हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
चाओ लिसिन
सेप्टेम्बर ९ का दिन किम इल सङ स्क्वायरमा सैनिक परेड प्रदर्शन गरेर प्रजग कोरियाले आफ्नो स्थापनाको ७० औं वर्षगाँठ मनायो । यो परेड प्रजग कोरियाली नेता किम जङ उनले शासन सत्ता सम्हाले यताको छेटौं थियो । प्रजग कोरियाले संयुक्त राज्य अमेरिकासँग सम्बन्ध गाँसेको र कोरियाली प्रायःद्वीपको आणविक निःशस्त्रीकरण धिमागतिमा अगाडि बढेको यस्तो संवेदनशील समयमा प्योङयाङले नियतबस नै तल्लो दर्जाको सैन्य शक्ति प्रदर्शन गर्नु अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध जोड्न चाहेको सङ्केत हो ।
संरा अमेरिकाको लागि खतरा मानिएको प्रजग कोरियाली अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल परेडमा प्रदर्शन गरिएन र पुराना हतियारहरूको प्रदर्शनी सोचेअनुसार भव्य थिएन ।
कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने किमको आफ्नो प्रतिबद्धता सिद्ध गर्न यो परेड ठूलो र सकारात्मक कदम भएको संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमा लेखे ।
किमले परेडमा मन्तव्य नदिनु पनि अस्वाभाविक थियो । वार्षिक सैन्यशक्ति प्रदर्शन सुरु हुनुअघि प्रजग कोरियाली सर्वोच्च जनसभा स्थायी समितिका अध्यक्ष किम योङ नामले प्रजग कोरियाले विगत ७० वर्षमा राजनैतिक, आर्थिक, सांस्कृतिक र रक्षा क्षेत्रमा गरेको प्रगतिबारे मन्तव्य दिएका थिए । यसमा स्मरणीय कुरा के छ भने उनले आफ्नो देशको आणविक कार्यकुशलताको बारेमा उच्चारणसमेत गरेनन् बरु सम्पूर्ण प्रयास आर्थिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।
समारोहमा किमले चिनियाँ कम्युनिष्ट पार्टी पोलिटव्युरो स्थायी समितिका सदस्य ली झान्सुसँगै (किम इल सङ स्क्वायरमा अवस्थित ग्य्राण्ड पिपुल्स हाउस (Grand People’s House) को बरण्डाबाट परेडमा सहभागीहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए । यससँगै किम र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच सन् २०१८ को पहिलो ६ महिनामा भएको तीन भेटलाई People’s Daily ले चीन–प्रजग कोरियाको मित्रतापूर्ण सम्बन्ध प्रगाढ बनाउने पे्ररणाको रुपमा लिएको छ ।
यसबाहेक प्योङयाङले अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल परीक्षण बन्द गरेर, २४ मईमा पुङ्गे–रि आणविक परीक्षण केन्द्र ध्वस्त पारेर र तोङच्याङ–रि मिसाइल परीक्षण केन्द्र टुक्रा टुक्रामा विभाजन गरेर आणविक निःशस्त्रीकरणबारे आफूले गरेको प्रतिबद्धतामा दृढ रहेको देखायो ।
तथापि १२ जूनमा सम्पन्न ट्रम्प–किम बैठक पर्याप्त प्रगति प्राप्त गर्न विफल रह्यो । प्रजग कोरिया, दक्षिण कोरिया र संरा अमेरिकाबीच भएको युद्ध अन्त्य गर्ने घोषणालाई अगाडि बढाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इन्ले केही प्रयास गरेका थिए । तर मूर्तरुप दिएनन् । कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरण विस्तृत प्रमाणित गर्न सकिने र उल्टाउन नसकिने तरिकाले गर्नुपर्ने ट्रम्पले ढिपी गरे तर चरणबद्ध रुपमा उक्त कार्य सम्पन्न गर्ने प्रजग कोरियाको योजना छ । प्योङयाङ र वासिङ्टनबीच आणविक निःशस्त्रीकरण गर्ने विषयमा देखिएको विवादकै कारण प्रजग कोरियामाथि संरा अमेरिकी नाकाबन्दी अझै अन्त्य भएको छैन ।
अन्तर्राष्ट्रिय स्थिति परिवर्तन भएसँगै र आन्तरिक मामला प्रजग कोरियातिर सोझिएसँगै प्योङयाङ पुरानो अडानमै रहिरहने सम्भावना कममात्र छ । शान्तिपूर्ण तरिकाले आणविक मामला समाधान हुन्छ भन्ने अन्तर्राष्ट्रिय समुदायको अपेक्षा बढ्दो छ । तथापि वासिङ्टनलाई मान्य हुने तरिकाले आणविक निःशस्त्रीकरण योजना अगाडि नबढे संरा अमेरिकाले थप नाकाबन्दी गर्ने धम्की दिइरहेको छ ।
आणविक हतियार आफ्नो राष्ट्रको लागि अनावश्यक भार भइरहेको प्योङयाङले महसुस गरेको देखिन्छ । प्रजग कोरिया आणविक निःशस्त्रीकरणप्रति आफूले गरेको प्रतिबद्धतामा इमानदार रहेको घटनाक्रमले देखाएको छ । सुरक्षा मामलामा सहमतिद्वारा समाधान खोज्न किम हरपल तत्पर रहेका देखिन्छन् ।
संरा अमेरिका र प्रजग कोरियाबीच दक्षिण कोरियाले मध्यस्थकर्ताको भूमिका जारी राख्नेछ । मुन जेइ–इन्ले सेप्टेम्बर १८ मा प्योङयाङको भ्रमण गरिसकेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभा सेप्टेम्बरको अन्त्यमा हुँदैछ जहाँ संरा अमेरिका र दक्षिण कोरिया आणविक मामलामा ‘गहन छलफल’ चलाउँदै छन् ।
आणविक मामलालाई पूर्णरुपमा सम्बोधन गर्न एउटा विस्तृत कार्ययोजना चाहिन्छ यद्यपि आणविक निःशस्त्रीकरणबारे योजना प्रस्तुत गर्न प्रजग कोरियालाई मात्र दबाब दिनु पर्याप्त हुँदैन ।
असहमतिहरू अन्त्य गरी सुमधुर सम्बन्ध कायम गर्न प्रजग कोरियाले निरन्तर सङ्केतहरू दिइरहेको छ तर प्रजग कोरियाप्रतिको संरा अमेरिकी नीति अपरिवर्तित र कठोर छ । संरा अमेरिका र प्रजग कोरियाबीचको तनाव सामान्य तरिकाले समाधान गर्न एकमात्र समस्या आपसी विश्वासको कमि हो । प्रजग कोरिया संरा अमेरिकासँग सौदा गर्न सक्षम छैन भन्ने केही अमेरिकीहरू विश्वास गर्छन् जुन तनावपूर्ण द्विपक्षीय सम्बन्धको कारक हो ।
(लेखक The school of International Politics, Institute of Politics and Public Managerment, Yanbian University का प्राध्यापक तथा निर्देशक हुन् ।)
opinion@globaltimes.com.cn
अनुवादक ः संगम
Leave a Reply