भर्खरै :

उपराष्ट्रपतिको ‘सवारी’ ले निस्सासिंदो जाम

काठमाण्डौ, २५ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको सानोठिमीमा एउटा शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने भएकाले आज बिहानै देखि कोटेश्वर–भक्तपुर बाटोमा आवागमन प्रभावित बनेको छ । अरु दिन सामान्य त कार्यालय समयमा लोकन्थलीदेखि जडिबुटीसम्म यातायात जाम हुने भएकोमा पुनको ‘सवारी’ को लागि यातायात आवागमन बन्द गर्दा गठ्ठाघरदेखि बिहानैबाट पूरै जाम भएको छ ।
उच्चपदस्थ व्यक्तिको ‘सवारी’ले सर्वसाधारणको दैनिकमा प्रभावित हुन नहुने आवाज जनस्तरबाट व्यापक रुपमा आएको भए पनि राज्यले यसप्रकार सुधार ल्याउन सकेको छैन । विभिन्न काममा लागि निस्केका सर्वसाधारण घण्टौं जाममा बस्नुपर्दा उनीहरुको दैनिक जीवन प्रभावित बनेको छ ।
त्यसै नै अधिकांश समय जाम रहने सो सडक खण्डमा उपराष्ट्रपतिको ‘सवारी’ को नाममा यातायात आवागमनका अवरोध गर्दा जनता अझ मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *