भर्खरै :

राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो

राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो

सर्लाही, २० कार्तिक । मधेस प्रदेश समिति नेमकिपाको आयोजनामा सर्लाहीको चन्द्रनगरस्थित कामत गाउँमा बिहीबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा मधेस प्रदेश समितिका संयोजक तथा केन्द्रीय सदस्य सुनिल प्रजापतिले राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो भन्नुभयो ।
शासकहरूले जनताको भावनाअनुसार काम नगरेको उल्लेख गर्दै उहाँले इमानदार व्यक्तिहरूलाई निर्वाचनमा जिताएका भए अराजकता बढ्ने थिएन भन्नुभयो ।
निर्वाचित जनप्रतिनिधिहरूले जनताको हितमा काम नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तराई धेरै विकासको सम्भावना भएको ठाउँ हो । पद र पैसाको लोभ देखाएर राजनीति गर्नेहरूदेखि सतर्क हुनुपर्छ । जनता राजनीतिकरूपमा सचेत र सङ्गठित भएन भने पुँजीपति र प्रतिक्रियावादीहरूले रजाइँ गर्नेछन् ।”
उहाँले भन्नुभयो, “सिद्धान्तहीन एकताले राजनीतिक पार्टीलाई झन् कमजोर पार्छ ।”
मधेस प्रदेश समितिका सदस्य सरोज साहले नेमकिपा भारतविरोधी पार्टी होइन भारतको विस्तारवादी नीतिको विरोध गर्ने पार्टी हो भन्नुभयो ।
पद र पैसाको निम्ति सिद्धान्त बेच्नेहरू कम्युनिस्ट नहुने उल्लेख गर्दै उहाँले पद र पैसाको निम्ति सिद्धान्तहीन गठबन्धन गर्नेहरू अवसरवादी हुन् भन्नुभयो ।
प्रदेश समितिका अर्का सदस्य राजकृष्ण गोराले शासकहरूले बहुमत जनताको हितमा काम नगरेको आँैल्याउँदै कम्युनिस्ट पार्टीको खोल ओढेर जनतामाथि घात गर्ने दलका नेताहरूदेखि सचेत हुनुपर्छ भन्नुभयो ।
प्रदेश समितिका सदस्य रोशनमैयाँ सुवालले नेमकिपाले समाजवादी व्यवस्था स्थापनाको निम्ति कामदारवर्गका जनतालाई सचेत र सङ्गठित गर्दै आएको बताउनुभयो ।
मधेस प्रदेश समितिका सदस्य रमाकान्त कापरको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्रायुसङ्घका दिनेश कापर र सन्तोष गौतमले मधेसी जनताको समस्या समाधानमा सरकारको ध्यान नगएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *