भर्खरै :

अक्षरमार्गद्वारा चार स्रष्टा सम्मानित

–हरिसुन्दर छुकां
पनौती, २६ साउन । काभ्रेको पनौतीबाट प्रकाशन भइरहेको अक्षरमार्ग साहित्यिक त्रैमासिकले विभिन्न विधाका चार स्रष्टालाई शनिबार सम्मान गरेको छ ।
विगत ६ वर्षदेखि प्रकाशन भइरहेको उक्त पत्रिकाको छैटौं वार्षिकोत्सवको अवसरमा कवि, गीतकार तथा चलचित्रकर्मी, गायक, समालोचकलाई सम्मान गरिएको हो ।
पत्रिकाले स्थापना गरेको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट कवि, गीतकार तथा चलचित्रकर्मी यादव खरेल, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट वरिष्ठ सङ्गीतकार प्रेमध्वज प्रधान, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट समालोचक ज्ञानु पाण्डे, भरतराज अक्षरमार्ग सम्मानबाट भीमप्रसाद काफ्ले सम्मानित हुनुभएको छ ।
ती व्यक्तित्वहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार डा. तुलसी भट्टराईले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोद्वारा लिखित मुक्तकसङ्ग्रह ‘शाश्वत स्वरहरू’, चलचित्रकर्मी खरेलद्वारा लिखित कवितासङ्ग्रह ‘अनि लहर ब्युझिन्छ’ र दुईवटा गीति एल्बम पनि विमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *