भर्खरै :

किम र मुनबीच तेस्रो वार्ता सेप्टेम्बरमा गर्ने सहमति

सिओल, १३ अगस्ट । प्रजातान्त्रिक गणतन्त्र कोरिया र कोरिया गणतन्त्र आगामी सेप्टेम्बर महिनामा दुवै देशका शीर्ष नेताबीच तेस्रो शिखर सम्मेलन आयोजना गर्न सहमत भएका छन् ।
दुई कोरियाको सीमावर्ती पानमुनजोमस्थित प्रजग कोरियाली भूभाग तोङ्गिगाकमा भएका दुई देशका उच्च सरकारी अधिकारीबीच भएको सोमबार भएको बैठकले त्यस्तो सहमति गरेको हो ।
वार्तापश्चात् आयोजित संयुक्त वक्तव्यमा मुन–किमबीच सेप्टेम्बरको अन्त्यतिर प्योङ्गयाङ्गमा शिखर सम्मेलन गर्ने निर्णय गरेको उल्लेख छ । तीन वटा वाक्यमात्र भएको वक्तव्यमा कुन मितिमा वार्ता गर्ने भन्ने तय गरेको छैन ।
प्रजग कोरियाको तर्फबाट पितृभूमि शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सोन क्वानले नेतृत्व गरेका थिए । उनले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।
आगामी सेप्टेम्बर ९ प्रजग कोरिया स्थापनाको ७० औं स्थापना दिवस हो । यदि कोरिया गणतन्त्रका राष्ट्रपति मुन जाए इनले त्यो मितिमा प्योङ्गयाङ्गको भ्रमण गरे त्यो इतिहासकै विशेष महत्वको हुनेछ ।
आगामी सेप्टेम्बरको मध्य तथा अन्त्यतिर दुई देशका शीर्ष नेताबीच वार्ता हुने कुरा कोरियाली गणतन्त्रको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ । गएको अप्रिल २७ मा किम र मुनबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि मे २६ मा अर्को वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *