भर्खरै :

क्षतिपूर्तिस्वरुप ३८ लाख रुख रोपिनुुपर्ने

– भीष्मराज ओझा
काठमाडौं, २८ साउन । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु. ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ ।
कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा एक रुख बराबर २५ नयाँ विरुवा रोपिनुपर्ने कानुनी प्रावधान छ ।
विसं २०७२ कार्तिक ८ गते स्वीकृत भएको उक्त प्रतिवेदन बमोजिम क्षतिपूर्तिस्वरुप रुख रोप्नुपर्दा निजी आयोजनाले रुख काटेको क्षेत्र बराबर जमीन किनेर रुख रोप्नुपर्छ भने सरकारी आयोजनाले सरकारले उपलब्ध गराएको सार्वजनिक खाली जमीनमा रुख रोप्नुपर्ने बताइएको छ ।
आयोजनाअन्तर्गत चार लेनको ७६.२ किमी लामो (खोकना–निजगढ) सडक खण्डको निर्माण नेपाली सेनाले गरिरहेको छ । द्रुतमार्ग निर्माण गर्दा २८० हेक्टर क्षेत्रफलमा उक्त सङ्ख्याका रुख काट्नुपर्ने देखिए पनि हाल सेनाले सडकमा पर्ने अतिआवश्यक रुख मात्र कटान गरेको छ । सडकको अधिकार क्षेत्र १०० मिटर (सडकको दाँयाबाँया) अन्तर्गत पर्ने रुख भने काटिएको छैन ।
सडक निर्माणका लागि अधिकांश भागमा १०० मिटर चौडाइको सडक सीमा क्षेत्र कायम हुनेछ । खोकना–निजगढ खण्डको कूल लम्बाइमध्ये वन क्षेत्र ४३ किमि छ ।
आवश्यक बाहेकका रुख नकाटिने
ईआइए प्रतिवेदनले आंैल्याएअनुसारका सबै रुख तत्काल नकाटिने र सडकमा पर्ने रुख मात्र काटिने दु्रतमार्ग परियोजनाका परियोजना प्रमुख एवं सेनाका उपरथी योगेन्द्रबहादुर खाँणले बताउनुभयो ।
छ लाख रुख रोप्ने तयारी
कटान गरिएका र गर्न बाँकी २४ हजार ५९३ रुखको क्षतिपूर्तिस्वरुप छ लाख १४ हजार ८२५ रुख रोप्ने योजना आयोजनाको छ ।
वृक्षरोपणपछि पाँच वर्षमा बिरुवा हुर्काएर सरकारलाई हस्तान्तरण गर्नुपर्ने ईआइए प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *