नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
चौथो महाधिवेशन (माओवादी र मोहनविक्रम सिंह नेतृत्वको पार्टी) र झापा गुट (एमाले)ले सैद्धान्तिक र व्यवहारिक समझदारीहरूका ‘आत्म–आलोचना’ गर्दागर्दै पनि घुमाइफिराइ आफ्ना पुरानै नीतिलाई ‘सही नीति’ भन्न पुग्छन् । चौथो महाधिवेशनले पौष महिनामा प्रकाशित “राजनैतिक सिंहावलोकन’ मा भन्छ, ‘आन्दोलन पहिलेझैं लगातार अगाडि बढ्दै गएको भए राजतन्त्रको अन्त्य निकट भविष्यको कुरा बन्ने थियो ।’ (प्रसङ्गवस भनिहालूँ, ‘अगाडि बढ्दै जाने आन्दोलन चाहिं स्वयंस्फूर्त वा केन्द्रीय योजनाविनाको आन्दोलन हो । योजनाबद्ध हुने वा पछि गर्ने आन्दोलन चाहिं अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ ।) झापा गुटको ‘वर्गसङ्घर्ष’ नं. ९ ले भन्छ– ‘देशभित्र यस्तै चर्को खडेरीको स्थिति छ, जे पनि बल्न तयार !’ यी दुवै एउटै टुङ्गोमा पुग्छ देशमा क्रान्तिको जबरजस्त परिस्थिति मौजुद छ ।
क्रान्तिका निम्ति भौतिक परिस्थिति सँगसँगै मनोगत परिवर्तन पनि खाँचो पर्ने हुन्छ । मनोगत परिवर्तनको अर्थ हो–क्रान्तिकारी जनताका गतिविधि क्रान्तिकारी वर्गका क्षमतासँग गाँसिएको हुन्छ । त्यो क्षमता पुराना सरकारलाई छिन्नभिन्न गर्न पुग्दा मात्रामा बलियो होस् । किनभने त्यो पुरानो सरकार सङ्कटको समयमा पनि त्यसलाई नभत्काएसम्म त्यो कहिले पनि ‘पतन’ हुन्न । क्रान्तिको परिस्थिति भए पनि क्रान्तिको मनोगत परिवर्तनको अभाव हुनाले क्रान्ति सफल हुन्न । यसबारे लेनिनले १८५९–१८६१ को जर्मनी र १८७९–१९०० र १९०५ को रुसका उदाहरण प्रस्ततु गर्नुभएको थियो ।
यो कुरा साँचो हो कि क्रान्तिकारी परिस्थितिविना क्रान्ति असम्भव छ । तर क्रान्तिकारी परिस्थिति भन्नुको अर्थ के हो र त्यसका लक्षणहरू के–के हुन् भन्ने कुरामा हाम्रा उत्ताउला कम्युनिष्टहरूको ध्यान गएको छैन । लेनिनले देखाउनु भएअनुसार क्रान्तिकारी परिस्थितिका तीन लक्षणहरू छन् ः
१. आफ्नो शासन व्यवस्थामा कुनै हेरफेर नगरी शासक वर्गको निम्ति शासन कायम गर्न असम्भव भएका होस्, कुनै किसिमले माथिल्लो वर्गभित्र सङ्कट भएको होस् शासक वर्गका निम्ति वा विचारमा सङ्कट वा बेमेल होस्, जसबाट ठूला फाटो परोस् त्यसबाट थिचिएका वर्गहरूको असन्तोष र रिस बाहिर आओस् । क्रान्ति हुनको निम्ति मुख्य तथा तल्लो वर्ग चाहिं पुराना ढङ्गले बस्न नचाहेको मात्र भएर पुग्दैन, त्यसका निम्ति ‘माथिल्ला वर्ग’ पुराना ढङ्गमा बस्न असमर्थ भएको होस् ।
२. थिचिएका वर्गहरूका दुःख र अभाव साधारण (पहिले) भन्दा धेरै चर्को भएको होस् ।
३. माथिल्ला कारणहरूले गर्दा शान्तिका समयमा कुनै उजुर र गा¥हो नमानिकनै लुटाउने जनसमुदायहरूका माझमा गतिविधि धेरै चर्केको होस् । तर गोलमालको बेला सङ्कटका सबै परिस्थितिहरू र ‘माथिल्ला वर्गहरू’ का पनि आफ्नै स्वतन्त्र ऐतिहासक काम कुराबाट जनसमुदाय अगाडि बढेका हुन्छन् ।
माथिका स्थिति वा लक्षणहरू क्रान्तिकारीका निम्ति भौतिक परिस्थितिहरू हुन् । यस्ता भौतिक परिवर्तनहरू नभएसम्म विभिन्न पक्ष र पार्टीहरूका इच्छामा भर परेर मात्रै क्रान्ति हुँदैन । व्यक्ति, पार्टी र गुटको मात्रै इच्छाले क्रान्ति हुँदैन । व्यक्ति, पार्टी र गुटको मात्रै इच्छाले क्रान्ति हुन असम्भव हुन्छ । यी माथिका सबै भौतिक परिवर्तनहरूलाई समग्रतामा क्रान्तिकारी परिस्थिति भन्दछन् । तर व्यक्तिले मात्रै क्रान्ति सम्पन्न हुँदैन ।
तब क्रान्तिका निम्ति अरु कुन–कुन शर्तहरूका आवश्यकता
छ ?
