भर्खरै :

चित्तपोल सामुदायिक सिकाइ केन्द्रमा समीक्षा गोष्ठी

भक्तपुर, ३१ साउन । चित्तपोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आ.व. २०७४÷७५ को वार्षिक समीक्षा तथा ३ महिने आधारभूत कम्प्युटर तालिम र ३ महिने सिलाई तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न
भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद अनुराधा थापामगरले पुँजीवादी गणतन्त्रले पुँजीपति वर्गको सेवा गर्ने हुनाले मजदुर, किसान र पिछडिएको वर्गको हित गर्न समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले समाज परिवतर्नको लागि रूढीवादी सोच र परम्परालाई त्याग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोरपाटी स्रोत केन्द्रका स्रोतव्यक्ति विष्णुप्रसाद कायस्ठ र सरोज माकले पनि बोल्नुभएको थियो ।
चित्तपोल सामुदायिक सिकाइ केन्द्रका परिचालिका मनशोभा त्वाती सुवालले कार्यक्रममा आ.व. २०७४÷७५ को आय–व्यय र प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अतिथि थापामगरले तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *