भर्खरै :

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ७ असोज  ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत कर्मचारी जयगोविन्द यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय जग्गा सर्वेक्षणका क्रममा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग यादवमाथि लागेको छ ।
आयोगले आजै जुद्ध माध्यामिक विद्यालय रौतहका लेखासमेत हेर्ने प्राथमिक शिक्षक प्रमोदकुमार ठाकुरले विद्यालय भवन निर्माण सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई भुक्तानी दिने क्रममा रु ४५ हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकम लिँदालिँदै ठाकुरलाई केही दिन पहिले पक्राउ गरेको थियो ।
यस्तै रोहिणी गाउँपालिका–२ रुपन्देहीका पोखरभिण्डी माध्यामिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिमा बसेको भन्दै आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरुलाई कानूनअनुसार कारवाहीको माग गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *