भर्खरै :

त्रिविद्वारा स्ववियू निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक

काठमाण्डौ, ६ फागुन । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १८ गतेको निम्ति घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको संशोधित कार्यतालिका प्रकाशन गरेको छ । २०७३ फागुन ६ गते बसेको त्रिवि पदाधिकारी, क्याम्पस प्रमुखहरु र विद्यार्थी संगठनका नेताहरुबीच भएको संयुक्त बैठकले फागुन १८ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । बैठकमा भएको सहमतिअनुसार नै त्रिविले स्ववियु निर्वाचनको संशोधित कार्यतालिका प्रकाशन गरेको हो । तालिका अनुसार निर्वाचनको प्रक्रिया फागुन ११ गतेबाट सुरु हुँदैछ । क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रयोजनको लागि फागुन ११ गतेभित्र संघ, संगठन र समूह दर्ता गर्नुपर्नेछ । त्रिविले पूर्व प्रकाशित स्ववियु निर्वाचनको आचारसंहितालाई नै निर्वाचन आचारसंहिताको रुपमा लागु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *