अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सरोजराज गोसाई
(कोरिया पुनःएकीकरण सहयोग समितिको आयोजनामा मत्र्गलबार आयोजित ‘साम्राज्यवादविरोधी सङ्घर्षमा कोरिया’
विषयक विचार गोष्ठीमा व्यक्त विचार–सं)
सबभन्दा पहिले कोरियाली सामाजिक विज्ञान अध्ययन समाजका उपमहासचिव चो काङलगायतको प्रतिनिधिमण्डललाई कोरिया पुनःएकीकरण सहयोग समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।
यतिखेर विश्व राजनीतिमा प्रजग कोरिया चर्चामा छ । प्रजग कोरिया समाजवादी देश भएरमात्र होइन, संसारको महाशक्ति मानिएको अमेरिकी साम्राज्यवादको युद्धका प्रत्येक धम्कीको जवाफ दिनसक्ने देश भएकोले पनि यो चर्चाको देश बनेको हो । गएको जून १२ को दिन प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको ऐतिहासिक सिङ्गापुर शिखर वार्ताले विश्वकै ध्यान तान्यो । त्यसलाई विश्व शान्तिको निम्ति एक महत्वपूर्ण फड्कोको रूपमा लिइएको छ । किम र ट्रम्पबीचको ऐतिहासिक वार्तापछि घटना के कस्तो मोड लिंदै अगाडि बढ्दै छ ? प्रजग कोरिया र संरा अमेरिकाबीच भएको सम्झौताको भावनाअनुसार अब दुई कोरियाबीच के स्थायी युद्धविराम सम्झौता होला ? कोरियाली जनताको इच्छाअनुसार के दुई कोरियाको पुनःएकीकरण होला ? के संरा अमेरिकाले दक्षिण कोरियामा तैनाथ गरेको सेना फिर्ता गर्ला ? आक्रमण र प्रतिरक्षाको निम्ति संरा अमेरिकाले दक्षिण कोरियामा जडान गरेको अति आधुनिक संयन्त्र थाड के तत्काल हटाइएला ? यी प्रश्न हाम्रो मनमा उठिरहेका छन् । प्रजग कोरियाजस्तो सानो देशले विश्वको महाशक्तिसामु पटक्कै नझुकी कसरी लड्न सकेको होला ? प्रजग कोरियाको विकास र समृद्धिको जग के हो ? यी विषयमा विगतमा हामीले आयोजना गरेका कार्यक्रममा स्पष्ट हुने प्रयास गरिसकेका हौं । आज कोरियाका समाजशास्त्रीहरू नै हाम्रोसामु हुनुहुन्छ । हामी हाम्रा जिज्ञासाहरूमा थप प्रस्ट हुने आशा गर्छौं ।
सन् १९५० देखि १९५३ सम्म तीन वर्षको कोरिया युद्धपछि आजसम्म पनि दुई कोरिया अस्थायी युद्धविरामको स्थितिमा छन् । कोरिया प्रायः द्वीप अझै पनि युद्धको खतराबाट मुक्त हुनसकेको छैन । जून १२ को सम्झौताले शान्तिको आशा पलाएको भने पक्कै हो । यसैबीच प्रजग कोरियाले आफूमाथिको नाकाबन्दी अविलम्ब हटाउनुपर्ने माग गर्दै आएको छ । संरा अमेरिकाले भने प्रजग कोरियाको प्रस्तावलाई अस्वीकार गरिरहेको छ । आणविक हतियार नष्ट नगरी नाकाबन्दी नहटाउने अमेरिकी नीतिले द्वन्द्वको पुनरावृत्ति हुने डर कायमै छ ।
प्रजग कोरियाली आधिकारिक सञ्चारमाध्यमहरूले भनेअनुसार अमेरिका–प्रजग कोरियाबीचको ऐतिहासिक सम्झौताको विकासक्रम सा¥है ढिलो हुनुमा नाकाबन्दी नै मुख्य हो । संरा अमेरिका अझै पनि प्रजग कोरियाकै भाषामा उससँग ‘फोहर’ र ‘अनादर’ को व्यवहार गर्दैछ । प्रजग कोरियाले भनेझैं संरा अमेरिका ‘नाकाबन्दी र दबाब’ को कूटनीतिलाई निरन्तरता दिंदै छ । प्रजग कोरियाले भनेको छ, दबाबको कूटनीतिले केही प्राप्त हुँदैन । तैपनि प्रजग कोरियाले स्थिति निराशाजनक नभएको बताएको छ ।
यसैबीच प्रजग कोरियाले गएको महिना जापान र अमेरिकाबीच भएको आणविक ऊर्जा सम्झौता नवीकरणको विरोध गरेको छ । संरा अमेरिकाले आणविक मामिलामा जापान र प्रजग कोरियालाई फरक–फरक व्यवहार गरेको भन्दै प्रजग कोरियाले संरा अमेरिकाको आलोचना गरेको छ । विश्वको जम्मा ५१८ टन प्लुटोनियममध्ये जापानसँग मात्र ४७ टन बराबरको प्लुटोनियम भण्डारण छ । संरा अमेरिकाको यस्तो द्वैधचरित्रको विश्वभर निन्दा पनि भइरहेको छ ।
