भर्खरै :

शिक्षा आयोगको कार्ययोजना तय

काठमाडौँ, २४ साउन (रासस) ः उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले चार महिनाभित्र विषयगत समूहका आधारमा छलफल गरी आफ्नो प्रतिवेदन तयार गर्न जिम्मेवारी बाँडफाँड गरेको छ ।
आयोगका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले चारमहिने कार्ययोजना पारित गरेको हो । आयोगको पहिलो बैठक यही साउन १६ गते बसेको मितिले चार महिनाको अवधि हुनेछ ।
बैठकमा अघिल्लो सरकारले विसं २०७४ भदौ १९ गते गठन गरेको शिक्षा आयोगले तयार गरेको प्रारम्भिक प्रतिवेदनको सुझावलाई ग्रहण गर्दै थप विषय क्षेत्र तय गरेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
आयोगले नौ वटा विषयगत समूहका संयोजक र विज्ञको नामावलीलाई अन्तिम रुप दिनेछ । शिक्षाको आगामी २५ वर्षे दूरदृष्टिकोण, शिक्षाका राष्ट्रिय उद्देश्य, समाजवादउन्मुख शिक्षा र मौलिक हकका विषयमा साझा धारणा बनाउन सबै विषय क्षेत्रले गृहकार्य गर्नेेछन् ।
प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षा तहसम्मका लागि संघीयता र समाजवादउन्मुख शिक्षाको नीति र संरचनाबारे आयोगले सुझाव दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *