भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
गोविन्दप्रसाद लोहनी
प्राकृतिक वस्तुगत नियमहरूद्वारा नै सम्पूर्ण ब्रह्माण्डदेखि लिएर पदार्थको सूक्ष्मतम अणु भित्रसम्म स्पन्दन छ, गति छ । त्यसैले गर्दा जगत् र जीवनको अस्तित्व छ । जे छ त्यसैको मात्र गति हुन्छ र नभई सत्ता पनि हुँदैन । पदार्थ र गति (Matter and Motion) परस्पर निर्भर र सापेक्षित छन् । नियम भन्नु नै पदार्थका गतिको गुण हो । कसैले अनुभव गरोस् वा नगरोस्, थाहा पाइयोस् वा नपाइयोस्, नियमहरू निरन्तर चलिरहन्छन् । ती मनमा निर्भर छैनन्, शरीर, स्नायु मण्डल र मस्तिष्क पनि प्रकृतिकै अङ्ग हुन् । प्रकृतिकै नियमद्वारा चल्दछन् । विद्युत् रासायनिक प्रक्रियाहरू नै हाम्रा व्यवहार हुन् । प्राकृतिक यी सबै नियमहरूमध्ये ज्ञात नियम र गुणहरूलाई नै भौतिक विज्ञान भन्दछन् । नियमहरूको ज्ञानको अवस्थाले स्वतन्त्रताको मात्रा, स्वरुप, चरित्र र स्तर निर्धारित गर्दछ । स्वतन्त्रताको वैज्ञानिक परिभाषा रोमान्टिक कविहरूको धारणाभन्दा ठीक उल्टो छ । पृथ्वीका विस्तृत र घनाजङ्गलहरूमा ढेडु, बाँदरको बथानझैं आहारको खोजमा घुम्ने नङ्गा ठसठस गन्हाउने, बोल्न नजान्ने, त्यसैले कुनै धारणा र भावद्वारा (concepts and abstractions) विचार गर्न नसक्ने, हुरी, वर्षा, चट्याङ र गर्जन, हिंस्रक जन्तु, आगो, पशुपन्छी, झाडी खोंच र गुफा, पहाड, वन, नदी, आकाश, बादल, सूर्य र अन्धकारप्रति आत्मरक्षाको सहज प्रवृत्तिले गर्दा भय, आतङ्क, घृणा, क्रोध, कौतूहलत, कृतज्ञता आदि प्रतिक्रियाहरू देखाउने आदिम पुर्खाहरूको मन, भाव र दृष्टिकोण सहज प्रवृत्तिजन्य अर्थात् पशुहरूको जस्तै थियो । त्यो स्वतन्त्रताको युग थिएन किनभने मन समृद्ध थिएन । स्वभाव र हेराइ अनुशासनमा थिएन तथा गतिविधि र घटनाहरूलाई कार्यकारणको सम्बन्धका रुपमा हेर्ने बानी बसेको थिएन । अतः प्रकृतिका नियमहरूको ज्ञान थिएन । सम्भवतः ती मानवहरू फुर्सतमा हरदम एक तन्द्राको स्थितिमा रहन्थे । कुनै चेतना मनको अङ्ग भइसकेपछि नभएको अवस्थाको चेतनाबाट हेर्न उत्तिकै गाहारो छ । नेपालबारे कुरा गर्दा मानचित्रबिनाको नेपाल मनमा ल्याउन खोजेर जाँची हेर्नुहोस् । मनमा विचार गर्दा भाषाको प्रयोग नगरी विचार गर्ने प्रयास गरी हेर्नुहोस् । दसौं लाख वर्षदेखि एक विशिष्ट रुपले विकसित हुँदै आएको मानव मस्तिष्कमा कुनै गडबडी गरिदिँदा दृश्य, अनुभूति र प्रतिक्रिया पलभरमै बिकृत हुनथाल्छ । हालै वैज्ञानिकहरूले मेस्कालिन, मुस्कारिन, क्लोरप्रोमेजिन, रिसर्पिन र एल.एस.डी.– २५ जस्ता लगभग आध्यात्मिक अवस्थामा वा भनौं विलक्षण स्वप्निल तरल जगत्मा पु¥याइदिने मादक औषधिहरू पत्ता लगाएका छन् र यसबाट चेतना, स्मृति, चित्र र ध्वनि सङ्केतहरूको नृत्य, बुट्टा, ताल, लय आदिको सङ्गठन र विगठन आदि जटिल मानसिक प्रक्रियाबारे खोज गर्न र रोगी मस्तिष्कको दुर्दमनीय उत्तेजना शान्त पार्न सजिलो भएको छ ।
आदिम परम्परा मानवमा अझै प्रशस्त बाँकी छ । हाम्रा नबुझिने सपनाहरू, हाम्रा निरर्थक रिसराग र मारकाट भाषा, चालचलन, इसारा, मुद्रा र हावभावमा व्यक्त हुने आदिम बानी व्यहोरा तथा खेलकुद र मनोरञ्जनमा चलेका आदिम शिकारी वृत्ति, हाम्रा स्नायु रोगहरू र अतीतलाई फिर्ता ल्याउने वा काल्पनिक संसारमा पलायन गर्ने उत्कट अभिलाषा र बानीहरूमा हाम्रो मूल रुप देखिन्छ । बिजुली चम्कँदा प्रियसीले प्रेमीको अँगालोमा लुट्पुटिनु आदिमा जङ्गली मानिसको बिजुलीप्रतिको सरल स्वाभावित आतङ्क हो ।
प्रकृतिका नियमहरू बुझ्दै गएर नै प्राविधिक (Technical) परिवर्तनहरू भए र यसबाट जीवनपद्धति अर्थात् सभ्यता तथा भाव, विचार र संस्थाहरू अर्थात् संस्कृतिमाथि उक्लँदै गयो । ज्ञान–विज्ञान र प्रविधिको उपलब्धि र प्रसार नै कुनै देशको उन्नतिको मापदण्ड हो । खोज, निरीक्षण प्रयोग, तर्क पद्धति र व्यवहारको परिधिलाई व्यापक र जटिल बनाउँदै लानु नै प्रगति हो । मानिसले थाहा पाइसकेका नियम विज्ञान हो र थाहा पाउन बाँकी कुरा दार्शनिक अड्कल । अड्कल नगरी, केही सम्भावित गुणहरूको कल्पना नगरी विज्ञानलाई पनि काम चल्दैन । विज्ञानको जग दार्शनिकहरूले नै खडा गरेका हुन् । तर अज्ञातप्रति ज्ञातको वैज्ञानिक तर्क पद्धतिबाट शोध गर्दा सत्यको धेरै निकट पुगिएको पाइएको छ । आइन्स्टाइनले गरेका कल्पना र हिसाबपछि धेरैजसो ठीक देखिन आए । जाँच र प्रयोगबाट मात्र सत्यलाई बुझ्न सकिन्छ ।
आध्यात्मिक चिन्तन पनि विज्ञानकै पद्धतिबाट गरिनु पर्दछ । अनिमात्र सत्यको नजिक पुग्न सकिएला । केवल शब्दहरूको जञ्जालबाट जगत् र जीवनको रहस्य खुल्दैनन् । शब्दहरूमा तार्किक असङ्गति र वस्तु जगत्को अवहेलना हुनुहुँदैन । वैज्ञानिक दर्शनमा भावको आरोपण हुने शब्दहरूको प्रयोग गरिनु हुन्न । यथासक्य तटस्थ र असंलग्न दृष्टिले सत्यको खोज हुनुपर्दछ । इच्छा, आकाङ्क्षा अहङ्कार, स्वार्थ र ध्वनि सौन्दर्यका दर्शनहरूबाट काव्य र कलाहरूमात्र समृद्ध हुनसक्छन्, तर मानिसका आवश्यकताहरूको समाधान निस्कन सक्तैन । अन्धाहरूले हात्तीबारे अनेक व्याख्या गरेझैं मात्र हुन्छ ।
मानिसले आफ्नो निकटतम बाह्य वातावरणका सरल नियमहरू बुझ्न थालेको लाखौं वर्ष भइसकेको छ । भोलि पनि सूर्य उदय हुन्छ, बादल र पानीको सम्बन्ध छ, फलानो पशुको यस्तो गन्ध हुन्छ, शिकार पाइने सम्भावना यस्तो ठाउँमा हुन्छ, गुफाभित्र जाडो कम हुन्छ, चुच्चे ढुङ्गाले ठूलै पशुको पनि भुँडी फोर्न मिल्छ, आगो नजिक हिंस्रक पशु आउँदैनन् भन्ने ज्ञान पनि विज्ञान हो । अनुभव, निरीक्षण खोज र प्रयोगबाट रुखपात, विभिन्न पशुको स्वभाव वनको बाटो, दिशाहरू, ढुङ्गा र मूढाको हतियार बनाउने काइदा, छालाको लुगा बनाउने काइदा, धनुषकाँड बनाउने टेक्निक आदि आविष्कार भए तर जीवनमा पहिलो ठूलो क्रान्ति ल्याउने आविष्कार थियो– आगो बाल्ने टेक्निक । अङ्गीरस ऋषिले यता र प्रोमिथिएसले पश्चिमतिर आगो बाल्ने टेक्निक आविष्कार गरेका हुन् भन्ने सुनिन्छ । आगोले सुरक्षा, सुविस्ता, फुर्सत र उज्यालो ल्यायो ।
आगोमा नियन्त्रणले मानवको शक्ति धेरै बढ्यो । धाउहरू पगाल्ने र भाला, खुकरी, खुँडा तथा भाँडाहरू बनाउने प्रविधि विकसित भयो । क्रमशः पशु पाल्न जाने । पाङ्ग्रा, चक्का र चक्रले यन्त्रहरूको सुत्रपात भयो । माटाका भाँडाहरू बन्न थाले । रथहरू निस्के गाडाहरू बन्नथाले । घोडाको सवारी, ऊँट, डुङ्गा आदिले यातायातका साधन विकसित गरे । मानिसका जमातहरू गतिशील भए । अन्न र कपासको खेतीले जीवन एकदम बदलियो । यसबाट भोजनको समस्या धेरै अंशमा पूर्ण भयो । स्थिर र धनसङ्ग्रह गर्ने जीवनले घरहरूको र परिवारको विकास भयो, गाउँघर, बजार र मुद्रा निस्के । अङ्क, हिसाब, लिपि र लेख्ने सामग्री निस्के । ज्ञान लिपिबद्ध भई शास्त्र बन्न थाले । तारा र ग्रहहरूको निरीक्षण गरियो । प्रकृतिलाई जीविन जन्तुहरूको रुपमा देख्ने बानी क्रमशः छुट्दै गयो । झारफुक र आदिम प्रार्थनाको सट्टा रोगहरूको कारण र वनस्पति तथा अन्य पदार्थहरूको औषधीय गुण पत्ता लगाउन थालियो । मानवीय गुण भएका देवीदेवताहरूको कल्पना गरियो । सर्वसाधारणभन्दा बढ्ता बुद्धिमानहरू समाजका पुरोहित, दार्शनिक, वैद्य र वैज्ञानिकमा गनिए । युरोपमा यो सभ्यता मध्ययुगसम्म चल्यो । अन्त अझै अंशामा प्रचलित छ ।
