इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
हरारे, १८ साउन (एपी) । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पीएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसद्मा बहुमत प्राप्त गरेको छ ।
मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका छन् । उनका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको दिन शान्तिपूर्ण रहे पनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भड्किएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्युसमेत भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीटरमा भने, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भ्रातृत्व कायम गरौं ।”
तर जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी)ले निर्वाचन परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।
सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भएको दाबी गरेका छन् । “यो निर्वाचन धाँधली पूर्णरुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ” उहाँले भन्नुभयो । तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्षरुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।
यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापीरुपमा हिंसा पनि मच्चिएको थियो ।
Leave a Reply