यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– हिक्मतबहादुर नेपाली
दैलेख, ३१ साउन । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको ६ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ ।
जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लाग्नुभएका उहाँले भन्नुभयो, “ हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थें तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु ।” समयसँगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भन्नुभयो “हिउँदमा रू. तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थें तर अहिले यहाँसम्म आइपुग्दा रू. दश हजारभन्दा बढी खर्च भइसक्यो ।”
कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिनु भएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उहाँमात्र होइन, कोहलपुरबाट मुगु जान लाग्नुभएका मुगुका बिर्खबहादुर शाही पनि चिउरे खोलाको जाममा फस्नुभयो । कालिकोटदेखि सुर्खेत जाँदै गर्नुभएका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा फस्नुपरेको बताउनुभयो ।
मुगु निवासी चालक शाहीले प्रदेश सरकारले वर्षात्मा पनि निर्वाधरूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसीभी र स्काभेटर राख्नुपर्ने सुझाव दिंदै भन्नुभयो, “सडकका दुर्दशा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता ग¥यो, यहाँ त मान्छे बोक्ने गाडीलाई नै मान्छेले बोक्नुप¥यो । ”
कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । कर्णाली राजमार्र्गअन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजारलगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । बुधबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको जाममा करिब ३०० सवारी साधनका एक हजार ५०० यात्रु अलपत्र परेका थिए ।
सडक विभागबाट खटिनुभएका कामदार हर्क खड्काले कर्णाली राजमार्गमा दुई दर्जनभन्दा बढी स्थानमा पहिरो गएको बताउनुभयो । दैलेखको आठवीस नगरपालिका–९ छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने कर्णाली राजमार्ग मात्रै प्रमुख मार्ग भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि यसमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को रूपमा चिनिँदै आएको थियो । “अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुलाई सहजरूपमा आवतजावत गराउन पहल गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने उक्त राजमार्गमा कालोपत्रे भए पनि सडकमा सधैं पानी जम्नु तथा सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको यहाँका यात्रु बताउँछन् ।
Leave a Reply