भर्खरै :

प्रजग कोरियाली हवाई सेवाको उडान थपियो

सेनयाङ, चीन, २३ साउन (योन्हाप) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको सङ्ख्या पछिल्ला दिनहरूमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।
प्रजग कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरूमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ ।
संयुक्त राज्य अमेरिकाले आणविक निःस्त्रीकरणको कार्य पूरा नगर्दासम्म प्रजग कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ, स्रोतले बतायो ।
प्रजग कोरियाली–चिनीया वार्ताको सफलतासँगै बढीभन्दा धेरैले प्रजग कोरियाको आर्थिक स्थितिमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । यही कारण, चीनसँगको प्रजग कोरियाली सीमावर्ती सहर सिनुजीको दाँदोङमा घरजग्गाको मूल्य आकासिएको छ,” उनीहरूले भने ।
यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ ।
धेरै चिनियाँ पर्यटकहरूले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *