ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भारतीय शासक वर्ग दिनानुदिन त्यहाँका प्रगतिशील बुद्धिजीवीहरूमाथि निर्मम बनिरहेको छ । मोदी सरकार गठन भएयता भारतमा प्रगतिशील बुद्धिजीवीमाथिको अत्याचार अभूतपूर्व रुपमा बढेको छ । अरुन्धती रोयलगायतका केही बुद्धिजीवीले आजको परिस्थितिले इन्दिरा गान्धी सरकारले भारतमा सड्ढटकाल लागू गर्दाको जस्तो अवस्था भनी तुलना गरेका छन् । भारतीय जनता पार्टीको सरकारको आधार भनेको हिन्दू अतिवादी शक्ति हो । यो शक्ति आज कुनै पनि अल्पसङ्ख्यक र भिन्न मतप्रति निर्मम रुपमा प्रस्तुत भइरहेको छ । वामपन्थी विचारका बुद्धिजीवीका गतिविधि भइरहने जवाहरलाल नेहरू विश्वविद्यालयमा मोदी सरकारले प्रगतिशील विचारका वाहकहरूलाई हतोत्साहित बनाउने उद्देश्यले हमला ग¥यो । दलित र मुसलमान अल्पसङ्ख्यकमाथि मोदी सरकार, भाजपा र हिन्दू अतिवादी आरएसएस सङ्गठन असहिष्णु बनिरह्यो ।
हालैमात्र पुणे प्रहरीले भारतका विभिन्न क्षेत्रका बुद्धिजीवी र मानवअधिकारकर्मीमाथि हमला ग¥यो । उनीहरूमध्ये पाँच जनालाई गिरफ्तार गरियो । एक वर्षअघि मात्र पत्रकार गौरी लङ्केशको हत्या भयो । मोदी सरकारको उदयसँगै प्रचारमा नआएका यस्ता धेरै गिरफ्तारी र हत्या भएका छन् । सरकारकै संरक्षणमा यस्ता घटना भइरहेका छन् । भाजपा र आरएसएसका कार्यकर्ता नै यस्ता फौजदारी घटनामा संलग्न हुने गरेका छन् । तर सरकारले आफ्ना कार्यकर्ताबाट हुने यस्ता घटना देखे नदेखेझैं गर्ने गरेको छ । फलतः अपराधीहरू अझ बढी अपराध गर्न उत्साहित हुने गरेका छन् ।
‘संसारकै सबभन्दा ठूलो प्रजातन्त्र’ मानिने भारतमा आज प्रजातन्त्रको नाममा भिन्न मतका मानिसमाथि दमन भइरहेको छ । हिन्दुस्तान हिन्दूहरूको मात्र हो भन्ने अप्रजातान्त्रिक र साम्प्रदायिक विचारका कारण आज भारत निरङ्कुश ‘प्रजातन्त्र’ तिर अघि बढ्दै छ । मोदी सरकारको वैचारिक आधार भनेको हिन्दुवादी अतिवादी विचार हो । हिन्दूवादी अतिवादले भारतमा न कामदार जनताको हित हुनसक्छ, न महिला अधिकारमाथि सम्मान हुनसक्छ । हिन्दू अतिवादीहरूले वामपन्थी विचारलाई सधैं शत्रुको रुपमा हेर्ने गर्छन् ।
भारतमा आगामी वर्ष प्रधानमन्त्रीको चुनाव हुँदैछ । त्यही चुनावको पूर्वसन्ध्यामा आफ्ना राजनीतिक र वैचारिक विपक्षीहरूमाथि भाजपा र आरएसएस दमनमा उत्रन सुरु भइसकेको छ । हालै भारतका विभिन्न सर्वेक्षण संस्थाहरूले गरेको प्रारम्भिक मत सर्वेक्षणले मोदी र भाजपाको लोकप्रियता घटिरहेको देखाएको छ । हिन्दू अतिवादी शक्तिको निम्ति यो कुरा सहज नहुनु स्वाभाविक हो । त्यसैको रिसमा आज भारतमा प्रगतिशील विचार बोकेका अधिकारकर्मीहरूमाथि अनेकन आरोपमा दमन सुरु भएको छ । राजनीतिक आस्थाको आधारमा भारत सरकार विपक्षीलाई दबाउने काममा लागिपरेको छ ।
मोदी सरकारको यो दमनचक्रलाई फासीवादको उदयको रुपमा पनि विश्लेषण गरिएको छ । फासीवादको राजनीतिक विचारधारासँग आज भारतको भाजपाको नीति मिलेको छ । तर संसारको इतिहासमा बेलाबेलामा फरक फरक रुपमा उदाउने फासीवाद अन्ततः जनतासामु झुकेकै छ । भारतमा मोदीले ‘आर्थिक र सैनिक शक्ति’ बनाउने नाममा भारतमा लागू गरेको फासीवादी दमनको पराजयबाहेक अर्को बाटो छैन । भारतीय जनतामाथिको दमनले अन्ततः मोदी फासीवादलाई पराजीत गर्नेछ । मोदी सरकारले तत्काल त्यहाँका जनतामाथिको दमन बन्द गर्नुपर्दछ ।
Leave a Reply