जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका केही तीतो यथार्थबारे आमजनतालाई जानकारी दिन यो पत्र कोरेको छु ।
१) आफू अनुकूल चल्ने सङ्घ सङ्गठन तथा मञ्चका अध्यक्ष र सर्वोच्च पदाधिकारीका आसेपासे, घरपरिवार सदस्यहरूलाई अनुसन्धानका नाउँमा भ्रमण लिई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कोषबाट खर्च लेखेर रकम दुरुपयोग गरिँदैछ ।
२) उपकुलपति र रजिस्ट्रारजस्ता पदाधिकारिका निजी पारिवारिक निवासमा समेत विवि कार्यालय सहयोगीहरूलाई परिचालन गरी संस्थागत बजेट खुवाईंदैछ ।
३) सामान्य छलफल कार्यक्रम पनि प्रायः दिनहँु सुर्खेतदेखि काठमाडौंसम्मका महँगा रेष्टुरेन्ट तथा होटलमा राखी प्राज्ञिक उन्नयनका निहुँमा विश्वविद्यालयलाई अनावश्यक अर्थभार थुपारिँदै छ ।
४) गैरकानुनी अर्थोपार्जनमा व्यस्त र हुस्की ब्रान्डीजस्ता मादक पदार्थमा तानातान गर्दै नाजायज लाभ उठाउन पल्केकाहरू दिनदहाडै विविभित्र दादागिरी देखाउन पछि परेका छैनन् ।
५) मादक पदार्थ सेवनकर्ताहरूबाट विविको अपमान हुने किसिमले अस्वाभाविक विज्ञाप्ति जारीको जुहारी खेलिएको छ, सोही सन्दर्भमा साइबर अपराधसमेत गरिएको छ ।
६) कमिसन, चाकरी–च्याप्लुसीका भरमा योग्यता, क्षमता, दक्षता, ज्येष्ठता, अनुभवलाई लत्याई राजनीतिक भागबण्डा मिलाई शिक्षक कर्मचारी नियुक्ति, अनावश्यक हरबन्दी परिपूर्ति, पदोन्नति र कार्य विभाजन हुने गरेको पाइन्छ ।
७) तीज, वार्षिक खेलकुद, रचनात्मक क्रियाकलाप सञ्चालनका बहानामा स्ववियुमार्फत रकम भ्रष्टाचार एवं हिनामिना भएको छ ।
८) अनुसन्धानकर्ता आमन्त्रणका नाउँमा आफू अनुकूलमा स्वदेशी तथा विदेशीहरूलाई बोलाई होटेल रेष्टुरेन्टमा गोष्ठी कार्यक्रम राखी जथाभावी खर्च जनाउने काम रोकिएको छैन ।
९) विविलाई सामूहिक विकासभन्दा शासक दलहरूको राजनीतिक चलखेलको थलो बनाइएको छ ।
१०) उपकुलपति तथा रजिष्ट्रारका निकट एउटै व्यक्तिलाई एकै समयमा विभिन्न पद दिँदै कहिले दोहो¥याउँदै मनपरी गर्न लगाइएको, चाकरीबाजलाई नै उपलब्धिको श्रेय दिने गरिएको र इमानदार, कर्तव्यनिष्ठ, क्षमतावान् प्राध्यापकहरूलाई अवमूल्यन गरिएको छ ।
११) विवि अनुदान आयोगबाट वर्षेनी मागिएको रकम सम्बन्धित शीर्षकमा नलगाई आफूखुसी खर्च र फछ्र्योट गरी विविको प्रगतिमा बेवास्ता गरिएको छ ।
१२) विवि सभा प्रधानमन्त्री निवास काठमाडौंमा खर्चिलो रुपमा सम्पन्न गरियो ।
यसरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय कालेकाले मिलेर खाउँ भालेको प्रवृत्ति नै हावी भएको पुष्टि हुन्छ ।
– अटल शर्मा, सुर्खेत
Leave a Reply