जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
काठमाडौँ, ८ भदौ ः निराशा र असफलता नै लागुऔषधको जड भएको धारणा व्यक्त गरिएको छ ।
गृह मन्त्रालयले लागुऔषध नियन्त्रण गर्न के कस्ता विधि अवलम्बन गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरेको रचनात्मक सुझाव सङ्कलन कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो । आफूले सोचेका काम नहुने र गरे जति कामबाट प्रतिफल प्राप्त नहुने भएपछि हरेक मानिस जाँडरक्सी, धूमपान र लागुऔषधमा फस्ने गरेको विभिन्न तथ्यबाट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले साथीसङ्गाती, औषधि व्यवसायी, होटल सञ्चालक, यातायात क्षेत्रमा आबद्ध व्यक्ति, छात्रावासलगायत क्षेत्रमा लागुऔषध ओसारपसार हुने गरेको विभिन्न प्रमाणबाट फेला परेको जानकारी दिनुभयो ।
सरोकार भएकाहरुले सडक तथा रेडियो नाटक, विभिन्न सञ्चारमाध्यममा एकै पटक जनचेतनामूलक कार्यक्रम प्रकाशन तथा प्रसारण गर्न सुझाव दिएका छन् । किशोरकिशोरीले शुरुमा सुर्तीजन्य पदार्थको सेवन गरेपछि कालान्तरमा लागुपदार्थको सेवन गर्ने प्रहरीका विभिन्न अनुसन्धानले देखाएका छन् । यसैबीच मन्त्रालयले यही भदौ २९ गते देशभर लागुऔषध निषेध तथा मदिरा नियन्त्रणसम्बन्धी राष्ट्रव्यापी सचेतना एवम् जागरण अभियान सञ्चालन गर्ने भएको छ । (रासस)
Leave a Reply