युरोपमा चौधौं–पन्धौं शताब्दीतिर शास्त्रबद्ध गरेका अनेक व्याख्याहरूलाई नयाँ खोज र प्रमाणहरूले हाँक दिए । विश्वासको युग धरमरायो । कोइला र बाफले चल्ने इन्जिन, पक्की सडक, विस्फोटक युग धरमरायो । कोइला र बाफले चल्ने इन्जिन, पक्की सडक, विस्फोट पदार्थहरू, रेल र समुद्री जहाजहरू, इस्पात बनाउने विधि, आधुनिक यन्त्रशास्त्र, छापाखाना आदिले ज्ञानको वेग सबै क्षेत्रमा तीव्र रुपले बढ्यो । नयाँ किसिमका दार्शनिकहरू पैदा ग¥यो । आगो र खेती पछि यो तेस्रो महान् क्रान्तिकारी युग थियो । उत्पादन पद्धाति, आर्थिक जीवन, रहनसहनको चरित्र, बिक्री र वितरण व्यवस्था, धनसङ्गहको पद्धति, मानव व्यवहारको रुपरेखा र परिधि सबैमा ठूला परिवर्तनहरू भए । पृथ्वीको आकार र विस्तार, अन्तरिक्षको स्थिति, पदार्थहरूको स्वरुप, भौतिक शक्तिहरूको क्रियाकलाप र जीवनको विविधताबारे ज्ञान धेरै बढ्यो र यातायातको सुगमता र शिक्षा प्रचारले ज्ञानको टाढा टाढासम्म विनिमय र प्रसार हुनथाल्यो । टाढा टाढासम्म यात्रा हुन थाले । नयाँ महाद्विपहरू पत्ता लगाइयो । पूर्वीय देशहरू आउने नयाँ बाटोहरू खोजियो र मानिसका केही जमातहरू पिछडिएका जमातहरूभन्दा धेरै अगाडि बढे । आगामी केही शताब्दीमै विद्युत् शक्ति तार टेलिफोन, तीव्रगामी रेल, ठूला ठूला फलामका जहाजहरू, सिमेन्ट, आधुनिक प्रेस मेसिनहरू, मट्टीतेल र पेट्रोल, तेलको विगलनबाट चल्ने इन्जिनहरू र आधुनिक रसायन शास्त्र र औषधि विज्ञान निस्के । विकासवादको सिद्धान्त निस्क्यो र अब सम्पूर्ण भूत र वर्तमानलाई एक नयाँ दृष्टिले हेर्न थालियो । यो थियो विज्ञान र मानवको चौथो महान् क्रान्तिकारी परिवर्तनको युग । यो महान् परिवर्तन भइरहेको संसारमा पुग्ने पहिलो नेपाली सायद जङ्गबहादुर थिए । जङ्गबहादुरले अङ्ग्रेजको बल र समृद्धि त देखे, तर त्यसको मूल कारण सायद बुझ्न सकेनन् । नत्र साथमा बेलायती विलास सामग्रीको डङ्गुरमात्र नल्याई केही ग्रन्थ, केही कलपुर्जा र प्राविधिज्ञहरू पनि काठमाडौं ल्याउँथे ।
बितेका साठी सत्तरी वर्षभित्र विद्युत् चुम्बकीय तर·हरू र अनेक अदृश्य तर सा¥है शक्तिशाली किरण रल हरहरू पत्ता लागे । जगत्को स्वरुपबारे पदार्थ र शक्तिका विविध रुप, विस्तार, आन्तरिक गठन र परस्पर सम्बन्धबारे, स्थान र कालबारे मनका तहहरूबारे, मानव व्यवहारबारे, आर्थिक प्रक्रियाबारे, शरीरका क्रियाहरूबारे, रोग र उपचारबारे, जीव र जीवनका विविध रुप, प्रक्रिया र परिवर्तनहरूबारे तथा सामाजिक सङ्गठन, आर्थिक योजना, इतिहास, राजनीति र समाजको आधारबारे गहकिला नियमहरू थाहा भए । वायरलेस र रेडियो, एक्स–रे, टेलिभिजन, सिनेमा आदि निस्के ।
पहिलो महायुद्धपछि पश्चिमा जगत्मा आर्थिक राजनीतिक र बौद्धिक उथलपुथल भए । भौतिक विज्ञानमा आइन्स्टाइन, मेक्स प्लाङ्क, हाइजनवर्ग आदिको सिद्धान्तले परिवर्तनका सङ्कटहरू उत्पन्न गरिदिए । पावलोव, विलियम जेम्स, फ्रायड आदिले मनोजगत् खलबल्याए । लेनिन, प्रो. पिगू र लर्ड किन्स आदिले अर्थ व्यवस्था र राजनीतिमा परम्परागत विचारलाई हल्लाए । विचार र मान्यताहरूको पुरानो संसार भताभुङ्ग हुनथाल्यो । विज्ञानले सबै क्षेत्रमा अनिश्चयता, अस्थिरता र अन्तःकरणको सङ्कट उत्पन्न ग¥यो । गहिरो विश्लेषण र गतिलो विचारका सबै क्षेत्रमा, कला र साहित्यमा, संस्था र सङ्गठनमा विद्रोह मच्चियो । यो मानवको पाँचौं महान् जागरणको युग थियो । परमाणुभित्र आकाश पत्ता लाग्यो । इलेक्ट्रन, प्रोटन, न्युटनहरू त्यस सूक्ष्म आकाशमा विद्युत् वेगले घुमिरहेको थाहा पाइयो । आइन्स्टाइनले परमाणुभित्रको भीषण शक्तिको हिसाब निकाल्ने फर्मूला निकाले । अरुले त्यो शक्ति थुत्ने उपायहरू तर्फ खोज गर्दै गए र आखिर सन् १९४५ को अगस्त महिनाको पहिलो सप्ताहमा मानवले हजार सूर्यको चमक प्रकट हुने पहिलो परमाणु विस्फोटन मानवव्या खप्पटमाथि ग¥यो । परामाणु युगको यो व्यवदारिक उद्घाटन थियो । क्रमशः हाड्ड्रोगन वम आदिमा समेत विकास हुँदै १०० मेगावातका परमाणु हतियार निस्केका छन् । एउटै बमले १ देखि ८ करोड मानवलाई पलभरमा खरानी पार्नसक्छ । २–३ लाख वर्गमिल भूमिलाई डढाउन सक्छ । परमाणु युगले मानव कल्याणकारी एटोमिक रियाक्टर, रेडियो आइसोटिप्स आदि पनि निकालेको छ । लगभग साठी वर्ष अघि निस्केको लामखुट्टे जस्तो हवाईजहाजमा क्रमशः उन्नति हुँदै गई विशालकाय जेटहरूको युगमा पुगेको छ । चिनियाँ बादशाहहरूको केही शताब्दीअघि रमाइ रमाइ हेर्ने आतशबाजीमा उन्नति हुँदै गई आज अन्तरिक्ष पुग्ने रकेट र भयानक क्षेप्यास्त्रहरूको अवस्था आइपुगेको छ । रेडियो तरङ्गहरूको उपयोगबाट रेडियो चक्षुराडार तथा ब्रह्माण्डका सुदूर छेउहरूतिर अरबौं वर्षअघि भएका घटनाहरू देखिने रेडियो टेलिस्कोप निस्केका छन् । सूक्ष्मतम वस्तुलाई करोडौं गुना ठूलो पारेर देखाउने इलेक्ट्रनमाइक्रोस्कोप निस्केको छ । म्याग्नेक्टिक टेपको आविष्कारले ध्वनि र दृश्यलाई सङ्ग्रह गर्न र भनेको बेला उपयोग गर्न मिल्ने भएको छ । सल्फा ड्रग्स, भिटामिन र एन्जाइमहरू, हरमोनहरू र कोर्टीसोनहरू, पेनिसिलिन, स्टे«प्टोमाइसिन आदि एन्टिबायोटिक औषधि सोडियम–पेन्टोथले निस्केको छ । पोलिमेयर रसायनले नाइलन ड्याक्क्रोन, ओरलोन प्लास्टिक आदि निस्केका छन् । अल्ट्रासोनिक