ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
सुनिता बराल
स्थिर सरकार, कडा नियम कानुन र तीव्र आर्थिक विकासको पर्याय बनेर संसारलाई आफूतिर आकर्षित गरिरहेको शक्तिराष्ट्र चीन अबका केही वर्षमा आफूलाई महाशक्तिराष्ट्रको उपाधि ग्रहणको लक्ष्यमा पुर्याउँदैछ। सही राजनीतिले नेतृत्वसँगै मुलुकको निर्माणमा योगदान गर्नसक्छ भन्ने उदाहरण संसारलाई दिन सकेको चीनबाट राजनीतिक रुपमा के सिक्ने?
अब नेपालले चीनबाट सिक्नुपर्ने अवस्था आएको छ। सधैं पश्चिमा शक्तिराष्ट्रका नाममा युरोप र अमेरिकाबाट सिकेका हामीले तत्काल चीनबाट नसिक्दा के हुन्छ? यी विषय नेपालभित्र बहसका विषय हुन्।
चीन अबका केही वर्षमा महाशक्ति राष्ट्र बनेपछि स्वाभाविक रुपमा चीन संसारका सबैको सकारात्मक वा नकारात्मक लक्ष्य हुन्छ नै। चीनलाई लगाइएका निसानाले छिमेकीको हिसाबले हामी प्रभावमा पर्ने निश्चित छ। त्यसको राजनीतिक वा अन्य हिसाबको लाभहानीको हिस्सेदार नेपालीहरू हुनेछौं।
संसारको एउटा केन्द्रको रुपमा जसरी महाशक्तिराष्ट्र अमेरिकालाई हेरिएको छ, अबको समयमा त्यो केन्द्र एशिया बन्नेछ र त्यो महाशक्तिको नेतृत्व चीनसँग हुनेछ। चीन, जापान, कोरियालगायतका मुलुकहरू आर्थिक तथा सामरिक हिसाबले पनि शक्तिराष्ट्रको परिचयका साथ रहनेछन्।
चिनियाँ राजनीतिलाई आम जनताले कति सहज ढङ्गले लिएका छन् र त्यसको उनीहरूले कति लाभ लिएका छन् भन्ने स–साना कुराहरूबाट पनि बुझ्न सकिन्छ।
चिनियाँ कम्युनिष्ट पार्टीको कोही पनि व्यक्तिले भ्रष्टाचार गरेको खण्डमा, गलत आचरण बोकेको खण्डमा उसलाई दण्ड मात्र नभई मृत्युदण्ड नै सम्मका कानुनी व्यवस्था छन्। पार्टीको सदस्यता लिन विभिन्न व्यक्तिगत इच्छा, चाहना र आकाङ्क्षाहरूबाट मुक्त हुनुपर्ने बाध्यात्मक व्यवस्था नै छ।
जस्तै–कुनै निश्चित धर्म मान्ने व्यक्तिले सदस्यता पाउँदैन। किनकि चीन धर्मनिरपेक्ष राष्ट्र हो। राष्ट्रको नीतिविपरीत हुने गरी न राज्यको जिम्मेवारीमा रहने व्यक्तिले काम गर्न पाउँछ न पार्टीको जिम्मेवार व्यक्तिले। यसबाट त्यहाँको राजनीतिप्रति आम मानिसको विश्वास छ। त्यो राजनेताप्रति आम मानिसको विश्वास छ। त्यहाँका नागरिकहरूले कम्युनिष्ट पार्टीको नेतृत्व भएकै कारण आफूहरू समृद्धिमा पुग्न सकेको विश्वास गर्छन्। उनीहरूले मत प्रदान गरेका आधारमा नेतृत्व चयन भएको पार्टीले नै सरकार बनाउँछ।
दुनियाँमा एकदलीय व्यवस्था सरहको प्रभाव देखिइरहेको चीन बहुदलीय व्यवस्था भएको मुलुक हो। तर, जनताले सीपीसी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीलाई नै सधैं मत दिने गर्छन्। त्यो विश्वासका कारण सम्भव भएको हो।
