भर्खरै :

बङ्गलादेशमा विद्यार्थी आन्दोलनपछि सडक यातायात कानुन बन्यो

ढाका, २२ साउन (सिन्ह्वा) । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायातसम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानुनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले कानुनको मस्यौदा पारित गरेको मन्त्रिपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिनुभयो ।
प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच वर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ ।
बङ्गलादेशको अहिलेको कानुनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन वर्ष जेल सजाय हुने व्यवस्था रहेको छ ।
सवारी चालकको लापरबाहीका कारण आफ्ना दुई जना साथीहरूको मृत्यु भएपछि कडा कानुनको माग गर्दै बङ्लादेशमा केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *