समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२
(वर्गीय सङ्गठनका कार्यकर्ताहरूको बैठकमा केही वर्ष अघि नेमकिपाका अध्यक्ष का.रोहितबाट अभिव्यक्त विचारको सार सङ्क्षेप)
नदेखिएका शत्रुहरू बढी डरलाग्दा हुन्छन् । समुद्रमा जहाजहरूलाई नदेखिएका चट्टानहरू बढी खतरनाक हुन्छन् । समाज र पार्टीमा पनि देखिएका शत्रुहरूभन्दा लुकेका शत्रुहरू बढी हानिकारक हुन्छन् । प्रतिक्रियावादीहरूले क्रान्तिकारी पार्टीभित्र मतभेद ल्याउन कमजोर कार्यकर्ताहरूलाई बढी तारिफ गर्छन् र इमानदार एवं लडाकु कार्यकर्ताहरूलाई बद्नाम गर्ने गर्छन् । यसकारण विजय प्राप्त गरिसकेका क्रान्तिकारी पार्टीहरूमा समेत मतभेद चर्काउन साम्राज्यवादी र प्रतिक्रियावादीहरूले विचारधारामा कमजोर वा पुँजीवादी विचार राख्ने नेताहरूलाई तारिफ गर्ने गर्थे । यसकारण अध्यक्ष माओले भन्नु भएजस्तै बन्दुकले जित्न नसकिने कम्युनिष्टहरूलाई चास्नी पोतिएको गोलीले जित्ने कोसिस गर्छन् ।
नेपाल मजदुर किसान पार्टीमा पनि खुला परिस्थितिको नाममा केही पुँजीवादी तत्वहरूले खेल्ने मौका पाएका थिए । पार्टीविरोधी तत्वहरूले पार्टीभित्रका पुँजीवादी दृष्टिकोणलाई समर्थन र सहयोग गरी पार्टीको क्रान्तिकारी चरित्रलाई नै फेर्ने जमर्को गर्दै गए । बुद्धिजीवीको नाउँमा पार्टीभित्र अनुशासन भङ्ग गर्ने, कार्यकर्ताहरूलाई हतोत्साहित पार्ने जस्ता अनेक अनैतिक कार्यहरूसमेत भए । समय–समयमा आलोचना र चेतावनी दिएर तिनीहरूमा शुद्धता ल्याउने कोशिश पार्टीको तर्फबाट भए । तिनीहरूले निर्वाचन निम्ति सबै प्रकारका अपराधहरूले क्षमा हुनेछन् र निर्वाचनमा २—४ जना पार्टी प्रतिनिधिहरू विजय गराउन पार्टीले आफ््नो सिद्धान्त र अनुशासनलाई खुकुलो पार्नेछ भन्ने गलत अनुमान गरे । तर तिनीहरूले मजदुर र किसान तथा साधारण जनतालाई ‘मूर्ख’, ‘अनपढ’, ‘खाली पछि लाग्न जानेका’, ‘ज्यापू’ र ‘दासहरू’ सम्झेर हेला गरे । पार्टीले तिनीहरूका यस्ता जन—विरोधी र प्रतिक्रियावादी दृष्टिकोणहरू बदल्न बारम्बार कोसिसहरू गरेको थियो । अध्यक्ष माओले भन्नु भएजस्तै—जनताको आँखा दूरविनसरह हुन्छ । किसान जनताको हातमा माटो र खुट्टामा गोवर लागे पनि तिनीहरू सुकिला लुगा लगाएकाहरूभन्दा असल र सफा हुन्छन्, ‘बुद्धिजीवीहरू मूर्ख हुन्छन्’ भनेर कडा आलोचनासमेत गर्नुप¥यो ।
तर तिनीहरूले आफू योग्य हुँ, बुद्धिजीवी हुँ, ठूलो जातका हुँ र धनी हुँ भनेर पार्टीमा छाडापन र अराजकता ल्याउने कोसिस गरेका हुँदा त्यस्ता सर्पहरूलाई एकएक गरेर पार्टीबाट निकाला गरिएको हो । यसबारे प्रतिक्रियावादीहरू नानाथरीका कुरा उठाएर जनतामा भ्रम फैलाउन कोसिस गर्दैछन् । तर को के हो भन्ने कुरा प्रतिक्रियावादीहरूलाई होइन पार्टीलाई थाहा छ । भन्ने उखान छ — जुत्ता लाउनेलाई थाहा हुन्छ, जुत्ताले कहाँ पोलेको छ ।
