भर्खरै :

त्रिवि प्राणी शास्त्रका प्राध्यापकहरू आन्दोलित

काठमाडौं, १० भदौ । कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरूले कक्षा बहिष्कार गरेका छन् ।
यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् ।
उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा. डा. तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन् ।
प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरू सूूर्यरत्न गुभाजु, प्रा. डा. रञ्जना गुप्ता, प्रा. डा. रमेशकुमार श्रेष्ठ, प्रा. डा. कुमार सापकोटा तथा प्रा. डा नन्दबहादुर सिंह रहेका छन् ।
प्रा. डा. नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पञ्छाएर पहिलोपल्ट कनिष्ठलाई प्रमुख बनाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *