पटक पटक व्यवस्था परिवर्तन : मधेसी जनताको जीवनस्तरमा परिवर्तन खोइ ?
- कार्तिक २५, २०८२
काठमाडौं, १८ जेठ । नेपाल मजदुर किसान पार्टीको २९ औं परिषद् भक्तपुरमा सुरू भयो ।
परिषद्मा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कार्यकर्ताहरूले देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनु हुँदै समाजमा अराजकता ल्याउने पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्षको अग्रभागमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रियावादीहरूले जनताका छोराछोरीहरूलाई गलत ढङ्गले डो¥याउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले षड्यन्त्रबाट जन्मेका सरकारमा गएका पार्टीहरू षड्यन्त्रमै समाप्त हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले विद्यार्थीलाई राम्रोसँग पढाउनुपर्ने शिक्षकहरू निजी विद्यालय किनबेचमा लाग्न नहुने उल्लेख गर्दै समाजमा बढिरहेको अन्धविश्वासलाई खण्डन गर्न सांस्कृतिक कलाकार र लेखकहरूले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राजनीतिमा लागेर के पायौं भन्नेहरू कम्युनिष्ट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले सिद्धान्त बुझेपछि र सांस्कृतिक स्तर उठेपछि दुःख भोगेका कार्यकर्ताहरूमा पछुतो नहुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले संरा अमेरिकाको चीनसित अन्य देशहरुसँग व्यापार युद्ध सुरू हुनुको साथै युरोपेली लाटिन अमेरिकी देश र अफ्रिकी देशहरूबाट पनि अमेरिका एक्लिंदै गएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले परिषद्का सदस्यहरूलाई पार्टीको प्रकाशन अध्ययन गर्न जोड दिनुहुँदै जनतालाई पनि शिक्षित गर्न कार्यकर्ताहरू लागिपर्नुपर्ने विचार राख्नुभयो ।
परिषद्मा केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापति र वैकल्पिक केन्द्रीय सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सायजूले स्थानीय तह नगरपालिका र प्रदेशसभामा आ–आफूले पार्टीको तर्फबाट निर्वाह गरेका भूमिकाबारे बताउनुभयो ।
परिषद्मा जनवर्गीय र पेशागत सङ्गठन, पार्टी जिल्ला समितिहरुको पनि प्रतिवेदन प्रस्तुत भयो ।
परिषद् शनिबार पनि चालू रहनेछ ।
Leave a Reply