भर्खरै :

कार्यविधि नबन्दा छात्रवृत्तिबाट वञ्चित

चितवन, २५ साउन । भरतपुर महानगरपालिकामा गरिब, जेहेनदार दलितलगायत विद्यार्थीले राज्यबाट पाउनुपर्ने निःशुल्क छात्रवृत्ति पाउन सकिरहेको छैन । महानगरपालिकाले शैक्षिक कार्यविधि समयमै बनाउन नसकेका कारण विद्यार्थीले छात्रवृत्ति समयमै पाउन नसकेको हो ।
विद्यालयबाट छात्रवृत्ति जति उपलब्ध गरायो त्यत्तिनै विद्यार्थीहरूले पढ्नुपर्ने बाध्यता छ । यसले विद्यार्थी र आर्थिक अवस्था कमजोर अभिभावकहरूमा थप आर्थिक भार परेको छ । जिल्ला शिक्षा कार्यालय र उच्च शिक्षा परिषद् विघटन हुनु र स्थानीय सरकारले शैक्षिक कार्यविधि ढिलो ल्याउनाले विद्यार्थी र अभिभावक अन्यौलमा परेको हो ।
भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीका अनुसार कानुन बनी नसक्नाले ढिलो हुनगएको हो । छिट्टै शैक्षिक कार्यविधि बनाएर विद्यार्थीलाई छात्रवृत्ति मिलाउने उनको कुरा थियो । साउन पहिलो हप्तादेखि नै कक्षा ११ को पढाइ सुरु भइसकेको छ । शैक्षिक अधिकार साथै छात्रवृत्तिको अधिकार स्थानीय सरकारमा आइसक्दा पनि ढिला सुस्तीको कारण विद्यार्थीहरूमा अन्यौल छाएको हो ।
भरतपुर महानगरपालिका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी भन्नुहुन्छ –“शैक्षिक कार्यविधि–सम्बन्धी ड्राफ्टहरू बनिसकेको छ । अपको बैठकमा पेश गरेपछि छिट्टै छात्रवृत्ति उपलब्ध गराउने छ ।”
सामुदायिक विद्यालयहरूले ५०५ र निजी विद्यालयहरूले १०५ विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्नेछ उहाँले भन्नुभयो ।
७ गते बस्ने बोर्डको नियमित बैठकले शैक्षिक कार्यविधिसम्बन्धी ऐन ल्याउने प्रशासकीय अधिकृत सुवेदीको कुरा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *