भर्खरै :

अधिनायकवादी शासनले बभाजपाको लोकप्रियता घटाउँदै

मिनाक्षी गांगुली
तामिलनाडूको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई गएको भदौ १८ गते (सेप्टेम्बर ३) मा प्रहरीले गिरफ्तार ग¥यो । उनी माथिको अभियोग थियो–भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको । भाजपाका तामिलनाडु राज्य प्रमुख तामिलिसिया सोन्दाराराजनले सोफियाविरुद्ध आफूले प्रहरीमा उजुरी गरेको बताइन् । सोफियाले “मुठ्ठी कसेर ‘फासीवादी’ भन्दै सरकारको विरोध गरेकाले त्यस्ता आतङ्कवादीलाई छोड्न हुन्न” भन्ने तामिलिसियाको तर्क थियो । चेन्नईदेखि तूतुकुडीसम्मको विमानयात्रामा सोफिया र तामिलिसिया एउटै विमानमा थिए । विमानमा सोफियाले ‘भाजपाको फासीवादी सरकार–मूर्दावाद !’ को नारा लगाएकी थिइन् ।
गएको साता भारतीय प्रहरीले भारतभरिका विख्यात अधिकारकर्मीहरूका घर र कार्यालयमा छापा मारे । उनीहरूमध्ये पाँच जनालाई गिरफ्तार गरियो । प्रहरीले पुणे अदालतसमक्ष ती अधिकारकर्मीहरूले सरकारको विरोधमा ‘फासीवादविरोधी मोर्चा’ बनाएको अभियोग लगायो ।
यी दुवै घटना मन बिथोल्ने खालका छन् । यी घटनामा प्रदर्शित विरोधाभास र अज्ञानता हाँस्यास्पद छ । दुःखद् कुरा, भारतीय जनता पार्टीले शासन चलाइरहेको आजको भारतमा भिन्न मत राख्नेहरूका लागि निकै साँघुरो ठाउँ मात्र बाँकी छ । सरकार वा उसको आक्रामक विचारधाराको आलोचना गर्ने अधिकारकर्मी, पत्रकार, वकिल, लेखक, शिक्षक, कलाकार वा अभिनेता जो कोही आज सरकारी निशानामा पर्ने खतरा छ । त्यस्ता व्यक्तिहरूको सन्दर्भमा राज्यले कि त उसले उपयोग गर्दै आएको आयको स्रोतमाथि जथाभावी कटौती गर्ने गर्दछ, लेखापरीक्षणको आदेश दिने गर्दछ, छापा मार्ने वा गिरफ्तारीको लागि आदेश दिने गर्दछ । त्यत्तिले पनि नपुगे भाजपाका समर्थकहरूमार्फत् त्यस्ता व्यक्तिलाई कुटपिट गर्ने वा भौतिक हमलाको धम्की दिने गर्दछ । धर्मनिरपेक्ष बन्नु नै आज राष्ट्रविरोधी हुने भएको छ । फासीवादको विरोध गर्नु नै आतङ्कवादी हुने भएको छ । जङ्गली आरोपको भारी अन्त्यहीन हुने गरेको छ ।
तर किन यस्तो भइरहेको छ ?
अतृप्त चाहना
प्रचारमुखी नेताहरू शक्तिको निम्ति उत्तेजनात्मक गतिविधिमा विश्वास गर्दछन् तर घृणा भने सधैं टिकाउन गा¥हो हुने गर्दछ । सुरुमा भिन्न मतमाथिको दमनलाई धेरैले तुरुन्तै प्रशंसा गरेका थिए । हिन्दु राष्ट्रवादको विचार प्रवद्र्धन गर्न आवश्यक आक्रामक कदमको रुपमा त्यसलाई लिइएको थियो । भारतीय जनता पार्टीले गरेका राजनीतिक अभियानले धार्मिक अल्पसङ्ख्यक हुनु नै देशद्रोही बन्नुजस्तो वातावरण बनाइयो । दलित तथा आदिवासी समूहसहित गरीब र सीमान्तकृत जनतालाई थप सामाजिक सुरक्षाको माग गर्नुलाई निषेध गरियो । मानवअधिकार रक्षाको लागि लडिरहेका समूह वा व्यक्तिमाथि देशको माया नभएको भनी सिध्याउन खोजियो ।
सरकारले जब रोजगारी र विकासका मागको खिल्ली उडाउन थाल्यो, अतृप्त चाहनामाथिको निराशा ठूलो चुनौती बन्दै गयो । सरकारप्रतिको समर्थन क्रमशः खस्कंदै गयो । दूराचारी नीतिका कारण जनजीवन असहज बन्दै गयो । लोइस सोफियाले भाजपाका नेताको विरोधमा नाराबाजी गरिन् । अरु विद्यार्थीले काला झण्डा देखाए ।
आज भारतको अवस्था कुनै रङ्गशालाजस्तो महसुस हुन्छ जहाँ घरेलु टीमले खेल हार्दैछ । खेलमा विदेशी टोली हावी बन्दै गएपछि आफ्नो देशको टीमलाई समर्थन गर्न रङ्गशालामा भेला भएका सबै समर्थकको उत्साहको पारो तल झरेजस्तो भइरहेको छ । उनीहरूले अनुहारभरि आफ्नो देशको समर्थनमा पोतेर आएको रङ्ग खुइलिएजस्तो भइरहेको छ । उनीहरूले गाउन ठिक्क बनाएको गीत र नाराले आवाज गुमाएजस्तो भएको छ । धेरै चाँडो त्यस्तो समर्थन केही भित्रियाको हल्लामा सीमित हुनेछ । उनीहरूको त्यो आवाजको थप प्रतिध्वनि सुनिने छैन । अन्ततः तिनै मुठ्ठीभर मानिसले पनि वरपर हेर्दा जताततै समस्या नै समस्याको थुप्रो देख्ने गर्दछन् ।
सन् २०१४ मा भारतीय जनता पार्टी सरकारमा पुग्दा उठेको जनसमर्थनको उभार आज मृत्युशय्यामा पुगिसकेको छ । यसको एउटै कारण भनेको मोदी सरकारको अधिनायकवादी शासन हो ।
बढ्दो अत्याचार
भारतीय जनता बहस छलफलमा रमाउने गर्छन् । तर अहिले स्वतन्त्र मिडियालाई नत्थी लगाइएको छ । कसैले मुसलमानहरूमाथि अविश्वास गर्न सक्छ तर गौरक्षक नामका भिजिलान्तेहरूले गोठालाहरूमाथिको आक्रमण गरिन्छ र अपराधीलाई भने सजायबाट जोगाइन्छ भने त्यो सन्देहको विषय बन्न पुग्छ । साधुलाई सुली भारत कथा, कला र चलचित्रको लामो परम्परा बोकेको देश हो । आज ती क्षेत्रले एकै रङ्गको भाकामाथि प्रश्न गर्न थालेका छन् । आज ती क्षेत्रले मुसलमान भएकै कारण एकजना सानी केटीको बलात्कार भएको हेरिबस्नसकेका छैनन् । त्यसमाथि दोषीलाई सरकारले नै संरक्षण दिएको सह्य कुरा हुन सक्दैन । दलितमाथिको दमन र उनीहरूलाई आत्मपहिचानको अधिकार समेतबाट बञ्चित गर्ने चालबाजी ज्यादै दयनीय र दुःखद् हो ।
मोदी सरकारले सुधारको लागि आलोचना अपरिहार्य भएको र कसैको आवाजमाथि दमनको भाषा बोल्दैमा समस्या समाधान नहुने पाठ सिकेर अझै पनि राम्रा काम गर्ने समय गुमाइसकेको छैन ।
फेरि खेलकुदकै उदाहरण लिऊँ, सुरुमा आवश्यक कडा कारबाहीको रुपमा सबैले निकै खुसीसाथ लिएको फोउल बारम्बार दोहो¥याइरहँदा त्यसप्रति सबैको उत्साह घटेको छ । विपक्षीलाई एक दुई पटक झट्का दिंदा त्यसलाई उत्साहको रुपमा लिएका समर्थकहरूसमेत विपक्षीमाथि आक्रामक हमलालाई अन्ततः आफ्नै टीमको राम्रो अभ्यास र खेल्ने सीपको अभावको रुपमा लिन थालिएको छ ।
मिनाक्षी गांगुली ह्युमन राइट्स वाचका दक्षिण एसिया निर्देशक हुन् ।
स्रोत ः स्क्रोल.आइएन
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *