भर्खरै :

पुरानो जगाती टोलको मापदण्डबारे भनपाको ध्यानाकर्षण

भनपाको साविक वडा नं. २ हाल वडा नं. ८ स्थित पुरानो जगाती टोल सयौं वर्ष पहिलेदेखि भक्तपुरको पूर्वको नाका वा सिमानाको रुपमा रहेको कुरा पूर्वजहरूको भनाइ छ । उहाँहरूको भनाइअनुसार यहाँ पूर्व–१ नं चौतारा, पूर्व–२ नं रामेछाप र पूर्व–३ नं ओखलढुङ्गा जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिने अनाज, दलहन, घिउ, मह, दोपाया र चौपायाहरूमा मुठी, माना र पैसामा जगात (कर) लिने चलन रहेको बुुझिन्छ । यसरी जगात (कर) लिई आएको र कर उठाउने ठाउँ वा टोललाई जगाती नामकरण भएको बुझिन्छ । त्यसैले पुरानो जगाती टोललाई ऐतिहासिक स्थल मान्नुपर्ने देखिन्छ । यहाँ तत्कालीन नेपाल सरकारले कार्यालय खडा गरी कर्मचारीहरू (तालुकदार एवं जिम्मावाल) को व्यवस्था गरेको देखिन्छ । त्यो कार्यालय भवन पुरानो र संरक्षण नहुनुको कारण भत्की जीर्ण अवस्थामा थियो । उक्त कार्यालय भवनको झ्याल, ढोका, निदाल, टुँडाल एवं दलिनहरूमा यौनजन्य कलाकौशलले भरिएको थियो । कुन समयमा निर्माण भएको भन्ने कुरो इतिहासविद्हरूबाट निक्र्योल गर्ने विषय आफ्नो ठाउँमा छ । उक्त भत्केको भवनको झ्याल, ढोका र अन्य अवशेषहरू भक्तपुर नगरपालिकाको पुरातत्व शाखामा संरक्षणको लागि लगेको बताइएको छ ।
कर्मचारीहरू बस्ने आवास कोठा, बाटोमा आउने जाने बटुवाहरूले बास, खाना पिना गर्ने अङ्ग्रेजीमा एल आकारको (ी) ६’ह१२’ को खुला दलान÷पाटी पनि उक्त भवनको भुइँ तल्लामा रहेको थियो । यस भवनको उत्तरतर्फ त्यहाँ बस्ने कर्मचारी एवं बाटोमा आउने बटुवाहरूको लागि खानेपानी व्यवस्थाको रुपमा पूर्व दिशा फर्केको ढुङ्गेधाराहरूमध्येमा एक उल्लेख्य धारा पनि हो ।
जगाती टोल पूर्वबाट बगेको तव्या खुसी खोला र दक्षिणबाट बगेको चखु खुसी जुन नंखेल र सिपाडोलको दोसाँधबाट बगेका खोलाहरूको सङ्घारमा रहेको छ । यस तव्या खुसी र चखु खुसीको दोभानलाई चखु घाट वा चखु दोभान पनि भनिन्छ । यस दोभानलाई पुरानो महेश्वरीघाट मानेर दसैंको बेला नवरातको दोस्रो दिन नवरात स्नान गर्न आउने चलन हालसम्म कायमै रहेको छ ।
जगाती टोलको जगात उठाउने कार्यालय भवनको पूर्वपट्टि नेपालकै दुर्लभ पुल छ । यसको निर्माण मन्दिर बनाउँदा प्रयोग गरिने बज्रबाट बनाइएको छ । अतिक्रमण भइरहेकोले सो पुलको संरक्षणको लागि स्थानीय निकाय एवं सरोकारवाला सङ्घ संस्थाबाट संरक्षण र संवद्र्धन गर्नको लागि हाम्रो अनुरोध छ ।
पुरानो जगाती टोलका भूकम्प पीडितहरूले आफ्नो घर निर्माण गरी बसोबास गर्न सडक विभागको नियमानुसार मापदण्डको नियम लागू गर्ने भनी जानकारी प्राप्त भएकोले यस क्षेत्रका बासिन्दाहरू अन्योलमा परेको देखिन्छ । भक्तपुर नगरभित्र रहेर पनि भक्तपुर नगरपालिकाका अन्य ठाउँ र बजार एरियाको लाइन मिलेका घरहरूमा पीडितहरूले घर बनाउँदा नक्सा पास गरी साविकबमोजिम २ अँगुल पनि मापदण्ड छोड्न नपर्ने तर यस पुरानो जगाती टोलको बाटोमा बाटोको केन्द्रबाट साढे सात मिटर छोडेरमात्र घर पुनःनिर्माण गर्न पाइने भन्ने नियम कायम गरेको हुनाले हामी टोलवासीहरू दुखित छौं । हामी पुरानो जगाती टोलवासीहरूलाई पक्षपातपूर्ण मापदण्ड लागू नगरी भक्तपुर नगरपालिकाका अन्य भूकम्प पीडितहरू सरह साविकबमोजिम घर पुनःनिर्माण गराई पाउने व्यवस्थाको लागि हामी अनुरोध गर्दछौं ।
पुरानो जगाती टोलका भूकम्प पीडितहरूको प्रायः बनेको घरबाहेक घरको पछाडि अरु जग्गा नहुनाले मापदण्ड कायम लागु गरियो भने प्रायः भूकम्प पीडितहरू उठिवास हुनुपर्नेछ । पुरानो जगातीको सडक÷बाटोको विकल्पको मार्ग भएको हुनाले जगातीको बाटोलाई मापदण्ड लागू गर्न नपर्ने व्यवस्था गर्न गराउन भक्तपुर नगरपालिकाले पहल गर्नुपर्ने देखिन्छ । प्र.म. बाबुराम भट्टराईको पालामा काठमाडांैमा भएको विध्वंसजस्तै नहोस् भन्ने स्थानीय जनताको अनुरोध छ ।
– पुरानो जगातीवासीहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *