नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हु वेइच्या
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले यो वर्षको अन्त्यसम्ममा प्रजातान्त्रिक जनगणतन्त्र कोरियासँग संयुक्त रेलमार्ग परियोजना सुरु गर्ने प्रस्ताव गरेका छन् । यो पूर्वाधार परियोजनाको सबभन्दा ठूलो चुनौती भनेकै संरा अमेरिका हो । प्रजग कोरियासँग भएको आणविक हतियार नष्ट गराउन भनेर संरा अमेरिकाले प्योङ्गयाङ्गमाथि आर्थिक नाकाबन्दी जारी राखेको छ ।
संरा अमेरिकी सरकारले उत्तर कोरियासँग विभिन्न आर्थिक कारोबार गरेको आरोप लगाई केही विदेशी व्यापारिक फर्ममाथि नाकाबन्दी थोपरेको छ । प्योङ्गयाङ्गमाथि आर्थिक दबाब दिने हेतुले यस्तो नाकाबन्दी थोपरिएको हो । प्रजग कोरियासम्बन्धी वाशिङ्टनको रणनीतिमा दक्षिण कोरियाले कुनै परिवर्तन गर्न सक्नेमा हामीलाई विश्वास छैन । त्यसो त मुनले संरा अमेरिकासमेत समावेश भएको ६ वटा देशको एउटा उत्तरपूर्वी एसियाली रेलमार्ग समुदाय बनाई रेलमार्ग निर्माणसम्बन्धी परियोजनामा वाशिङ्टनलाई पनि आमन्त्रण गरेका छन् । तर मुनले देखाएको जामुनको हाँगो (शान्तिको प्रतीक) वाशिङ्टनले निःशर्त स्वीकार्ने सम्भावना कमै मात्र देखिन्छ ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरा अमेरिकी लगानीको आडमा उत्तर कोरिया धेरै धनी हुने वचनबद्धता व्यक्त गरेका छन् । तर हालैको नाकाबन्दीले उत्तर कोरियाको विकासमा तत्काल संरा अमेरिकालाई आमन्त्रण गर्नु अवस्तुगत अपेक्षा भएको सङ्केत गरेको छ ।
उत्तरपूर्वी एसियाली रेलमार्ग समुदायभित्र संरा अमेरिका र उत्तरपूर्वका चीन र रुससहित ६ वटा एसियाली देशहरू समावेश छन् । तर संरा अमेरिका नै यो पूर्वाधार परियोजनाको सबभन्दा ठूलो अवरोध बन्ने देखिन्छ । उत्तरपूर्वी एसियाको रेलमार्ग सञ्जालमा उत्तर कोरियालाई पनि जोड्ने दक्षिण कोरियाको प्रस्तावप्रति चीन र रुसले सकारात्मक सङ्केत गरिसकेको छ । यो रेलमार्गबाट सो क्षेत्रका सबै देश आर्थिक रुपमा लाभान्वित हुनेछन् ।
सिओलले उत्तरपूर्वी एसियाली रेलमार्ग समुदायबाट सो क्षेत्रभन्दा बाहिरको देश संरा अमेरिकालाई छोड्न तयार हुन्छ वा हुँदैन भन्ने प्रश्न नै अहिलेको अह्म प्रश्न हो ।
दक्षिण कोरिया र संरा अमेरिकाबीच लामो समयदेखिको एकता रहँदै आएको छ । यदि वाशिङ्टनले उत्तर कोरियामाथिको नाकाबन्दी चालू राखे र रेलमार्ग परियोजनाको प्रस्ताव अस्वीकार गरे दक्षिण कोरियाको प्रतिक्रिया कस्तो होला भन्नेमा हामी उत्सुक छौं ।
संरा अमेरिकी दबाबसामु के दक्षिण कोरियाले उत्तरसँग आर्थिक संलग्नता बढ्ने रेलमार्गलाई अघि बढाउने हिम्मत होला ?
सिओल र वाशिङ्टनबीचको सम्बन्ध निर्मम बन्ने सम्भावना निकै झिनोमात्र छ । संरा अमेरिका–दक्षिण कोरिया एकताले यो वर्षान्तभित्र उत्तर कोरियासँग संयुक्त रेलमार्ग परियोजना सुरु गर्नमा दक्षिण कोरिया कति इमानदार छ भन्ने शङ्का जन्माएको छ । कतै यो बृहत् परियोजना आफ्नो कमजोर अर्थतन्त्रमाथि लगानीकर्ताको विश्वास बढाउन दक्षिण कोरियाली सरकारले चालेको चलाखी मात्र त होइन ? यदि दक्षिण कोरियाले यो परियोजनाप्रति इमानदारी देखाए चीनले यो योजनाप्रति सकारात्मक सङ्केत गरेको छ ।
बेइजिङ्ग आर्थिक एकताको बलियो समर्थक रहँदै आएको छ । तर दक्षिण कोरियाले यो रेलमार्ग परियोजना अघि बढाउँछ वा बढाउँदैन भन्ने कुरा सिओलको साहस र इमानदारीमा भर पर्दछ । कोरियाली प्रायःद्विपको वर्तमान अवस्थाको यो नै चुरो रहेको भन्न सकिन्छ ।
कोरियाली प्रायःद्विपको समस्या समाधान गर्नमा संरा अमेरिकाको पनि प्रमुख भूमिका रहँदै आएको छ । तर दक्षिण कोरियाबाट संरा अमेरिकी सेना र हातहतियार फिर्ता नगरेसम्म वा कटौती नगरेसम्म कोरियाली प्रायःद्विपको समस्या समाधान कदापि हुनसक्दैन । कोरियाली प्रायःद्विपमा आणविक निःशस्त्रीकरण र शान्ति स्थापना हुन्छ हँुदैन भन्ने कुरा सिओलको साहस र इमानदारीमा निर्भर रहनेछ ।
–ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुदर्शना श्रेष्ठ
Leave a Reply