इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
क्युटो, ३ अगस्ट । विकिलिक्सका संस्थापक जुलियन असान्जसँग सम्बन्धित कूटनीतिक समस्या समाधान हुन समय लाग्ने इक्वेडरका विदेशमन्त्री जोसे भालेन्सियाले बिहीबार बताएका छन् । उनले असान्जको विषयमा कूटनीतिक जटिलता थपिंदै गएकोतिर सङ्केत गरेका छन् ।
असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरियाली राजदूतावासमा शरण लिंदै आएका छन् । इक्वेडरले उनलाई शरणमात्र नभई नागरिकतासमेत प्रदान गरेको छ । तर बेलायत सरकारले भने उनलाई बेलायत छोड्न रोक लगाउँदै आएको छ । राजदुतावासबाट बाहिरिएसँगै असान्जलाई गिरफ्तार गर्न बेलायत सरकारले तयारी गरेको छ ।
“बेलायतले आफ्नो मतमा परिवर्तन गरेको छैन…हामीले जे गर्नसक्छौं गर्ने प्रयास गरिरहेका छौं । हामी एउटा सहमतिमा पुग्ने प्रयासमा छौं ।”, इक्वेडरका विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा भने ।
“यो सरल विषय होइन । यो निकै जटिल छ । …यो जटिलतासँग राजनीति पनि जोडिएको छ ।”, उनले भने ।
Leave a Reply