ध्वनिहरू र इन्फारेड र आदि किरणले लुगा धुने, किटाणुमुक्त गर्ने, चिर्ने र काट्ने, छेंड्ने र प्रकाश नभएको स्थितिमा पनि तस्बिर खिच्ने यन्त्रहरू निस्केका छन् । हालका मेसर र अति सूक्ष्म ट्रान्जिस्टर तथा डिओडहरूको आविष्कारले, भौतिक विज्ञानमा कृत्रिम क्लोरोफिलको रचना तथा डीएन र आरएन एसिडहरूले, जड र जीवनकोषभित्र हुने रासायनिक प्रक्रिया र वंश परिवर्तन आदिको रहस्योद्घाटन गरी जीव विज्ञानमा र शरीर शास्त्रमा एक नयाँ युग ल्याउन लागेका छन् । चिकित्सा विज्ञानमा सूक्ष्म चिरफार, हाडपोथर्मी, मुटु र फोक्सोको काम गर्ने यन्त्रहरू आदिले मरेका प्राणीहरूलाई जीवित पार्न थालेको छ । जीव, शरीर र मन सम्बन्धी अत्याधुनिक खोजहरूले बुढेसकाललाई पचासौं वर्षपछि धकेल्ने विधि निकाल्न लागेको र मानिसको आयु डबल, तेब्बर बढाउने उपायहरूतर्फ महत्वपूर्ण सूत्रहरू फेला पारेको छ । मानिस चन्द्रमा, मङ्गल र शुक्र ग्रहतिर लम्किरहेछ । इलेक्ट्रोनिक्स, साइबरनेटिक्स, बायोनिक्स र प्रोस्थेटेमिस्क विज्ञानहरूले धेरै प्रकारका जटिल मानसिक कामहरू मानव मस्तिष्कभन्दा लाखौं गुना छिटो र कुशल रुपमा गर्ने
मेसिनहरू बनाएको छ । यस क्षेत्रमा अनौठा–अनौठा कुराहरू दिनहुँ निस्कँदै छन् । वैज्ञानिक युग महान् सम्भावनाहरूको सँघारमा उभिएको छ । यस युगका प्रत्येक मानिसले विज्ञानका यी गतिविधिहरूको नियमितरुपले अध्ययन गर्नु र समाचारहरूको निकट सम्पर्कमा रहनु आवश्यक छ नत्र मगज पिछडिन्छ । आजको युग चिन्न विज्ञानका उपलब्धि र परिवर्तनहरूको ज्ञान केही मात्रामा अपरिहार्य हुन्छ । प्रत्येक ठूलो आविष्कारले नयाँ समस्याहरू उत्पन्न गर्छ, समाज र विश्वमा परिवर्तन ल्याउँछ । विज्ञानले समाजलाई र समाजले विज्ञानलाई प्रभाव पार्दछ । उन्नत देशहरूमा आज लगभग पच्चीस–तीस लाख व्यक्तिहरू वैज्ञानिक शोधकार्यमा लागेका छन् र संसारमा विज्ञानको विकासमा पचास अरब डलरभन्दा पनि बढि रकम प्रतिवर्ष खर्च भइरहेछ । करोडौँ पृष्ठ वैज्ञानिक तथ्य र सूचनाहरू प्रकाशित हुन्छन् र विज्ञानका प्रसारका लागि हजारौँ डकुमेन्टरी फिलिम र लाखौँ पुस्तक–पुस्तिका निस्कन्छ । प्रत्येक पत्रपत्रिका र अखबारहरूमा समेत विज्ञान सम्बन्धी गतिविधिहरूको चर्चा हुन्छ । नेपालमा पनि आधुनिक विज्ञानका उपलब्धिहरूले धमाधम प्रवेश गर्न थालेका छन् । तर वैज्ञानिक चेतना देशका अधिकांश मानिससम्म पु¥याउन पुस्तक पत्रिका र दैनिक पत्रहरूद्वारा प्रशस्त प्रचार हुनु परेको छ । विज्ञानका