प्रजग कोरियाले कहिल्यै युद्धको सुरुवात नगर्ने बरु उसमाथि युद्ध थोपरियो भने सम्पूर्ण शक्ति लगाएर प्रतिकार गर्ने रणनीति लिंदै आएको छ । यथार्थमा प्रजग कोरियाले साम्राज्यवादीहरूसँग कहिल्यै शान्तिको भीख मागेन । आफ्नो देशको सार्वभौमिकता र समाजवादको रक्षा नै कोरियाली जनताको एउटै ध्येय छ । आइलाग्नेमाथि जाइलाग्नकै निम्ति प्रजग कोरियाले आणविक हतियार बनाएको हो । कुनै पनि बेला साम्राज्यवादी आक्रमण हुनसक्ने कारणले प्रजग कोरियाले आणविक हतियार बनाउने काम गरेकोबारे हामी पनि स्पष्ट छौं ।
साम्राज्यवादी देशहरूले प्रजग कोरियाको आणविक हतियारको कारण विश्वयुद्ध हुनसक्ने दुष्प्रचार कम गरेका छैनन् । वास्तवमा संसारमा सबभन्दा बढी आणविक हतियार संरा अमेरिकासँगै छ । संसारलाई कैयौं पटक ध्वस्त पार्नसक्ने आणविक हतियार थुपारेको अमेरिकाले प्रजग कोरियाको आणविक हतियारको विरोध गर्नु चोरले चोर आयो भन्नुमात्र हो । संरा अमेरिकाले साँच्चिकै विश्वको शान्ति चाहेको हो भने सबभन्दा पहिला उसले आफ्ना सम्पूर्ण आणविक हतियार नष्ट गर्नुपर्छ ।
संरा अमेरिकाले प्रजग कोरियासँग शान्तिको कुरा गर्नुको अर्थ अब अमेरिकाले साना र कमजोर देशमाथिको आक्रमण बन्द गर्ने भयो भन्ने अर्थ लगाउनु कमजोर विश्लेषण हुनेछ । साम्राज्यवाद सुध्रिएको हो कि भन्ने भ्रम पाल्नु पनि बेकार हो । कोरियाबाट संरा अमेरिका एक पाइला पछाडि हटेको पक्कै हो तर प्रजग कोरिया अलिकतिमात्र कमजोर भयो भने पनि फेरि ऊ आक्रमणको तयारीमा लाग्नेछ । आज कोरियासँग अमेरिकाको अलास्कासम्म हान्ने क्षमता छ । संरा अमेरिकालाई थाहा छ, संरा अमेरिकाले कोरियालाई ध्वस्त बनाउन सक्छ, तर संरा अमेरिका पनि आक्रमणबाट बच्ने छैन । अर्कोे यथार्थ के पनि हो भने, विश्व रंगमञ्चबाट अब संरा अमेरिका बिस्तारै एक्लिंदै छ । अब संरा अमेरिका बुढो बाघ बन्दै छ । स्वयं विकसित पँुजीवादी देशहरू पनि अब संरा अमेरिकाको तखतमा बस्न अस्वीकार गर्दैछन् ।
संरा अमेरिकाले जस्तोसुकै नाकाबन्दी लगाए तापनि प्रजग कोरियालाई गलाउन नसक्नुको एउटा विशेष कारण छ । त्यो चुरो कारण हो, कोरियाली जनतासँग माक्र्सवादको अजेय सैद्धान्तिक हतियार छ । जनता कोरियाली विशेषतासहितको समाजवादको निम्ति मर्न–मेटिन तयार छ । माक्र्सवादको सैद्धान्तिक हतियार बोकेका जनतामा मर्न कुनै डर हुन्न । किनभने डरको अगाडि विजय हुन्छ । प्रजग कोरियाका जनतालाई सन् १९५०–५३ को कोरिया युद्धले राम्ररी सिकाएको छ कि युद्ध हतियारले मात्र लडिन्न । जनताको एकता नै मुख्य शक्ति हो । जापानी साम्राज्यवादलाई पराजीत गर्ने कोरियाली जनता फेरि साम्राज्यवादको तलुवामुनि किचिन कदापि चाहन्नन् ।
दक्षिण कोरियाली जनताले पनि बुझेका छन्, युद्धले कोरियाली जनताको हित गर्नेछैन । दुई देशका जनता दुई कोरियाको शान्तिपूर्ण एकता चाहन्छन् । खुसीको कुरा छ, यही अगष्टको २० देखि २६ तारिखसम्म ६० वर्षभन्दा बढी समयदेखि एक अर्कासँग छुटिएका आफन्तजनसँग भेटघाटको व्यवस्था गरिएको छ । जापानबाट कोरिया मुक्त भएको अगष्ट १५ को सेरोफेरोमा कोरियाका एक सय परिवारको पुनर्मिलन हुँदैछ । त्यस्तै यही साता अगष्ट ११ को दिन दक्षिण कोरियाको सिउल विश्वकप रत्र्गशालामा दुई कोरियाबीच मैत्रिपूर्ण फूटबल खेल हुँदैछ । यसपटक दुई कोरियाका मजदुरहरूबीच फूटबल प्रतियोगिता हुन लागेको हो । एकै परिवार र मनका कोरियाली जनताको पुनःएकीकरणको सपना साकार होस्, हामी सबैको कामना छ ।
अन्तमा फेरि एकपटक प्रमुख अतिथि, विशेष अतिथि एवं कोरियाली प्रतिनिधिमण्डललागयत सबैलाई हार्दिक स्वागत गर्दछु ।
Leave a Reply