अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा मयुर प्रिन्टको सेवा आरम्भ तथा उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रमको समुद्घाटन गर्दै उहाँले परिवर्तित समयअनुसार नयाँ प्रविधि र मेशिनको प्रयोगले जीवन पद्धतिलाई सहज एवं सरल बनाउने चर्चा गर्दै सेवा सुविधालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
नयाँ व्यवसाय सञ्चालन गर्दा नाफालाई प्राथमिकतामा राख्न नहुने तथा उपभोक्ता ठग्ने कार्य गर्न नहुने बताउँदै व्यावसायिक ईमानदारीताका साथ सबै जनता लाभान्वित हुनेगरी सेवासुविधा प्रदान गर्नुपर्ने बताउनुभयो ।
मयुर प्रिन्टका प्रवन्धक सुरेशन धुसूले भक्तपुर जिल्लामा पहिलो पल्ट रोल्याण्ड भर्सा एक्सप्रेस फ्लेक्स मेशिन सञ्चालनमा ल्याएको चर्चा गर्दै गुणस्तरी र उचित मूल्यमा उपभोक्ताको माग बमोजिम सेवा सुविधा दिन प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मयुर प्रिन्टका सञ्चालक रामसुन्दर बासीले मयुर प्रिन्ट सामुहिक प्रयासको वृहत्तर परिकल्पना भएको बताउँदै चरणबद्ध रुपमा सेवाको प्रकृति बढाउँदै जाने बताउनुभयो ।
Leave a Reply