ताथलीमा नेमकिपाको सम्पर्क कार्यालय उद्घाटन
- बैशाख ११, २०८२
काठमाडौँ, ८ भदौ ः सबैको सहयोगले मात्र महिला हिंसा तथा मानव बेचबिखन न्यूनीकरण गर्न सकिने सहभागीले बताएका छन् ।
मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आज ललितपुरमा आयोजना गरेको ‘यौनजन्य लैङ्गिक हिंसा तथा मानव बेचबिखन न्यूनीकरणका लागि टोलटोलमा प्रहरी’ विषयक कार्यशाला गोष्ठीमा सहभागीले महिला हिंसा तथा मानव बेचबिखन न्यूनीकरण सरकारी क्षेत्रबाट मात्र गर्न नसकिने भएकाले सबैको सहयोग आवश्यक रहेको औँल्याए ।
गृहमन्त्रालयका उपसचिव मोहन जिसीले समाजमा देखिने अपराध नियन्त्रण गर्नका लागि केवल प्रहरीले मात्र नभई नागरिक समाज, सङ्घसंस्थाको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गृहमन्त्रालयले यहि असार ५ गतेबाट सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियानले महिला हिंसा तथा मानव बेचबिखन न्यूनीकरण गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले मानव बेचबिखनमा महिला र बालबालिका बढी जोखिममा परेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीको सामाजिक सुरक्षा महाशाखाका प्रहरी नायब उपरीक्षक डा मेखबहादुर खत्रीले घरदैलोमा पुगी प्रहरीले मानव बेचबिखन र महिला हिंसासम्बन्धी जनचेतना जगाउने बताउनुभयो ।
उहाँका अनुसार टोलटोलमा प्रहरी अभियानले अहिलेसम्म २६२ हिंसाविरुद्ध, ९१ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका ३४७ वटा लागूऔषध नियन्त्रणका जनचेतामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिष्ठानले सिरहा, सुनसरी, कपिलवस्तु, सिन्धुपाञ्चोक, रामेछाप र दोलखा जिल्लामा यौनिक, लैङ्गिक हिंसा तथा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
प्रतिष्ठानका कार्यक्रम संयोजक रोशी पोखरेलले प्रहरीसँग महिला हिंसा तथा मानव बेचबिखन न्यूनीकरण अभियान सञ्चालन गर्दा जनसमुदायमा सकारात्मक प्रभाव परेको बताउनुभयो । (रासस)
Leave a Reply