भर्खरै :

केसिङ्गरको पुरानो औषधि काम लाग्दैन

– सु तान
जुलाई १६ मा हेलसिन्कीमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटको पूर्वसन्ध्यामा बिस्ट दैनिकले संरा अमेरिकाका पूर्व विदेश सचिव हेनरी केसिङ्गरले दिएको सल्लाहकै आधारमा ट्रम्पले रुससँग सम्बन्ध सुधारको लागि हात बढाएको भनी लेख्यो । सो दैनिकका अनुसार केसिङ्गरले चीनको प्रतिकार गर्न रुससँग मिल्नुपर्ने सल्लाह दिएका थिए । ‘यो बैठक हुनु नै पर्ने थियो । मैले धेरै वर्षअघि बाटै यो बैठकको लागि सल्लाह दिंदै आएको थिएँ ।’, केसिङ्गरको भनाइ उद्धृत गर्दै बिस्टले छाप्यो ।
केसिङ्गर संरा अमेरिकाका उनै विदेश सचिव हुन् जसले सन् १९७० मा तात्कालीन सोभियत सङ्घलाई विश्वमञ्चमा एक्लो बनाउन चीनसँग सम्बन्ध विस्तारको रणनीतिक खाका तयार गरेका थिए । बिस्टमा प्रकाशित लेखअनुसार अहिले उनैले ट्रम्पलाई ठीक उल्टो बाटो हिंड्न सल्लाह दिएका छन् । ‘चीनको फैलिंदो शक्ति र प्रभावलाई नियन्त्रण गर्न’ संरा अमेरिका र रुसबीचको सम्बन्ध बलियो बनाउनुपर्ने केसिङ्गरले आफ्नो राष्ट्रपतिलाई सल्लाह दिएका छन् । संरा अमेरिकाको विदेश मन्त्रालय, रक्षा मन्त्रालय (पेन्टागन) र राष्ट्रिय सुरक्षा परिषद्ले पनि ट्रम्पलाई यस्तै प्रकृतिको सल्लाह दिएको सो लेखमा उल्लेख छ ।
दिग्गज राजनेता, व्यवहारिक राजनीतिज्ञ र शक्ति सन्तुलनका पक्षपाती केसिङ्गर विदेश नीतिसम्बन्धी एउटा पत्रिकाले गरेको सर्भेक्षणअनुसार बितेका ५० वर्षमा संरा अमेरिकी विदेश सचिवमध्ये सबभन्दा प्रभावकारी सचिव हुन् । उनीसँग बितेका चार दशक यताको चीन र यसको प्रभावबारे गहिरो र सटिक बुझाइ छ । तर संरा अमेरिका र रुसको सम्बन्धबारे हाल उनले दिएको सल्लाह शीतयुद्धकालीन मानसिकताको पुनरावृत्ति वा निरन्तरतामात्र देखिएको छ । शीतयुद्धकालीन मानसिकताले शक्तिहरूबीचको प्रतिस्पर्धालाई मात्र जोड दिने गरेको छ ।
शीतयुद्धको समाप्तिपश्चात् अन्तर्राष्ट्रिय मञ्चमा धेरै ठूलठूला परिवर्तन आइसकेका छन् । यदि कसैले हिजोकै मानसिकताले सोचिरहेको अवस्थामा गल्ती हुनेछ । त्यसका साथै लामो समय चलेको शीतयुद्धको क्रममा बनेको केसिङ्गरको रणनीतिक चिन्तनले चीनको उदयको सन्दर्भमा सही प्रमाणित नहुन पनि सक्दछ । चीनले दृढतापूर्वक आफूलाई सुधार गरिरहेको छ र बितेका चालीस वर्षमा चीनले खुलापनको नीति प्रभावकारी तरिकाबाट अवलम्बन गरिरहेको छ । चीनले यो नीतिलाई आगामी दिनमा पनि निरन्तरता दिनेछ । आज चीन अन्तर्राष्ट्रिय अर्थतन्त्र र राजनीतिक प्रणालीको सन्दर्भमा यति गहिराइमा संलग्न भइसकेको छ, अब कसैले पनि चीनलाई घेराबन्दीमा पार्ने वा एक्लो बनाउन सक्दैन ।

दिग्गज राजनेता, व्यवहारिक राजनीतिज्ञ र शक्ति सन्तुलनका पक्षपाती केसिङ्गर विदेश नीतिसम्बन्धी एउटा पत्रिकाले गरेको सर्भेक्षणअनुसार बितेका ५० वर्षमा संरा अमेरिकी विदेश सचिवमध्ये सबभन्दा प्रभावकारी सचिव हुन् । उनीसँग बितेका चार दशक यताको चीन र यसको प्रभावबारे गहिरो र सटिक बुझाइ छ । तर संरा अमेरिका र रुसको सम्बन्धबारे हाल उनले दिएको सल्लाह शीतयुद्धकालीन मानसिकताको पुनरावृत्ति वा निरन्तरतामात्र देखिएको छ । शीतयुद्धकालीन मानसिकताले शक्तिहरूबीचको प्रतिस्पर्धालाई मात्र जोड दिने गरेको छ ।

चीन, संरा अमेरिका र रुसबीचको त्रिदेशीय सम्बन्धको आजको अवस्था कुनै पनि कोणबाट सन् १९७० दशकको जस्तो भूरणनीतिक त्रिकोण होइन । चीन र संरा अमेरिकाबीचको अन्तरनिर्भरता र अरु देशहरूसँग चीनको विस्तृत सम्बन्धको अर्थ रुसलाई आफूतिर तानेर पनि चीनलाई एक्ल्याउन सकिंदैन भन्ने हो । न त ट्रम्पलाई खुसी बनाउन रुसले चीनसँग कुनै शत्रुता मोल्न तयार हुनेछ । यो सम्बन्ध एउटा नभए अर्कोसँग मिल्ने प्रकारको सम्बन्ध होइन ।
आजको विश्वमञ्चमा संरा अमेरिकालगायत संसारको कुनै पनि देशले चीनको आर्थिक शक्ति तथा अन्तर्राष्ट्रिय प्रभावका कारण चीनलाई उपेक्षा गरेर अघि बढ्न सक्दैन । बरु संसार संरा अमेरिकाबिना पनि नयाँ विश्व बनाउने बाटोमा जान सक्दछ किनभने ट्रम्पले आज बाँकी विश्वलाई एकातिर पन्छाएर आफू एक्लो बन्न खोजिरहेको छ । रुसलाई रिझाएर पनि यस्तो हुने सम्भावना छैन ।
नयाँ विश्व बन्दोबस्त कस्तो हुनेछ, त्यस्तो कुनै स्पष्ट मानक छैन । यद्यपि पछिल्लो वर्षका सबै नागबेलीबीच संसारले बहुध्रुवीय विश्वमञ्चमा जानै पर्दछ । गहिरो अन्तरनिर्भरताका साथ विश्वव्यापी–करणलाई निरन्तरता दिनुको विश्वसँग अर्को कुनै बाटो छैन । यस्तो परिस्थितिमा शीतयुद्धकालीन सोचाइलाई स्वागत गर्न सकिन्न । कसैलाई एक्ल्याउने प्रयास निरर्थक बन्नेछ ।
ग्लोबल टाइम्स,
अनुवादःमनिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *