यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुरेन्द्रराज गोसाई
हरेक दिनका अखबारहरूले देशको भयावह स्थिति प्रस्तुत गरिरहेका छन् । दैनिकजसो हत्या, हिंसा, बलात्कार र अपहरणका घटना घटिरहेका छन् । महिला तथा बालबालिकामाथि भइरहेका अत्याचारका घटनाले हामी अभैm पनि द्वन्द्वकालीन स्थितिमा छौं कि भन्ने आभास भइरहेको छ । ठगी, तस्करी, लूटपाट, करछलीजस्ता घटनाले नेपाली समाजको विकराल स्थिति उदाङ्गो पार्दैछ । अखबारका हरेक पृष्ठले भन्छ – भ्रष्टाचार, कमिसनखोरी महाप्रकोपको रुपमा पैmलिँदो छ ।
अब शासक दलले भन्न सक्नुपर्छ – के ती समाचार झुठ्ठा हुन् ? झुठ्ठा हुन् भने ती अखबारमाथि कारबाही होस् । होइन, सत्य हुन् भने दोषीमाथि किन कार्वाही हुन्न ? इतिहासकै शक्तिशाली सरकारलाई केले छेक्छ, केले रोक्छ ?
आज सङ्घीयतामाथि शासक दल स्वयम् प्रहार गर्दैछ भन्ने व्यापक चर्चा छ । सङ्घीयता खारेज गरी पुनः केन्द्रीयता लागू गर्ने चाँजोपाँजो सरकार गर्दैछ भन्ने अनुमान गरिइँदैछ । सङ्घीयता जोगाउन कर बढाउनु परेको तर्क अघि सारेर जनतालाई सङ्घीयताविरुद्ध सरकार स्वयम्ले उक्साइरहेको, प्रदेशसभाप्रति घृणा जगाइरहेको चर्चाले सहर–बजार तताइरहेको छ । प्रदेशसभालाई पङ्गु बनाइरहने प्रदेश सरकार आपैm पनि यो परिस्थितिको निम्ति जिम्मेवार रहेको जनता बताउँदैछन् । शासक दलका जिम्मेवार नेता नै देशमा बाइसे – चौविसे राज्य फेरि सुरु भएको अभिव्यक्ति दिइरहेका छन् । के यो पश्चातापको अभिव्यक्ति हो या गोहीको आँसु ?
हिजो जनतालाई गाउँ–गाउँमा सिंहदरबार दिने आश्वासन दिएका नेताहरूकै कारण देशमा अराजकता पैmलिएको महशुस गरिइँदैछ । नेताहरूले विनातयारी र विनासोचविचार बोलेकै कारण देशले यो दुर्भाग्य भोग्नुपरेको संवेदनशील समुदायले भन्दैछ । वास्तविक स्थिति नबुझी जनतालाई भड्काउने, उत्तेजनामा ल्याउने कार्य शासनसत्तामा जाने दल र तिनका नेताले बारबार गरे, त्यसको परिणति देशले भोग्दैछ । जनतालाई चित्त नबुझाई मनपरी कर निर्धारण गर्ने, जथाभावी लाभ तथा सुविधा लिने, सवारी साधनलगायत व्यक्तिगत प्रयोजनको लागि अनावश्यक ढङ्गमा विभिन्न विलासी चिजबिज खरीद गर्ने, आफै ठेकेदारी गर्ने या ठेकेदारसँग मिलेमतो गर्ने आदि प्रवृत्ति तथा दृश्यले स्थानीय तह र सरकारी निकाय बद्नाम हुँदैछ । जनताबाट उठाइएको करबाट कार किनेका समाचार आउन थालेका छन् । भूमाफिया, ठेकेदार, तस्कर, डन, करचोरजस्ता समाजका नकारात्मक पात्र र प्रवृत्तिलाई गंगाजल छर्की पार्टी सदस्य, निर्वाचनमा उम्मेदवार बनाएपछिको अनिवार्य परिणाम आज देशले भोग्दैछ । भूमाफिया, स्वास्थ्य तथा शिक्षा माफिया, ठेकेदार, डनहरूको कब्जामा देशको शासन–प्रशासन यन्त्र छ । जताततै उनीहरूको हैकम चल्छ, उनीहरूकै राज छ । यस्तो व्यवस्थालाई कम्युनिष्ट व्यवस्था भनी बचाऊ गर्ने र गाली गर्ने दुवै त्यत्तिकै गलत हुन् । त्यसो गर्नेहरू कम्युनिष्ट आन्दोलन बद्नाम गर्न खोज्ने प्रायोजित खेलाडी हुन् । वास्तविक कम्युनिष्ट शासनमा त माफिया, डन, भ्रष्टाचारी, कालाबजारी, भगुवा ठेकेदार आदिको बोलवाला होइन बरु तिनीहरू गोलघरमा कैद हुने थिए या गोलीको शिकार हुन्थे । जनताबाट उठाइएको करको रकमबाट दुुई–चारजनाले मोज गर्ने व्यवस्था भनेको सामन्ती व्यवस्था हो । के नेपालमा नयाँ राजा–रजौटाको शासन सुरु भएको हो ?
यही गरिमामय सदनमा माक्र्स, लेनिन, स्टालिनलाई हिटलरसँग तुलना गर्ने प्रयास गरिएको देख्यौं । जानकारीको अभावमा त्यसो गरिएको भए बेग्लै हो तर जानाजान गरिएको भए अक्षम्य गल्ती हो । सन् २०१८ भरि विश्वका काम गरी खाने वर्ग कार्ल माक्र्सको द्विशत्वार्षिकी विविध गतिविधिका साथ मनाउँदैछन् । यस्तो बेलामा विश्वले सम्मान गर्ने दार्शनिक, राजनीतिशास्त्री, अर्थशास्त्री, चिन्तक तथा सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सप्रति गरिने गालीगलौज न्यायप्रेमी, परिवर्तनकामी तथा कामदारवर्गप्रति गाली हो । साथै लेनिन जसले विश्वलाई नयाँ सभ्यताको पाठ सिकायो, जसले संसारकै कुख्यात जार शासक ढाल्यो, जसले संसारलाई मजदुर वर्गको तागतबोध गरायो, जसले युगान्तकारी परिवर्तन, मुक्ति तथा स्वतन्त्रताको तेजले विश्वलाई नै उज्यालो छ¥यो, जसले विश्व साम्राज्यवादको मृत्युको घण्टी बजायो, तिनै लेनिनलाई हिटलर देख्नु दृष्टिदोष हो । हो, इतिहास भन्छ स्टालिनका सेनाले बहादूरीपूर्वक लडेर हिटलरको नृशंस फौजलाई सोभियत भूमिमा हरायो । स्टालिनको नेतृत्वमा दुई करोड वीर सोभियत जनताले हिटलरको आततायी फौजसँग वीरतापूर्वक लड्दालड्दै सहादत प्राप्त गरे तर आफ्नो मातृभूमि जोगाउन सफल भए र समाजवादको रातो झण्डा झुक्न दिएनन् । स्टालिनकै नेतृत्वमा विश्वलाई चकित पार्ने गरी सोभियत भूमिमा औद्योगिक क्रान्ति, आर्थिक क्रान्ति तथा प्राविधिक क्रान्ति अगाडि बढ्यो र संरा अमेरिकी साम्राज्यवादलाई हर क्षेत्रमा हाँक दियो । अनि कसरी हुन्छ स्टालिन र हिटलर उही ?
म सुझाव दिन चाहन्छु, स्टालिनलाई चिन्न र बुभ्mन चाहनुहुन्छ र सही समझदारी राख्न चाहनुहुन्छ भने क्यानाडाबाट प्रकाशित ‘क्भअचभत म्यअगmभलतक’ र त्यसैको नेपाली अनुवाद ‘गुप्त दस्तावेजहरू’ अध्ययन गर्नुस् । स्टालिन र स्टालिनको सेनाले हिटलरको फौजलाई परास्त गर्न नसकेको भए आज स्टालिनलाई गाली गर्नेहरू हिटलरका दास बन्न बाध्य हुनेथिए । हिजो हिटलरको सञ्चारमन्त्री गोयबल्सले जे प्रचार ग¥यो आजसम्म त्यही दोहो¥याउनु भनेको, त्यही समझदारी राख्नु भनेको वैचारिक दरिद्रता हो ।
शासक दलको ध्यान सिंहदरवार, बालुवाटारको कुर्सीमा गइरहँदा भारतीय विस्तारवादले सीमा अतिक्रमण गर्ने कार्य झन तीव्र बनाएको खबरहरू आइरहेका छन् । साउन २५ गतेको ‘अन्नपूर्ण पोष्ट’ लेख्छ – ‘नेपालको १२ सय हेक्टर भूभाग भारततिर गएको अनुमान’, ‘पाँचसय सीमा स्तम्भ गायव’ ।
देशको सार्वभौमिकतामाथि हमला भइरहँदासमेत गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले केही नबोल्नु अत्यन्त गम्भीर विषय हो । यतातर्पm सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।
हालैमात्र सिक्टा सिंचाइमा पुगेको अकल्पनीय क्षतिले धेरै प्रश्न उब्जाएको छ र देशको भयावह स्थिति प्रतिबिम्बित गर्छ । लेनदेन र भ्रष्टाचारकै कारण कमजोर संरचना निर्माण भइरहेका छन् । देशको सम्पत्ति विनाश भइरहेको छ । सिक्टामा भएको क्षतिको छानबिन गरी दोषीमाथि शीघ्र कारबाही गर्न केन्द्रीय सरकारसमक्ष माग गर्दछु ।
साथै देशभरि गइरहेको बाढी, पहिरोले पु¥याइरहेको मानवीय तथा भौतिक क्षतिप्रति सरकार संवेदनशील बन्न र आफ्नो कर्तव्य निर्वाह गर्न ध्यानाकर्षण गर्दछु । राजधानी र भक्तपुर पटक–पटक डुबानमा पर्दैछ । निश्चय पनि यो लाजमर्दो स्थिति हो । यतातर्फ पनि आवश्यक उपाय अपनाउन ध्यानाकर्षण गर्दछु ।
(प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साउन २९ गते बसेको बैठकको विशेष समयमा बोल्नुहुँदै राख्नुभएको विचारको सारसङ्क्षेप)
Leave a Reply