तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिका वडा नंं. ९ का पूर्वजनप्रतिनिधि, स्थानीय बुद्धिजीवीहरू, महिला, युवा तथा विद्यार्थीहरूको भेला म·लबार सम्पन्न भयो ।
स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको उक्त भेलामा आव २०७४÷०७५ मा वडामा सञ्चालित योजना तथा कार्यक्रमहरूको समीक्षा तथा आव २०७५÷०७६ का लागि नयाँ योजना सञ्चालनको विषयमा छलफल गरिएको थियो ।
भेलामा नगर प्रमुख सुनिल प्रजापतिले देशका अन्य नगरपालिकाहरू ऐन कानुनको अभावमा कार्य गर्न अलमलिइरहेको, जनप्रतिनिधिहरूबीच नै एकता नभएर काम गर्न नसकिरहेको अवस्थामा भक्तपुरमा विकास निर्माण र जनताको समस्या समाधान गर्ने कार्यमा तीव्रता दिइरहेको जानकारी दिनुभयो ।
निर्वाचनमा नगरबासीहरूले नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई बहुमतले विजयी गराएर नगरपालिकाको हरेक कार्यमा साथ र सहयोग गरिरहेकैले विनाअवरोध गतिविधि भइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले जनताको सेवा गर्नुबाहेक जनप्रतिनिधिहरूको अर्को स्वार्थ नभएको प्रस्ट पार्नुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय जनताको सक्रिय सहभागितामा गत आवमा निर्धारण गरिएका प्रायः सबै योजनाहरू सञ्चालन भइरहेको र धेरै सम्पन्न भएको उल्लेख गर्दै स्थानीय वडावासीहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
तुमचो दुगुरे आवास योजनासमेत यसै वडामा रहेको हुँदा त्यहाँका जनताको समस्या समाधान गर्न तथा त्यस क्षेत्रमा जनभावनाबमोजिम विकास निर्माणको कार्य भइरहेको उहाँले अवगत गराउनुभयो ।
जनप्रतिनिधिहरू छोरीमैयाँ सुजखू (प्रजापति), जगतलाल मानन्धर र इन्द्रबहादुर प्याथले वडाबासीहरूसँग मिलेर उपभोक्ता समितिमार्फत काम गर्दाको अनुभव, कृषकहरूलाई निःशुल्क बीउवितरण तथा सरसफाइ र सामाजिक सुरक्षा वितरण गर्दाको अनुभव साट्नुभयो ।
भेलामा तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाको प्रगति विवरणको विषयमा ओभरसियर दयाप्रसाद न्याइच्याई, वडाको विकास निर्माण र नयाँयोजनाबारे ओभरसियर अर्हत् बज्राचार्य तथा वडाको प्रशासनिक गतिविधिबारे वडा सचिव पुण्यराम लाखाले जानकारी दिनुभयो ।
Leave a Reply