भनपाद्वारा शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड
- जेष्ठ २७, २०८३
कञ्चनपुर, ७ फागुन । स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम भीमदत्तनगरको खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ सुरु भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको सांसद बहादुरसिंह थापाले उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइएमा यहाँका युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका लागि अगाडि सर्नुपर्ने बताउनुभयो ।
यही फागुन १५ गतेसम्म आयोजना हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पुर्याउने, सूचना तथा प्रविधिबारे जानकारी गराउने, कृषि व्यवसायलाई टेवा पुर्याउने, पर्यटन– शिक्षा– स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले बताउनुभयो । “सुदूरपश्चिम क्षेत्रमा लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने र त्यस्ता क्षेत्रमा लगानी गर्न निजी तथा सरकारी निकायको ध्यानाकर्षण गराउने महोत्सवको उद्देश्य छ” उहाँले भन्नुभयो ।
महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायत एक सय ७५ कक्ष छन् । महोत्सवमा सुदूरपश्चिमका देउडा, हुड्केली र छलियासँगै राना थारु समुदायको संस्कृति झल्किने गीत र नृत्य समेत प्रस्तुत गरिने छ । रासस
Leave a Reply