अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ साउन । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत यु होङ बुधबार भक्तपुर, कमलविनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) निवास पुगी अध्यक्ष बिजुक्छें र उहाँकी श्रीमती शोभा प्रधानसँग शिष्टाचार भेट गर्नुभयो । भेटमा चिनियाँ राजदूत होङले श्रीमती प्रधानको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

भेटमा श्रीमती प्रधानलाई विसञ्चोको जानकारी कसरी थाहा पाउनुभयो भनी अध्यक्ष बिजुक्छेंले सोध्नुहुँदा राजदुत होङले भन्नुभयो, ‘साथीहरूले जानकारी दिनुभएको थियो । थाहा पाउने बित्तिकै भेट्न आउन मन थियो । तपाईंको समय मिलाएर आज भेट्न आएको हुँ ।’
भेटमा अध्यक्ष बिजुक्छें र श्रीमती प्रधानले राजदूत होङप्रति स्वास्थ्यलाभको कामना गर्नुभएकोमा धन्यवाद दिनुभयो । श्रीमती प्रधान हाल क्यान्सर रोगको उपचार गरी स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।
चिनियाँ राजदूतसँगको भेटमा अध्यक्ष बिजुक्छेंले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासले नेपालको उत्तरी क्षेत्रको विकासमा मद्दत पुग्ने बताउनुभयो । राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध हिजोजस्तै आज पनि प्रस्ट छ र प्रगतितिर अघि बढिरहेको धारणा राख्नुभयो ।
Leave a Reply