प्रोफेसरहरू र प्राविधिज्ञहरूले यसमा धेरै योगदान गर्न सक्ने थिए । तीन–चार सय पुस्तक विज्ञानबारे निकाल्न सके र पत्रपत्रिका तथा दैनिक पत्रका साप्ताहिक परिशिष्टाङ्कमा विज्ञानसम्बन्धी स्थायी स्तम्भ कायम गर्न र रेडियोमा पनि विज्ञान चर्चा कार्यक्रमहरू चलाउन सके जनताको दृष्टिकोण वैज्ञानिक बनाउन ठूलो मद्दत हुनसक्दछ ।
आज विज्ञानले संसारमा एकातिर भयानक विनासको खतरा र अर्कोतिर महान् समृद्धि र बौद्धिक विकास उच्च स्तरमा पु¥याउने व्यवहारिक आशा उत्पन्न गरेको छ । विज्ञानले उत्पन्न गरेका विकट समस्याहरूबाट तर्सिएर फेरि अज्ञानको अवस्थातिर फर्कनु बिल्कुलै असम्भव छ । आजका समस्याहरूमा हिजोका समाधानहरू काम लाग्दैनन् । भौतिक विज्ञान असङ्गतिहरू समाज विज्ञान, मनोविज्ञान तथा अर्थशास्त्रद्वारा दूर गरिनु पर्दछ । विज्ञानले उत्पन्न गरेको जागरण संसारभर र जीवनका सबै क्षेत्रमा उत्तिकै फैलिन सकेको छैन । मानवले आफ्नो अन्तर छाम्ने आफ्ना छाडा र आदिम इच्छा र वासना तथा पोस्दै ल्याएको तीतो अहङ्कार र अमिलो घृणाको स्वरुप र स्रोत बुझ्ने, गहिरो जरा जमाएका मूढाग्रहरू तथा संस्कार र मनोविकृतिबाट बनेका मिथ्या धारणाहरू चिन्ने, आफ्नो अन्तरलाई एकान्तमा निर्मम आलोचना गर्ने, अरुको दृष्टिकोण सुन्ने, बुझ्ने, सहिष्णुता र समझदारीको अभ्यासतर्फ प्रगति गर्नु परेको छ । मानव समाजको गठन र मान्यतामा रुढिवादी सिद्धान्तहरूको सट्टा एक नयाँ वैज्ञानिक दृष्टिकोणको स्थापना भएमा विश्वव्यापी आर्थिक, सामाजिक, सांस्कृतिक योजनाहरू चालू गरी आगामी केही दशकमै सम्पूर्ण संसारलाई भोक, रोग, अशिक्षा र अन्धकारबाट मुक्त गर्न सकिन्छ । त्यसो भएपछि संसारका प्रत्येक परिवारलाई युरोपीय सुख–समृद्धिमा पु¥याउन सकिन्छ । आज संसारका शक्तिशाली राष्ट्रले वर्षको १२० अरब डलर सशस्त्र र सेनामा खर्च गरेर पनि त्रासबाट मुक्ति पाएको छैन । संसारको तीनचौथाइ भाग पिछडिएको छ र शक्तिशाली राष्ट्रहरूले वर्षको जम्मा लगभग चार अरब डलरमात्र सहायता दिँदासमेत पिछडिएको संसारलाई प्रगति गर्न केही आड मिलेको छ । हतियारको होडमा भइरहेको धनराशिको त्यस बृहत् अपव्ययलाई रोकी पिछडिएको संसारलाई वर्षको पचास–साठी अरब डलरमात्र उपलब्ध गराउन सके पनि संसार दस वर्षमै अर्कै हुन्थ्यो । विज्ञानको उपयोग मानिसकै हातमा छ र मानिसले आफूलाई चिन्ने विज्ञानलाई चलाउनुपर्दछ ।
–गोविन्द लोहनीका दार्शनिक रचनाहरु (नेपाल प्रज्ञा प्रतिष्ठान)
Leave a Reply