यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशमा लोकतन्त्र स्थापना भएको लगभग एक दशक हुन लाग्यो । लोकतन्त्र पनि एक किसिमको पुँजीवादी व्यवस्था हो । यस व्यवस्थामा पनि आर्थिक अनियमितता, भ्रष्टाचार, बलात्कारलगायतका घटनाहरू समाजमा घटिरहेका हुन्छन् ।
राजनीतिक दल, सरकारी कर्मचारी, ठेकेदार र नागरिकहरू जिम्मेवार नहुञ्जेलसम्म देशको विकास हुन सम्भव देखिंदैन । अहिले प्रविधिको विकासले गर्दा समाजमा कुनै किसिमको घटना, परिघटनाहरू घट्नेबित्तिकै सबैतिरका जनता यथासक्दो चाँडो थाहा पाइहाल्छन् ।
पछिल्लो क्रममा हरेक दिन प्रायःजसो सबै पत्रपत्रिकाहरूमा बलात्कार, घूस लिँंदैगर्दा रङ्गे हात पक्राउ परेको जस्ता समाचारहरूको शीर्षक बनेको छ । सरकारी कर्मचारीहरूलाई नेपाल सरकारले नेपाली जनताबाट तिरेको कर, पसिनाबाट तलब भत्ता खुवाइरहेका छन् । तीनै कर्मचारीहरूले जनताको कुनै काम गर्नुप¥यो भने त्यसवापत छुटै पैसा माग्ने गरेको सुनिन्छ । काम अलि झञ्झटिलो, पुरानो फाइलहरू हेर्नुपर्नेभयो भने आलटाल गरेर जनतालाई अनावश्यक दुःखहरू दिने गर्दछन् । यदि उनीहरूले भनेको अनुसार चिया, नास्ता खर्चवापत रकम सेवाग्राहीले दिने सहमति जनायो भने त्यो काम तुरून्तै हुने गर्दछ । यसै क्रममा रौतहटको नापी कार्यालयका नापी अधिकृत र जिल्ला शिक्षा कार्यालयको अनुदानमा निर्णयार्थ भवनको भुक्तानीको विषयलाई लिएर गौरस्थित जुद्ध मविका सहलेखापाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रङ्गेहात समातेको प्रतिनिधिमूलक घटनामात्र हुन् । यस्ता समाचारहरूमा नआउने घटना कति होलान् अनुमान लगाउन गा¥हो छ ।
त्यस्तैगरी बलात्कार र बच्चा अपहरणका घटनाहरूले पनि त्यत्तिकै ठाउँ पाएको छ । छोरीबेटीहरू काम विशेषले घरबाट बाहिर निस्क्यो भने आमाबुबालाई स्कूल पढ्न पठायो भने सकुशल घर फर्किन्छ कि फर्किन्न भने त्रासमा अभिभावकहरू हुन्छन् ।
समाजमा घटिरहेका यस्ता घटनाहरू जस्तैः अपहरण, बलात्कार, हत्या, हिंसा, घूसखोरीलगायतका विकृतिहरू निर्मूल पार्नको लागि संविधान संशोधन गरेर त्यस्ताहरूलाई मृत्युदण्डसम्म दिने कानुन बनायो भने जनताले अमनचयनसँग बाँच्नुका साथै देशमा दिगो शान्ति स्थापनामा टेवा पुग्छ ।
Leave a Reply