भर्खरै :

केरालामा शताब्दीकै सबभन्दा ठूलो बाढी–पहिरो

भारतको केरालामा गएका केही दिनदेखि लगातार परेको वर्षाले त्यहाँको जनजीवन निकै प्रभावित बनेको छ । स्रोतका अनुसार केरालामा पछिल्लो एक शताब्दीमा यो वर्ष सबभन्दा ठूलो वर्षा भएको छ । बाढी र पहिरोका कारण हालसम्म ३५७ जना मानिस मारिएका छन् । प्रकोपका कारण ८ लाख मानिस आफ्नो स्थानबाट विस्थापित भएका छन् । यसअघि सन् १९२४ मा यस्तै बाढी पहिरो आएको थियो । आइतबारसम्ममा केरालाका दुई गाउँ अझै पनि अत्यन्त खतरामा छन् । दस गाउँलाई अत्यन्त खतराको अवस्थाबाट खतराको अवस्थामा झारिएको छ । केरालाका सबै ४४ वटा नदीमा बाढी आउनुका साथै ३३ वटा रिभरभ्वायरका गेट खोल्नुपरेको थियो । केरालाभरिमा ४ हजार वटा शिविरमा विस्थापितलाई अस्थायी बासको बन्दोबस्त गरिएको छ ।
बाढी पहिरोका कारण तीन अर्ब अमेरिकी डलरबराबरको क्षति भएको अनुमान गरिएको छ । भारतको दक्षिणतिरका सबै रेलमार्ग सेवा बन्द गरिएको छ भने कोचिन अन्तर्राष्ट्रिय विमानस्थल आगामी अगस्ट २६ सम्मको लागि बन्द गरिएको छ । केरालाका सबै शैक्षिक संस्था बन्द हुनुका साथै पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *