भर्खरै :

भक्तपुरमा एक युवाद्वारा आत्महत्या

भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक पाइपलाइनमा एक युवकले डोरीको पासोमा झुण्डेर आत्महत्या गरेका छन् । रामेछाप घर भई हाल सो स्थानमा घर बनाइबसेका १९ वर्षीय नारायण खत्रीले आत्महत्या गरेका हुन् । भक्तपुरकै बासु माविमा व्यवस्थापन विषय लिई बा¥ह कक्षा सकाएका खत्री एकतल्ले घरको भ¥याङ छोप्न प्रयोग गरिएको बाँसमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला गरेको परिवारले बताएको छ ।
मृतक खत्रीको बगलीमा आफ्ना भाईहरूको नाममा एउटा पत्र भेटिएको बताइएको छ ।
‘म त यस्तो भएँ । तिमीहरू म जस्तो नहुनु’ भन्ने आशयको कुरा पत्रमा लेखिएको परिवार स्रोतले बताएको छ ।
नारायण तीन भाईमध्ये जेठो छोरा हुन् ।
खत्रीका पिता नेपाल सेनामा सेवारत छन् ।
मृत्तक खत्री बुधबार बिहान मात्र बासु माविमा स्नातक अध्ययनको लागि आवश्यक खर्चबारे सोध्न विद्यालय आएको बासु माविका प्राचार्य अम्बिका न्याईच्याईले बताउनुभयो ।
‘नारायण सरल र सोझो स्वभावका विद्यार्थी थिए ।’, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *