह्यौं–म, गणेश पण्डित र शारदारमण भन्ने साथी । पण्डित निडर स्वभावका थिए । प्रहरीले गिरफ्तार गर्दा पनि पर्चा छरिरहेका थिए । केही समय पछि म रिहा भएँ । पण्डितलाई अरु बन्दोबस्त गरेर म फर्कें ।
म बस्ने ठाउँ गोठको माथिल्लो मचान थियो । तल गोठ, माथि मेरो कोठा । लामखुट्टेले साह«ै दुःख दिन्थ्यो । धुवाएर लामखुट्टे भगाइन्थ्यो । विजुली बत्ती थिएन । यताबाट मैले टुकी लिएर गएको थिएँ । त्यही टुकी बालेर राति म किताब पढ्थें । पहिले पढिनसकेका केही उपन्यास मैले त्यही बसेर पढेको थिएँ । याङ मोको युवाहरूको गीत, न्युगेन भान त्रय आदि उपन्यास मैले नुवाकोटमा पढेको थिएँ । अहिले पनि सम्झँदा खुशी लाग्छ ।
नुवाकोटका जनता निकै मिहिनेती । महिलाहरू पनि निकै श्रम गर्ने । म बिहान उठ्दा त दुईतीन खेप मल खेतमा पु¥याएर फर्केका हुन्थे । त्यहाँको समाजलाई नजिकबाट चिन्ने मौका पाएँ ।
घरघरमा शौचालय थिएन । बिहानै लोत्ता बोकेर जङ्गलमा जानुपथ्र्यो । जङ्गल पस्दा सर्पको डर हुन्थ्यो ।
मेरो शोध सकिएकै थिएन । मनमा खिल बनेर बसेको थियो–त्यो काम । त्यही भएर म त्यहाँबाट पनि फर्कें–शोधको काम पुरा गर्न । आठ महिना नुवाकोट बसेर म भक्तपुर फर्कें ।
नुवाकोटमा पनि मलाई राख्न खुब प्रयास गरेका थिए । त्यहीकै कुनै विषयमा शोध गर्न भनेका थिए । मलाई त्यहाँका एक जना शिक्षक घरसम्म आएर बोलाउन आएका थिए । ‘कि तपाई जस्तै शिक्षक चाहियो, नत्र तपाई जानुप¥यो ।’ भनेका थिए । तर शोध नसकाई नजाने निधो गरें । मेरो शोध प्रस्ताव नगरकोटको विषयमा थियो ।
भक्तपुरमा आएर म पञ्चायतविरोधी आन्दोलनमै सक्रिय हुनुप¥यो । म छ महिना नख्खु जेल परें । जेलमा हुँदा एक दिन नुवाकोटमा सँगै एउटै विद्यालयमा काम गरेका शिक्षकहरू पनि जेलमा ल्याइयो । उनीहरूलाई हार्दिकतापूर्वक स्वागत गरियो । माछा मार्ने डाइनामाइटले वम बनायो भनी उनीहरूलाई गिरफ्तार गरिएको थियो ।
…………………………………………….
२०४४ सालमा जेलबाट फर्केर आएर म बागीश्वरी माविमा पढाउन थालें । चार कक्षादेखि आठ कक्षासम्म पढाउँथें । मैले पढाएका धेरै विद्यार्थी अहिले मुख्य मुख्य जिम्मेवारीमा छन् । त्यही वर्षको फागुन महिनामा आदर्श आजाद माविमा अङ्ग्रेजी शिक्षकको ठाउँ खाली हुन गयो । म त्यहाँ पढाउन गएँ । आदर्श आजाद माविमा मात्र मैले १९ वर्ष पढाएँ ।
२०६३ सालमा निकै प्रतिकूल परिस्थितिमा म आदर्श आजाद माविबाट म शारदा माविको प्रधानाध्यापक बन्ने परिस्थिति आयो । साथीहरूको सल्लाहमा शारदा माविमा प्रअ त भएन । तर त्यहाँको अवस्था सजिलो थिएन । कतिपय शिक्षकशिक्षिका विद्यालय समयभन्दा निकै ढिला मात्र आउने, विद्यालयको आर्थिक अवस्थाको ख्याल नगरी थप भत्ता खाने, विद्यालयबाट कहींकतै भोज जानुपर्ने भए पनि विद्यालयकै कोषबाट पैसा खर्च गर्ने, गाडी रिजर्भ गर्ने आदि काम भइरहेको अवस्था थियो । विद्यालयको खर्चमा खाजा खाने भने फजुल र बढी खर्च गरिएको पनि पाएँ । इतिहास बोकेको त्यो विद्यालयको शैक्षिक वातावरण बनाउन जिम्मेवारीअनुसार मैले आफ्नो जिम्मेवारी बहन गरें । तर विद्यालयको शैक्षिक वातावरण बनाउने काममा शिक्षक–शिक्षिका साथीहरूले सहयोग गरे । केहीले भने असहयोग गर्ने प्रयास पनि गरे । तर आज त्यो विद्यालय सुचारु सञ्चालन भएकोमा खुशी लागेको छ ।
अनिवार्य अवकाश पाउन पन्ध्र महिनाअघि म मध्यपुर थिमिको आदर्श मावि लाय्कुमा प्रधानाध्यापकको जिम्मेवारीका साथ गएँ । एमाले र काङ्ग्रेसबीचको दलीय मनमुटाव र द्वन्द्वका कारण आदर्श मावि लथालिङ्ग अवस्थामा थियो । चार महिनादेखि शिक्षकहरूले तलब पाएका थिएनन् । को प्रधानाध्यापक बन्ने दलीय खिचातानीका कारण भक्तपुरको एउटा पुरानो इतिहास बोकेको विद्यालयको अवस्था खस्कँदै गइरहेको थियो । साथीहरूमार्फत् नेपाल क्रान्तिकारी शिक्षक सङ्घलाई समस्या समाधानको लागि अनुरोध आइरहेको थियो । त्यहाँका स्थानीय शिक्षासेवी, शिक्षक, अभिभावकले पनि नेक्राशिसङ्घलाई नै गुहारिरहेका थिए । साथीहरूबीच कुराकानी भए पछि म त्यहाँ प्रधानाध्यापकको रुपमा जान तयार भएँ । नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ताले मलाई तर्साएर आफ्नो पक्षका मानिसलाई प्रअ बनाउन खोेजेका थिए । तर कसैका सामू डराउने कुरै हुँदैनथ्यो । हामी हाम्रो निजी हितको लागि नभई विद्यालयको शैक्षिक स्तर विकास र सुचारु सञ्चालनका लागि आधिकारिक रुपमा गएका थियौं । हामीले त्यहीअनुसार दबाबको प्रतिकार ग¥यौं । आदर्श माविमा मैले पन्ध्र महिना मात्र सेवा गर्ने अवसर पाएँ । तर खस्किंदो एउटा विद्यालयलाई सही पथमा ल्याउन सकेकोमा गौरव लागेको छ ।
झण्डै ३५ वर्ष मैले शिक्षण पेशामा बिताएँ । स्थायी शिक्षकको रुपमा मैले २६ वर्ष सात महिना आठ दिन सेवा गरें । २०४८ साल कात्र्तिक १२ गतेबाट म स्थायी शिक्षक बनेको थिएँ । २०४४ साल फागुन १३ गतेदेखि अस्थायी शिक्षकको जिम्मेवारी सम्हालें ।
कुराकानीमा आधारित
Leave a Reply