वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
हेटौंडा । प्रदेश नं ३ को प्रदेश मामिला समितिको बैठक सोमबार सम्पन्न भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्राकृतिक विपत्तिमा परेका जनतालाई निष्पक्ष ढङ्गमा राहत वितरणको प्रत्याभूति दिइनुपर्ने बताउनुभयो । उहाँले राहत वितरणमा गरिने पक्षपात र धाँधलीकै कारण जनता असन्तुष्ट हुने गरेको प्रस्ट पार्नुभयो ।
सांसद गोसाईले भन्नुभयो – ‘‘एनजीओ – आइनजीओको प्रभावमा परी विधेयक पेश हुनु र संशोधनको प्रस्ताव ल्याइनु खेदजनक छ । ऐन– कानुन बनाउनु जनताको प्रतिनिधिको सार्वभौम अधिकार हो । यसमा कतैबाट हस्तक्षेप नहोस् ।
विपद् व्यवस्थापनसम्बन्धी विधेयकमा संशोधन पेश गर्नुहुँदै सांसद सृजना सैंजूले विपद व्यवस्थापन जति महत्वपूर्ण छ त्योभन्दा पनि विपद् नआउने स्थिति या क्षति न्यूनीकरणका उपाय अपनाउनु बुद्धिमानी हुनेछ भन्नुभयो । उहाँले प्रस्ट पार्नुभयो – ‘‘प्राकृतिक जोखिमका क्षेत्र निर्धारण गरी मानव बस्ती तथा भौतिक संरचना निर्माणमा रोक लगाउनुपर्छ । बाढीको जोखिम न्यूनीकरण गर्न नदीको बहाव क्षेत्र निर्धारण, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड र रञ्जुमार्गमा प्राथमिकता आदिमा विशेष ध्यान दिइनुपर्छ ।
सांसद संैजूले राहत वितरण गरिंदा एकद्वार प्रणालीलाई अनिवार्यरुपमा लागू गर्नपर्नै औल्याउनुभयो । बैठक समितिका सभापति माधव पौडेलको अध्यक्षतामा बसेको थियो ।
Leave a Reply