विकासमा चीनको नेतृत्व सबल छ। जनतालाई आवश्यक पर्ने आधारभूत आवश्यकतादेखि लिएर सम्पूर्ण विकासका पूर्वाधारलगायतको व्यवस्था राज्यले राज्यनियन्त्रित अर्थव्यवस्थाकै स्वरुपमा गरेको छ। निजी व्यवसाय तथा सम्पतिको पनि विकास गर्ने अधिकारसहित संरक्षणको व्यवस्था छ। कम्युनमार्फत गरिबी उन्मूलनको लक्ष्यअनुसार तीव्र गतिमा गरिबी उन्मूलन गरेर संसारलाई समाजवादी बाटोमा हिंडेको मुलुकले गर्नुपर्ने कामहरूको श्रृङ्खलावद्ध पाठ सिकाइरहेको छ। समाजवाद बोलीमा नभएर व्यवहारमै अनुभूति भइसकेपछि आम जनताका निराशा आफैं सफलतामा बदलिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको सरकार तथा राज्यका निकाय सञ्चालनका नीति र तौरतरिका तथा पार्टी परिचालनको कौशलबाट अझ सिक्न जरुरी छ। विशेषतः मन्त्री, संसद तथा अन्य सरकारी निकायमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेर जानेहरूलाई दिइने जिम्मेवारी विशेषज्ञताका आधारमा दिइने र स्थिर राजनीति भएका कारण ती विशेषज्ञताबाट मुलुकले उपलब्धि पाउने अवस्था बन्नु चिनियाँ सफलताको अर्को सुत्र हो। यसबाट हामीले सिक्न जरुरी छ।
जनतालाई आवश्यकता पर्ने सबै विषयको अध्ययन तथा अनुसन्धानका लागि पार्टीकै संयन्त्रको सोचमा राज्यको अङ्गको हैसियतमा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थापना र तिनको परिचालनको सोच पनि मुलुक निर्माण र जनस्तर उकास्ने अर्को महत्त्वपूर्ण काम हो।
नेपालमा पनि यस्ता विश्वविद्यालय तथा अध्ययन केन्द्रहरूका सोच अगाडि सारिए पनि अस्थिर राजनीतिका कारण सम्भव नभइरहेको अवस्था छ। विशेषत आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणको आवश्यकता महसुस भएपछि गत वर्ष भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन ओली नेतृत्वको सरकारले ल्याएका सोच र सार्वजनिक गरिएका कार्यक्रमहरूको कार्यान्वयनका संयन्त्रहरू निर्माण गर्न सकिएको थियो भने यो अवस्थासम्म धेरै परिवर्तनहरू हुनसक्ने थिए। हाम्रो देशमा गर्न नसकिएका यस्ता कामहरूबाट हामीले बेहोरेका ठक्करको चोट मेटाउने हो भने सफल भएका मोडलबाट राजनीति गर्न सिक्नुपर्छ।
हामीले छिमेकी भएका कारण मात्रै नभई सफलताका कोणबाट पनि चीनियाँ मोडल सिक्न जरुरी छ। चीन अध्ययनका क्रममा केही कम्युनहरूको व्यवस्थापन, आयोजना सञ्चालनको अवधारणा र पार्टीको परिचालनलगायतका विषयमा पनि स्थलगत अध्ययनको मौका मिलेको थियो। त्यसबेला विशेष गरी भूकम्पपश्चात पुनःस्थापित गरिएका नमुना वस्तीमा समेत कम्युनिष्ट पार्टीको सवि्र्कय परिचालन र योगदानको अनुभूति गरियो।
भूकम्पकै बेला उद्धार र राहतका समयमा पार्टीको परिचालनको अनुपम नमूनासमेत त्यहाँको स्मारकमा देख्न सकिन्थ्यो। यसबाट पनि जनताको लेभलमा राजनीतिक पार्टी कसरी जानुपर्छ र कस्तो छाप बनाउनुपर्छ भन्ने सिक्न सकिन्छ। त्यसपछि पुनःस्थापनाको चरणमा पुनस्थापित वस्तीलाई व्यवस्थापन गर्ने कम्युन नै स्थानीय पार्टी कमिटी रहेको र त्यहाँको सरकारी तथा राजनीतिक नेतृत्वमा भएको समताबाट पनि पार्टीले गरेका काममा जनताको सन्तुष्टि र जनतासँग पार्टीको भावनात्मक सम्बन्धको उदाहरण लिन सकिन्छ।
राजकीय जिम्मेवारी ग्रहण गरेपछि नेपाली राजनीतिक कार्यकर्ता तथा नेता भ्रष्ट हुनेखालको एउटा परम्परा नै बसिसकेको छ। एकपटक सत्ताको स्वाद भेट्टाएका राजनीतिक नेता कार्यकर्ता पार्टीभित्र जुधेर भए पनि, धम्क्याएर वा घुर्क्याएर भए पनि सत्तामा जाने प्रयास गर्छन्। अझ कतिले पार्टी फुटाएरै भए पनि सत्ताको चास्नीमा रमाइरहनु जरुरी ठान्छन्। जसका कारण स्वच्छ ढङ्गले राजनीतिमा आउनेहरूप्रति समेत आम नेपाली समुदायले हेर्ने दृष्टिकोण बदलिन थालेको छ। यसकारण पनि नेपाली राजनीतिक क्षेत्रमा भएकाहरूले केही सुधारका प्रतिबद्धता राख्नैपर्छ।
यस सन्दर्भमा चिनियाँ मोडल अनुकरणीय छ। राजनीतिक जिम्मेवारीमा भएका चिनियाँहरू स्थायी ढङ्गले सधैं सरकारी जिम्मेवारीमा रहँदैनन्। पार्टीले नै त्यो नीति बनाएको छ। एकपटक सरकारी जिम्मेवारीमा भएको एउटा व्यक्तिले तोकिएको अवधि पार गरेपछि तुरुन्तै पार्टी जिम्मेवारीमा रहेर काम गर्नुपर्छ। पार्टी जिम्मेवारीमा भएको अर्को सक्षम व्यक्तिले सरकारी जिम्मेवारी ग्रहण गर्छ। यो सिक्नलायक पक्ष हो।
राष्ट्र कति धनी छ भन्दा पनि जनता कति धनी र सुखी छन् भन्ने कोणबाट हेरेर हामीले चिनियाँ सफलताबाट सिक्न जरुरी छ। छिमेकमै भएको भारत पनि धनी छ। तर, मुकेश अम्वानी र उनकै पथमा हिंडेका धनाढ्यहरूको सम्पतिका भरमा लिइएको प्रति व्यक्ति आयबाट मूल्याङ्कन गरिएको छ। तर, चिनियाँ मोडलले जनताको लेभललाई लिएर त्यहाँको आर्थिक तथा सामाजिक र राजनीतिक सफलता बुझ्न सकिन्छ।
नेपालले स्वाभाविक रुपमा चीन र भारतलाई तुलना गरेर नै आफ्नो देशको अर्थतन्त्र, समाज र राजनीतिको मोडल विकास गर्नुपर्छ। आफूलाई स्थापित गराउनुपर्छ।
विशेषतः नेपाललाई राजनीतिक क्रान्ति पूरा गरेर विकासको चरणमा प्रवेश गरेको अवस्थाका रुपमा लिएर अवको राजनीतिक लक्ष्य निर्धारण गर्दा उल्लेखित सुधारका पक्षमा ध्यान दिन जरुरी छ। नेकपा एमालेले केही यस्ता विचारहरूलाई राजनीतिक क्रान्तिपछिको कार्यक्रमका रुपमा अगाडि सारेको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितका विकासका भिजनहरू सारेको अवस्थामा सम्झौताकेन्द्रित राजनीतिको बाध्यताले प्रत्यक्ष कार्यकारीको एजेण्डालाई आउँदा निर्वाचनसम्म थाती राख्दै समाजिक सुधार र अग्रगतिका कार्यक्रमको कार्यान्वयनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा जनतामाझ सङ्केत भएकै छ।
सम्भावनामा आधारित विषयमा अध्ययन र अनुसन्धानका लागि विशेषज्ञहरूको नेतृत्वमा विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानहरूको स्थापना पनि सरकारी नीति कार्यान्वयनका लागि जरुरी हुन्छ।
राज्यको नीति र योजना एक खालको हुँदै गर्दा त्यसलाई आम नागरिक तहमा लैजानेखालका सबै किसिमका संरचनागत व्यवस्था गर्न नसक्ने हो भने पार्टी र सरकारका योजनाहरू सफल नहुने भएकाले सरकार मात्र नभई अन्य खालका संरचनामा स्थिर नेतृत्वको अवधारणाका पक्षमा लाग्न जरुरी छ।
–अनलाइन खबरबाट
Leave a Reply