जनता र कार्यकर्तालाई ‘ज्यापू’ र ‘साल्मी’ भनी हेंला — होचो गर्ने, जेल र बाहिर पनि पार्टी अनुशासनभित्र नबसी आर्थिक लाभ खोज्ने, पार्टीलाई सङ्कट पर्दा भागेर हिँड्ने, जोताहा किसानको मोहियानी हक खोस्न खोज्ने, पार्टी र पार्टी नेतृत्वको बद्नाम गर्ने, पार्टीभित्रै बसेर अन्य विरोधी पार्टीको प्रचार गर्ने तथाकथित बुद्धिजीवी तथा व्यक्तिगत महत्वाकाङ्क्षीलाई केही वर्ष अगाडि पनि पार्टीबाट निकालिएको हो ।
पार्टी निर्णयविपरीत गई जनमतसङ्ग्रहलाई बहिष्कार गर्ने र गराउन खोज्ने, भेगीय भावनालाई कमजोर गर्न २०३८ सालमा निर्वाचनलाई उपयोग गर्दा पार्टी र जनताको हित विपरीत आफ््नो नातागोतालाई मत दिने, गुप्त प्रचार कार्यमा लाग्ने आफ्नो व्यक्तिगत वा आर्थिक हितलाई मात्र ध्यान दिई २०४२ सालमा निर्वाचनलाई उपयोग गर्न अस्वीकार गर्ने, पार्टीलाई सङ्कट पर्दा र आन्दोलन हुँदा कुनै योगदान नगरी प्रजातन्त्रको पुनः स्थापनापछि मात्रै विजयी हुने स्थानबाट उम्मेदवार उद्देश्यबाट मात्र जागीर छोड्ने, आफ््नो कर्म क्षेत्रमा राम्रो सङ्गठनको विस्तार नगरी निष्क्रिय बस्ने, आर्थिक गतिविधिबारे एक जिम्मेवार सदस्यको नाताले पार्टीको स्वीकृत नलिने, पार्टीको विस्तारमा कुनै कर्तव्य पूरा नगरी बरु उल्टै कार्यकर्तालाई निष्क्रिय र हतोत्साहित पार्ने, पार्टी र कार्यकर्ताहरूलाई भेडा – बाख्रा सम्झी उक्लने खुड्किलोका रुपमा प्रयोग गर्न खोज्ने, खुलेआम पार्टीको सिद्धान्तबारे भ्रम फैलाउने एक गलत तत्वलाई पनि हालै पार्टीबाट निष्काशन गरिएको छ ।
आफ््नो स्वार्थको निम्ति पार्टी कार्यकर्ताहरूलाई जिल्लाबाट निष्काशन गर्न झुटो रिपोर्ट दिने, व्यक्तिगत स्वार्थको निम्ति रक्सी ठेक्का लिने, खर्चालु भएरै ठेक्कामा घाटामा पर्दा रक्सीविरोधी अभियानको नाममा उपद«ो गर्ने, भावुक भई फाँसीमा लट्की सङ्घर्षबाट पलायन हुन खोज्ने, जनता र सङ्गठनभित्र सिद्धान्त, समाजवादी राजनीति र क्रान्तिको प्रचार—प्रसार गर्नुभन्दा आफू निर्वाचनमा उम्मेदवार हुने र विजयी हुनेमात्रै ढङ्गले पार्टी गतिविधि गरी पार्टीमा गलत दृष्टिकोण फैलाउने, पार्टीको चन्दा र पार्टीलाई दिनुपर्ने रकम दिन नमान्ने, हरेक क्षेत्रमा आफ््नो आर्थिक हितलाई मात्रै प्राथमिकता दिने र पार्टीभित्र फूट र पुँजीवादको बीउ छर्ने काम गर्ने तथा पार्टीको विरोधमा झूठ र भ्रामक कुरा प्रचार गरी पार्टीभित्र जालसाझी गर्नेलाई पार्टीबाट निकालिएको छ ।
यसप्रकार पार्टीलाई शुद्ध राख्न मादकपदार्थ अति सेवन गर्ने, पैंचो नतिर्ने, महिलाहरूसँग दुव्र्यवहार गर्ने, पार्टीको रकम नबुझाउने, पार्टीको विरोधमा कार्य गर्ने अनेक आत्मआलोचनापछि पार्टीमा अराजकता फैलाउनेलाई पनि पार्टीले अनुशासनको कारबाही गरेको छ ।
–युनिभर्सिटी बुलेटिन नं. ३ (२०५८ मंसिर)
Leave a Reply