तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २२ साउन । कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा मङ्गलबार साम्राज्यवादविरोधी सङ्घर्षमा प्रजग कोरिया विषयक विचार गोष्ठी भयो ।
गोष्ठीमा नेपाल भ्रमणमा रहेको कोरियाली समाज विज्ञान प्रतिष्ठान(कास)को प्रतिनिधिमण्डललाई पनि स्वागत गरिएको थियो ।
गोष्ठीमा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले प्रजग कोरिया जनता, कोरियाली मजदुर पार्टी र कोरियाली सेनाबीचको बलियो एकताका कारण संसारमा साम्राज्यवादी शक्तिसामू नझुक्ने स्वाधीन बन्न सफल भएको बताउनुभयो ।
उहाँले पश्चिमा देशहरूले प्रचार गरे जस्तो दक्षिण कोरिया आर्थिक रुपमा धनी नभएको चर्चा गर्दै त्यहाँको समृद्धि विदेशी पुँजीमा निर्भर रहेको र त्यो पुँजी कुनै बेला फिर्ता हुन सक्ने बताउनुभयो ।
‘तर प्रजग कोरियाको अर्थतन्त्र स्वाधीन छ । त्यहाँको विकासमा प्रयोग भएका आधारभूत मेसिनरी उनीहरूले नै विकास गरेका छन् ।’, उहाँले भन्नुभयो । 
नेपालका शासक दलको गलत नीतिका कारण नेपाल र प्रजग कोरियामा झण्डै एकै समय नयाँ बन्दोबस्त स्थापना भए पनि नेपालले स–साना कुराको लागि समेत विदेशमा निर्भर रहनु परेको उहाँले भन्नुभयो ।
प्रजग कोरियाले संरा अमेरिकाको निर्देशनात्मक व्यवहार नरुचाएको प्रष्ट पार्दै अध्यक्ष बिजुक्छेंले कूटनीतिक सिमाना नाघेर संरा अमेरिकाले व्यवहार गर्न खोज्दा प्रजग कोरियाले गतिलो जवाफ दिने गरेको धारणा राख्नुभयो ।
प्रजग कोरियाली जनताको सांस्कृतिक स्तरबारे चर्चा गर्दै उहाँले आफू प्रजग कोरियाको भ्रमणमा जाँदा त्यहाँको राष्ट्रिय पुस्तकालयमा माक्र्स, एंगेल्स, लेनिनलगायत नेता र विश्व साहित्यकारहरूका कृति कोरियाली भाषामा अनुवाद भएको देखेको स्मरण सुनाउनुभयो ।
‘प्रजग कोरियाको सांस्कृतिक स्तर यो कुराले प्रतिविम्बत गरेको छ ।’
नेपाली युवाहरू हजारौंको सङ्ख्यामा दक्षिण कोरियामा रोजगारीको लागि पुगेको तर कोरियाली भाषाको एउटा कृतिसमेत नेपाली भाषामा अनुवाद हुन नसकेको प्रसङ्गको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले नेपाली साहित्य विदेशी भाषामा र विदेशी साहित्य नेपाली भाषामा अनुवाद हुन सके जानकारीको दायरा फराकिलो हुने विचार राख्नुभयो ।
उहाँले काठमाण्डौमा हुने बिमस्टेक सम्मेलनको लागि केही सय झण्डा समेत विदेशमा बनाउने नेपाली मन्त्रीको कुराले सरकारको पराधीन सोच प्रतिविम्बत भएको बताउनुभयो ।
नेपाल भ्रमणमा रहेको कोरियाली समाज विज्ञान प्रतिष्ठान(कास)का उपनिर्देशक चो काङले प्रजग कोरियाको बारेमा पश्चिमा सञ्चारमाध्यमले गरेका प्रचारमा विश्वास गर्न नमिल्ने धारणा राख्दै प्रजग कोरियाको वास्तविकता पश्चिमा देशहरूले प्रचार गरे भन्दा निकै भिन्न रहेको बताउनुभयो ।
जून १२ मा प्रजग कोरिया र संरा अमेरिकाबीच सिङ्गापुरमा भएको शिखर वार्ताको चर्चा गर्दै उहाँले संरा अमेरिकासँग प्रजग कोरियाले होशियारीपूर्वक सम्बन्ध विकास गर्न खोजिरहेको धारणा राख्नुभयो ।
उहाँले प्रजग कोरियाली जनता संरा अमेरिकी नाकाबन्दीको त्रासमा नभई कोरियाली जनताको शक्तिप्रति विश्वास गर्दै आर्थिक विकासमा अघि बढिरहेको धारणा राख्नुभयो ।
प्रजग कोरियासँग जुछे विचारधारा, किम जङ उनको बुद्धिमानी नेतृत्व, जनता–पार्टी–सेनाबीच एकमनको एकता र जनता केन्द्रित राज्यव्यवस्था भएकोले साम्राज्यवादी शक्तिको हमलाको सामना गर्ने सामथ्र्य भएको बताउनुभयो ।
प्रजग कोरियाको व्यवस्थाबारे काङले भन्नुभयो,‘ प्रजग कोरियामा कक्षा बाह«सम्म अनिवार्य र निःशुल्क शिक्षा र त्योभन्दा माथिको शिक्षा पूर्ण रुपमा निःशुल्क बन्दोबस्त छ । स्वास्थ्य सेवा सबै निःशुल्क छ । प्रजग कोरियामा घर नभएको कुनै मानिस छैन । जनता आधारभूत बस्तु सबै राज्यले सस्तोमा उपलब्ध गराउने गरेको छ । सामाजिक न्यायको सन्दर्भमा पनि प्रजग कोरिया माथिल्लो दर्जामा छ । त्यहाँ आतङ्कवाद, संगठित अपराध, वेश्यावृत्ति र तस्करी पनि छैन ।’
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा कोरिया पुनःएकीकरण सहयोग समितिका अध्यक्ष प्रेम सुवालले जून १२ को सिङ्गापुर वार्तामा भएका चार बुँदे सहमतिमाथि प्रकाश पार्दै नेमकिपाको २९ औं परिषद् बैठकले संरा अमेरिका र प्रजग कोरियाबीच स्थायी शान्ति सन्धी र कोरियाली प्रायःद्विपबाट संरा अमेरिकी सेना र हतियर फिर्ताको माग गरेको बताउनुभयो ।
उहाँले व्यवस्थापिका संसदमा नेपाली काङ्ग्रेसले प्रजग कोरियाबारे गरेका गलत अभिव्यक्तिको नेमकिपाले प्रतिकार गरेको धारणा राख्नुभयो । गोष्ठीमा नेपालका लागि प्रजग कोरियाली राजदुत किम योङ हकको पनि उपस्थिति थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई, वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई र राजेन्द्र चवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात प्रजग कोरियासम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कोरिया समाज विज्ञान प्रतिष्ठानका उपनिर्देशक चो काङको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गएको साउन १६ गते नेपालमा आएको हो ।
Leave a Reply