क्रान्तिका निम्ति भौतिक परिस्थिति सँगसँगै मनोगत परिवर्तन पनि खाँचो पर्ने हुन्छ । मनोगत परिवर्तनको अर्थ हो–क्रान्तिकारी जनताका गतिविधि क्रान्तिकारी वर्गका क्षमतासँग गाँसिएको हुन्छ । त्यो क्षमता पुराना सरकारलाई छिन्नभिन्न गर्न पुग्दा मात्रामा बलियो होस् । किनभने त्यो पुरानो सरकार सङ्कटको समयमा पनि त्यसलाई नभत्काएसम्म त्यो कहिले पनि ‘पतन’ हुन्न । क्रान्तिको परिस्थिति भए पनि क्रान्तिको मनोगत परिवर्तनको अभाव हुनाले क्रान्ति सफल हुन्न । यसबारे लेनिनले १८५९–१८६१ को जर्मनी र १८७९–१९०० र १९०५ को रुसका उदाहरण प्रस्ततु गर्नुभएको थियो ।
के हामीले लेनिनका उक्त विचारमा आवश्यक ध्यान पु¥याएका छौं ? लेनिनले प्रस्ट शब्दमा भन्नुभएको छ– ‘क्रान्ति बनाउन सकिन्न । क्रान्तिहरू इतिहासका वस्तुगत रुपबाट अर्थात् पार्टी र वर्गहरूका इच्छामा निर्भर नभई, परिपक्व सङ्कटहरू उथल–पुथलबाट विकसित हुन्छ । सङ्गठन नभइकन जनतामा इच्छाशक्तिको एकता हुन्न । एक केन्द्रित राज्यका बलिया आतवादी सैनिक सङ्गठनको विरोधमा सङ्घर्ष गर्नु गा¥हो र लामो हुन्छ ।
क्रान्तिका ‘जबरजस्त’ परिस्थिति छ भन्ने उत्ताउला धारणाबारे छलफल गर्न बाँकी नै छ । तर क्रान्तिकारी परिस्थिति भएको अनुभव हुनासाथै क्रान्तिकारीहरूको के कर्तव्य हुन्छ ? क्रान्तिकारी परिस्थिति भएको अनुभव हुनासाथै क्रान्तिकारीहरूका कर्तव्य हुनेछन् ः
क. जनताका आगामी क्रान्तिकारी परिस्थितिका अस्तित्वलाई छर्लङ्गयाउने ।
ख. उसका आकार र गहिराइलाई सम्झाउने ।
ग. सर्वहारा वर्गका क्रान्तिकारी चेतना र क्रान्तिकारी सङ्कल्पलाई जगाउने ।
घ. त्यसलाई क्रान्तिकारी गतिविधितर्फ जान मद्दत पु¥याउने ।
ङ) त्यस उद्देश्यको निम्ति क्रान्तिकारी परिस्थितिको अनुकूल सङ्गठनलाई कायम गर्ने ।
माथिका सबै कुरालाई ध्यान दिंदादिंदै संसारका मजदुर आन्दोलनहरू र क्रान्तिका सफलता र असफलताका कारणलाई एक–एक गरेर केलाउनुपर्छ, आफ्नो स्थितिसँग दाँजेर पूरै छलफल गर्नु आवश्यक छ । हत्तपत्त लिइएको निर्णय र उताउला ठम्याइलाई अस्वीकार गर्ने दृढता र विपरीत सम्भवलाई ध्यानमा राखेर र त्यसबाट जोगिने दृष्टिकोण विकास गर्नैपर्छ । चौथो महाधिवेशन र माले भनिने झापा गुटमा यही कुराको अभाव छ ।
साभार ः मजदुर–किसान
Leave a Reply