भर्खरै :

सीटीईभीटीको कमजोरीले शिक्षामा नकारात्मक असर

देशमा मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने मुख्य जिम्मेवारी लिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) प्रति जनगुनासो बेलामौकामा सुनिन्छ ।
हालै देशभरका सीटीईभीटीअन्तर्गतका विषय पढाइ हुने शैक्षिक संस्थाहरूको निमित्त विभिन्न विषयहरूमा गत साउन १९ गते परीक्षा सञ्चालन भयो । तर यस शैक्षिक सत्र २०७५÷७६ देखि सञ्चालन गर्न सीटीईभीटीले नयाँ ९५ सामुदायिक विद्यालयहरूलाई गत साउन ३१ गतेमात्र सूचनामार्फत सम्बन्धन प्रदान ग¥यो । सीटीईभीटीको परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई भर्नाको समयावधि भदौ ३ गतेदेखि १७ गतेसम्म तोकिएको छ । यसले विद्यालयमा विद्यार्थी उपलब्ध नगराउने र गराए पनि अरु पुरानो विद्यालयमा भर्ना हुन नसक्नेलाई मात्र बाटो खोलेको छ । विगतको एक जना पनि विद्यार्थी भर्ना नभएका कारण कार्यक्रमहरू सञ्चालन भएनन् । यस वर्ष पनि यो घटना दोहोरिने सम्भावना छ ।
सीटीईभीटीले निजी शैक्षिक संस्थाहरूलाई पैसाको ठेली बुझाए सजिलै सम्बन्धन दिने तर सामुदायिक विद्यालयहरूलाई सम्बन्धन दिन ढिलासुस्ती झन्झटिलो र अनावश्यक दुःख दिइरहेको समाचार समाचार छ । निजी र सामुदायिक विद्यालयहरूसँगको व्यवहार निकै फरक रहेको पाइन्छ । सस्तोमा पढाइ हुने सामुदायिक विद्यालयहरूलाई निरुत्साहित गरेका उदाहरणहरू भुक्तभोगीहरूबाट थाहा पाउन सकिन्छ ।
कि त सम्बन्धन पहिलो दिने र आवश्यक समय राखेर परीक्षा गर्नुपथ्र्यो कि सम्बन्धन प्रदान गरेपछि परीक्षा सञ्चालन गराउनुपथ्र्यो । एस.ई.ई.SEE को नतिजा आउनुभन्दा कम्तीमा तीन महिना अगाडि नै नयाँ शैक्षिक संस्थानहरूलाई सम्बन्धन दिने प्रक्रिया चलाउनुपथ्र्यो ।
नेपालको शिक्षामा नवउदारवादका नियमहरू हावी गराउन सरकार हरेक तवरबाट क्रियाशील रहेको जानकारहरू बताउँछन् । निजी शिक्षालाई प्रोत्साहन गर्न र शिक्षालाई व्यापारको वस्तु बनाउन सरकार शिक्षाबाट हात झिकिरहेको हालैका केही वर्षको बजेटबाट छर्लङ्ग हुन्छ । तसर्थ सीटीईभीटीभित्रका कर्मचारीहरू देश र जनताको सेवामा छन् भने यस्ता कमजोरीहरू तत्काल हटाउनुपर्छ नभए यी शैक्षिक माफियाहरूलाई कारबाही गर्नुको विकल्प छैन ।
देशमा भइरहेको बौद्धिक पलायन (Brain Drain) लाई निरुत्साही गर्नु अत्यन्त आवश्यक छ । यसको निमित्त सरकारले देशभित्र अनुसन्धान केन्द्र, उद्योग र विकास निर्माणका काम अगाडि ल्याएर रोजगारीको अवसर सिर्जना गर्न तल्लीन हुनुपर्दछ ।
–सन्देश श्रेष्ठ
सानेपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *