तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शनिबार नेपाल क्रान्तिकारी युवा सङ्घको दोस्रो सूर्यविनायक नगर सम्मेलन उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सभासद् सुवालले भन्नुभयो, ‘‘युवा उमेरको साथै नयाँ विचार हो । पुँजीवादी व्यवस्था पुरानो विचार हो । नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरूले नेपाल मजदुर किसान पार्टीको जनताको प्रजातन्त्र, समाजवाद र साम्यवादको बाटोमा हिंड्नु नै नयाँ विचार हो । यो नयाँ विचार अङ्गाल्नेहरू उमेरले युवा नभए पनि विचारले युवा हुन् ।’’
‘‘अरूलाई काम लगाई नाफा कमाउने पुँजीवादी विचार हो । सम्पत्ति धेरै भएकाको पछि लाग्नु पुँजीवादी संस्कार हो । पुँजीवादी व्यवस्थामा सरकारमा गएका पार्टीहरू पुँजीपति वर्गकै सञ्चालक समिति हुनेछ । नेपालमा अहिले यहीं स्थिति छ’’, उहाँले भन्नुभयो ।
पुँजीवादको विरूद्ध माक्र्स र एंगेल्सले कलम चलाई मजदुर वर्गको सङ्गठन गर्नुभएको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, ‘‘माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको नियम हो । मजदुर वर्गले सङ्घर्षबाटै पुँजीवादको अन्त्य र समाजवाद ल्याउने हो । सङ्घर्षविना समाजवाद आउँदैन ।’’
उहाँले भन्नुभयो, ‘‘जनविरोधी सरकारले युवालाई जुवा–तास, जाँड–रक्सी, वैदेशिक रोजगारको नाममा दासजस्तै बेचबिखन गर्दछ । कुवेतको सडकमा नेपाली चेलीहरू खसीबोकाझैं बिक्री भइरहेको संसदीय उपसमितिको प्रतिवेदन थप उदाहरणमात्र हो ।’’
‘‘संविधान घोषणापछि सरकारमा गएका पार्टीहरूले युवालाई समाजवादउन्मुख संवैधानिक व्यवस्थाबारे शिक्षित गरेनन्, नीति तथा कार्यक्रम र बजेट पनि समाजवादउन्मुख ल्याएनन् । यसकारण समाजवादउन्मुख शब्दमा मात्र सीमित छ, व्यवहारमा छैन’’, उहाँले भन्नुभयो ।
पार्टी कार्यकर्ताका सन्तानहरूलाई पनि सङ्घले पार्टीको प्रकाशन अध्ययन र अन्तरक्रियामार्फत शिक्षित र सङ्गठित गर्नु आवश्यक रहेको औल्याउँदै उहाँले भन्ननुभयो, ‘‘उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण नगरी समाजवादउन्मुख समाज बन्दैन ।’’
समाजवादी बन्दोबस्त कसैले चाहँदैमा आफैं स्थापना नहुने चर्चा गर्दै उहाँले समाजवादी बन्दोबस्त स्थापनाको लागि युवाहरू सङ्घर्षमा होमिनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक र राजनीतिक विकृतिविरूद्ध कामदार जनताका युवा सक्रिय हुनुपर्ने विचारबाट नेक्रायुसङ्घको स्थापना भएको चर्चा गर्दै उहाँले युवाहरूलाई शासक दलले फैलाएका विकृति विसङ्गतिबाट जोगाउन नेक्रायुसङ्घ सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले संसदमा प्रस्तुत विभिन्न विधेयकबारे नेमकिपाले कामदार जनताको पक्षमा गरेको सङ्घर्षको बारेमा चर्चा गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैंजूले उमेरमात्र नभई प्रगतिशील विचार बोक्नु नै युवा हुनुको परिचय भएको बताउनुभयो ।
उहाँले नेमकिपाले इतिहासमा खेलेको भूमिकालाई अझ निरन्तरता दिन युवाहरू सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले युवाहरू हरेक राजनीतिक परिवर्तनका वाहक भएकाले युवाहरू समाजमा आमूल परिवर्तन गर्ने लक्ष्यका साथ अध्ययनशील, क्रियाशील र विचारवान हुनुपर्ने बताउनुभयो । उहाँले शासक दलको अदूरदर्शीले सङ्घीय बन्दोबस्तको उचित व्यवस्थापन गर्न नसकेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका उद्धव सुजखूले संसारमा साम्राज्यवादी शक्तिले सार्वभौम देशमाथि हस्तक्षेप गर्दा मौन रहने सरकार वामपन्थी सरकार हुन नसक्ने बताउनुभयो ।
नेक्रायुसङ्घ दोस्रो सूर्यविनायक नगर सम्मेलन तयारी समितिका संयोजक रोशन मचामसीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका श्याम विशुंखे, नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका हरिसुन्दर सुवाल, श्यामकृष्ण खुलिमुलीलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले रोशन मचामसीको अध्यक्षतामा बीस सदस्यीय नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।
Leave a Reply