संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति
- असार ३, २०८३
सप्तरी, २७ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन प्रचारार्थ सप्तरीको अर्नाहाचोकमा स्थानीय किसानहरूको भेला सम्पन्न भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले तरार्ईका किसानहरूलाई वर्गीय रुपले सचेत र संगठित पार्नको लागि यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले शासक दलहरूले पटक पटकको निर्वाचनमा तराईका जनताको मत जितेर गए पनि तराईका जनताको समस्या समाधान गर्नतर्फ नसोचेको र उनीहरूको गतिविधि जहिले पनि शोषक, सामन्त र विदेशी पूँजीको पृष्ठपोषण गर्नमै सीमित रहेको बताउनुभयो ।
उहाँले जबसम्म किसानहरूले जमिन जोत्नेको सिद्धान्तअनुसार जमिनमाथि हक भोग प्राप्त गर्दैन तबसम्म किसानहरूको समस्या सम्बोधन नहुने प्रस्ट पार्दै तराईको समस्या समाधान गर्न सरकारले शिक्षा, स्वास्थ्य निःशुल्क, ५८ वर्ष उमेर पुगेका किसानहरूलाई निर्वाह भत्ता र आदर निकेतनको व्यवस्था स्वदेशमै मल कारखानाको उद्योग सञ्चालन र सिंचाइको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले भारतले नेपालको सीमावर्ती क्षेत्रमा दशगजामा अन्तर्राष्ट्रिय कानुनविपरीत ठूलठूल्ला बाँध र तटबन्ध बनाएकोले नेपालको भूमि डुब्ने हुँदा सो भत्काउनुपर्ने र नेपाल भारतबीचको सीमा नियमन गर्न नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य मिनबहादुर बाटाले अङ्गिकृत नागरिकताधारीलाई नेपालको उच्च पदमा पुर्याएको खण्डमा तराईका आदिवासी तथा पुस्तौंदेखि बस्दै आएका रैथाने नेपाली जनताको हक अधिकार हनन् भई नेपालको सार्वभौमसत्ता र भूअखण्डता नै धरापमा पर्नसक्ने भएकोले जनता सचेत हुनुपर्ने बताउनुभयो ।
Leave a Reply