भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
डी.आर.
सोसलिष्ट (Socialist) अङ्ग्रेजी शब्द हो । कम्युनिष्ट (Communist) पनि अङ्गे्रजी शब्द हो । नेपालीभाषामा सोसलिष्टको अर्थ समाजवादी हो भने कम्युनिष्टको अर्थ साम्यवादी हो ।
माक्र्स र एंगेल्सले त्यसबेलाको ऐतिहासिक परिस्थितिलाई मूल्याङ्कन गरेर पुँजीवादको चरम विकास भएका मुलुकहरूमा सर्वहारा वर्गले सत्ता कब्जा गरी समाजवादी व्यवस्था स्थापना गरेपछि सिधै समाजवादको स्थापना गर्न सकिने भनी स्पष्ट गर्नुभएको थियो । अहिलेको परिवेशमा पँुजीवादको विकास भई नसकेका मुलुकहरूमा पहिल्यै कम्युनिष्ट क्रान्ति हुनाले समाजवादी व्यवस्था स्थापना गर्नुभन्दा पहिले सुरुमा नयाँ जनवादी व्यवस्था स्थापना र त्यसपछि मात्र क्रमशः समाजवादी व्यवस्था र साम्यवादी व्यवस्था स्थापना गरिने हुनाले धेरै जनामा सोसलिष्ट भनेको कम्युनिष्ट र कम्युनिष्ट भनेको सोसलिष्ट हो भन्ने भ्रम फैलिएको पाइन्छ । यस्तो भ्रम हुन्छ भनेर नै नेपालीमा समाजवादी नभनिकन सोसलिष्ट नै भनिएको कुरो बुभ्mन सकिन्छ । वास्तवमा सोसलिष्ट र कम्युनिष्टमा धेरै अन्तर छ । नयाँ जनवाद र समाजवाद हुँदै अन्तमा साम्यवाद स्थापना गर्ने लक्ष्य बोकेका राजनीतिक शक्ति वा व्यक्तिलाई कम्युनिष्ट भनिन्छ । कम्युनिष्टहरूले वर्गसङ्घर्ष , सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्ष, सामूहिक सम्पति, शिक्षा–स्वास्थ्य, गाँस, बास, लत्ता–कपडाजस्ता आधारभूत आवश्यकताहरू अनिवार्यरुपमा सरकारले नै व्यवस्था गर्ने , समष्टिवाद आदि पक्षहरूमा विश्वास गर्छन् । त्यसको ठीक उल्टो, सोसलिष्टहरूले साम्यवादी व्यवस्था कल्पनामात्रै भएकोले यो कहिल्यै लागू हुन नसक्ने ठोकुवा गर्छन् । त्यसैगरी , तिनीहरूले नयाँ जनवाद, समाजवाद र साम्यवादमा प्रजातन्त्र भनेकै हुँदैन भनी प्रजातान्त्रिक समाजवादको वकालत गर्दै शान्तिपूर्ण ढङ्गबाट नै समाजवादको स्थापना हुन्छ भनी वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, निजी सम्पति उन्मूलन, समष्टीवाद आदि पक्षहरूमा विश्वास गर्दैनन् ।
नेपालको सन्दर्भमा वी. पी. कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरहरूको नेतृत्व रहेको नेपाली काङ्ग्रेस पार्टीलाई सोसलिष्ट पार्टी भन्न सकिन्छ । किनभने नेपाली काङ्ग्रेसले समाजवादको नारा दिंदै आएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (का. रोहित) ले बेलाबेला भन्नुहुन्छ– लेनिनको नेतृत्वमा भएको रुसी अक्टोवर क्रान्तिबाट निकै प्रभावित भई नेपालका अधिकांश युवाहरू र शोषित पीडित जनता पनि माक्र्सवादी–लेनिनवादी, समाजवाद–साम्यवादतर्फ आकर्षित भएकाले नेपाली काङ्ग्रेसका नेता वी.पी. कोइरालाले समाजवादको नारा दिएका थिए वा समाजवाद शब्दबाटै आप्mनो पार्टीमा युवा र गरीब किसान र अन्य श्रमिकहरूलाई आकर्षित गर्ने कार्यदिशा बनाएका थिए र अहिलेको नेपाली काङ्ग्रेसले लगाउने गरेको राष्ट्रवाद र समाजवादको नारा नाम मात्रको हो ।
यसो हेर्दा, जरुर पनि नेपाली काङ्ग्रेसको पँुजीवादी व्यवस्थाका पँुजीपतिहरू वा सोसलिष्टहरू प्रगतिशील देखिन्छन् । यथार्थमा सोसलिष्टहरूले पनि समाजवाद र प्रजातन्त्र वा प्रजातान्त्रिक समाजवादको नाममा पँुजीवाद नै स्थापना गर्छन् । त्यसो भएर, तिनीहरूलाई संशोधनवादीहरू पनि भनिन्छ । कसै–कसैले तिनीहरूलाई सोसलिष्टको भेषमा माक्र्सवादी, लेनिनवादी कम्युनिष्ट सिद्धान्त, विचारधारा र व्यवस्थालाई नै भुत्ते पार्नेहरू भन्छन् । भारतको सन्दर्भमा लोहियाले सोसलिष्ट पार्टी गठन गरेका थिए ।
नेपाली काङ्ग्रेसका प्रदिप गिरीहरू लोहियावादीहरू हुन् ।
Leave a Reply