भर्खरै :

हाडालाई प्रसिद्ध लेखन पुरस्कार

काठमाडौँ, १८ भदौ  ः त्रिविवि भक्तपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक गम्भीरबहादुर हाडालाई २०७५ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को व्यवस्थापनमा प्रदान गरिने सो पुरस्कारको राशि सम्मानपत्रसहित रु १० हजार रहेको छ ।
ग्रामीण विकास एवम् सहभागितात्मक विकास प्रक्रियाका बारेमा नियमितरुपमा कलम चलाई थुप्रै पुस्तक प्रकाशन तथा पत्रपत्रिकामा समेत सयौँ लेख रचना प्रकाशित गरी राष्ट्रोत्थानमा योगदान पु¥याएवापत सहप्राध्यापक हाडालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नेपानले जनाएको छ ।
पुरस्कारका लागि नेपानका अध्यक्ष चेतनाथ कणेंलले आफ्ना स्वर्गीय प्रथम सुपुत्र प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गर्नुभएको रु एक लाखको अक्षयकोषबाट सो पुरस्कार पहिलोपटक वितरण गर्न लागिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *